न्युयोर्कमा भवन भत्किएको घटनाबारे अहिलेसम्म के के भयो ?

न्युयोर्क, २७ कात्तिक (रासस–एएफपी) । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सात बालबालिकासहित डेढ दर्जन घाइते भएका छन् । निर्माणस्थल नजिकैको उत्खनन क्षेत्रमा भवन खसेपछि भग्नावशेषमा फसेकाहरूको उद्धार गर्न २५० भन्दा बढी अग्निनियन्त्रक र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धारका लागि ड्रोन र खोजी कुकुरसमेत प्रयोग गरिएको थियो ।

अग्नि विभागकी आयुक्त लिलियन बोन्सिग्नोरले भग्नावशेषमा अझै कति जना फसेका छन् भन्ने यकिन नभएको बताउनुभएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । निर्माणस्थलमा कामदारले उत्खनन गरिरहेका बेला भवन भत्किएको भवन विभागका आयुक्त अहमद तिगानीले बताएका छन् । उक्त स्थानमा तीनतले भवन निर्माणको स्वीकृति रहे पनि विकासकर्ताले नौतले भवन बनाउन अनुमति मागेका थिए ।