काठमाडौं । नेपालको ७७ जिल्लामध्ये ७५ वटा जिल्लामा कोरोनाको परीक्षण शुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्यापिड डायग्नोस्टिक विधिबाट ७५ जिल्लामा परीक्षण शुरु भएको छ ।
अब सोलुखुम्बु र डोल्पा जिल्लामा मात्र यस्तो परिक्षण शुरु हुन बाँकि रहेको छ ।
र्यापिड डायग्नोस्टिक विधिबाट पोजेटिभ आएको व्यक्तिको स्वाव संकलन गरी थप परीक्ष्णका लागि काठमाडौंसहित देशभर रहेका एक दर्जन ल्यावमध्ये पायक पर्ने ल्यावमा पठाउने गरिन्छ ।
मन्त्रालयका अनुसार प्रदेशहरुमा थप ३० हजार यापिड डायग्नोस्टिक किट पठाइएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार र्यापिड टेष्ट सोलखुम्बु र डोल्पामा समेत शुरु गर्ने तयारी छ ।
नेपालमा अहिलेसम्म भएका परीक्षणबाट ३० जनामा कोरोना पुष्टी भएको छ । शुक्रबार मात्र १४ जना थप संक्रमित भेटिएका हुन् ।