काठमाडौं । सरकारले अफगानिस्तानबाट नेपाली नागरिकको उद्दार गरी स्वदेश फर्काउने भएको छ । अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघीय निकायहरुमा कार्यरत नेपालीको उद्दार गर्न लागिएको हो ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रक्रिया पुरा गरी उनीहरुलाई स्वदेश फर्काइने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रसंघले नै त्यहा रहेका आफ्ना नागरिकलाई उद्दार गर्न अनुरोध गरेको छ । सोहीकारण उपयुक्त प्रक्रिया पुर्याएर नेपाल ल्याउने निर्णय बैठकमा भएको छ ।
यहाँ औपचारिक ढंगले करीव ६० देखि ७० जना सम्म नेपाली कार्यरत रहेको अनुमान सरकारको छ ।
बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै उल्लंघन गरेमा जेल सजायसम्मको कारवाहीमा जाने निर्णय गरेको छ ।
लकडाउनसँगै परीक्षणको दायरा समेत अझ बढाउने निर्णय सरकारले गरेको हो ।