कस्तो रहनेछ आजको मौसम ?

१६ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक बादल लाग्ने छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षा–हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई , उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु कुहिरो लाग्नेछ ।