जनकपुर । जनकपुरमा दुईजना अपरिचित महिलाले सडकमा नेपाली रुपैयाँका नोट छर्दै हिँडेपछि स्थानीयमा त्रास बढेको छ ।
प्रहरीका अनुसार उनीहरुले शुक्रबार दिउँसो साढे १२ बजेतिर सडकमा नेपाली नोट छर्दै हिँडेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ।
शुक्रबार मध्यान्ह साढे १२ बजेको समयमा जनकपुर उपममहानगरपालिका ६ महावीर चोकस्थित सडकमा अपरिचित दुई महिलाले १० रुपैयाँ दरका करिब १५ वटा नोट छरेको प्रहरीको भनाई छ ।
बाटोमा नोट छरेर भागेका ती महिलाको प्रहरी चौकी जनकपुरधामबाट प्रहरी नायब निरीक्षकको टोलीले खोजी थालेको बताइएको छ ।
प्रहरीले ती महिला कोरोना संक्रमणसम्बन्धी शंकास्पद हुन सक्ने बताएको छ। ती नोट बरामद गरी आवश्यक अनुसन्धानको लागि ल्याएर परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
‘नोट छर्ने महिलाहरुको खोजी भइरहेको छु, जिप्रका धनुषाले भनेको छ ‘नोट छरिएको क्षेत्रलाई सेनिटाइजसमेत गरिएको छ। अफवाह र गलत समाचारमा विश्वास नगर्न पनि अपिल गर्दछौं।’