काठमाडौं । राष्ट्रपति कार्यालयले कोरोना संकटका बीच एक उदाहरणीय कार्य गरेको छ । कार्यालयले आफ्नो खर्च कटौती गरी साढे ९ करोड रुपैयाँ सरकारलाई नै फिर्ता गरेको छ ।
कार्यालयका नाममा विनियोजन भएको वार्षिक बजेटबाट साढे ९ करोड रुपैयाँ सरकारको संघीय सञ्चित कोषमा जम्मा गरेको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले चालु आर्थिक वर्ष २०७६\०७७ का लागि छुट्याइएको बजेटमध्ये उक्त रकम फिर्ता भएको जानकारी दिएका छन् ।
कोरोना भाइरस (कोभिड १९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेटबाट यो रकम सञ्चित कोषमा जम्मा गरिएको उनको भनाई छ ।
सरकारले २० चैतसम्म पनि ठेक्का नलागेका विभिन्न १४ शीर्षकको बजेट सबै निकायमा रोक्का गरिसकेको छ ।