प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य

यूएई । राष्ट्रिय प्रजातन्त्र पार्टीको यूएई संगठन प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत चयन भएका छन् । बरदुबईको गाउँबेशी रेष्टुरेण्टको सभाहलमा ५ जुलाईमा आयोजित समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कँडेल, महिला उपाध्यक्षमा वसन्ती रायमाझी, उपाध्यक्षमा रामप्रसाद पाण्डे र हरिहर जयसवाल, महासचिवमा रामप्रसाद ढकाल, सचिवमा सागर दाहाल र सन्तोषकुमार न्यौपाने (सम्पत कुमार), कोषाध्यक्षमा सञ्जीव आर्यवीर, सहकोषाध्यक्षमा विजय तिवारी, सहसचिवमा अर्पणा ढुङ्गाना र बलेन्द्र मल्ल, प्रवक्तामा कृष्ण खड्का तथा सहप्रवक्तामा मित्रलाल कुँवर निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक गोपालप्रसाद पराजुलीले उक्त कार्यसमिति घोषणा गरेका थिए ।


त्यसैगरी सदस्यहरुमा पार्वती सिग्देल, दीपा सुवेदी, छविलाल पाण्डे, टीकाराम कोइराला, ज्योती खनाल, रमा शर्मा, स्वेता नेपाल, देवी पाण्डे, बिन्दु पाण्डे, पञ्चकुमारी छेत्री, गीता खरेल, दुर्गा सापकोटा, मणि काश्यप, अनीश सुनार, रमेश गिरी र दुर्गाप्रसाद कोइराला चयन भएका छन् ।


अधिवेशन समाजका तत्कालीन कार्यबाहक अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद ढकालले गरेका थिए । कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


वसन्ती रायमाझीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तोयानाथ लम्सालले विदेशमा रहेका नेपालीहरु नै राष्ट्र र राष्ट्रिताको सवालमा गम्भीर हुने उल्लेख गर्दै प्रवासी नेपालीहरुको एकता, श्रमिक अधिकार, सामाजिक सेवा तथा संस्कृति संरक्षणमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।