काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएकी छिन् । उनी १० चैतमा अस्पताल भर्ना भएकी थिइन् ।
शनिबार घर फर्किएकी हुन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
निको भएपछि उनीले संचारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू ठिक भएको बताइन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको उनको प्रतिक्रिया छ ।
उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
काठमाडौं घर भएकी युवती चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामी साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी आफै स्वास्थ्य जाँच गराउन टेकु पुगेकी थिइन । उनको नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीसँगै आएका अन्य दुई जनामा समेत कोरोना पुष्टी भएको हो । नेपामा अब कोरोना संक्रमित मध्ये २ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ । २८ जना भने अस्पतालमा छन् ।