न्युयोर्क
अमेरिकामा यतिबेला लाखौं मानिस संघीय सरकारले पठाउने भनिएको १२ सय वा २४ सय डलरको राहत रकम पर्खिरहेका छन् । इन्डियाना राज्य निवासी एक मानिस पनि यसैगरी कोरोना राहत रकम कुरिरहेका थिए । न्यु शिकागोका एक अग्नी नियन्त्रक जागिरे चार्ल्स केल्भिन त्यति बेला छक्क परे जतिबेला उनले आफ्नो बैंक खातामा ८२ लाख अमेरिकी डलर जम्मा भएको देखे । न्युज विक अनलाईन पत्रिकाले लेखेको छ; “चार्ल्स ,सरकारले दिने आफ्नो १२ सय र बच्चाको नामको ५ सय डलर जम्मा गरेर हुने १७ सय अमेरिकी डलर कुरेर बसेका थिए । चार्ल्सले बैंक खातामा पैसा आयो कि भनेर थाहा पाउन नजिकैको ‘फेमेली एक्स्प्रेस’ नामको स्टोरको ए टि एममा पुगे र २ सय डलर ए टि एमबाट झिके । चार्ल्सले २ सय डलर झिकेपछि रिसिट लिए त्यतिबेला उनी छक्क परे । उनको खातामा ८२ लाख अमेरिकी डलर थियो” ।
चार्ल्सले सोमबार बैंक खुल्ने बित्तिकै बैंकसँग कुरा गरे तर बैंकले भन्यो; ‘उनको बैंक खातामा ८२ लाख डलर होईन १३ डलर ६९ सेन्ट मात्र छ’ । चार्ल्सले प्रयोग गरेको ए टि एमले पैसा झिकेपछि दिएको रिसिटले गलत नम्बर प्रिन्ट गरेको जानकारी चार्ल्सले बैंकबाट पाएका थिए ।केही समय पछी चार्ल्सलाई बैंकले सरकारले दिने कोरोना राहत १७ सय डलर जम्मा भएको जानकारी दिएको थियो ।