न्युयोर्क
राष्ट्रपती डोनाल्ड ट्रम्पले अमेरिका प्रबेश गर्ने अप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले सोमबार राती आफ्नो ट्विटर् मार्फत अदृश्य शत्रु कोरोनाको कारण भन्दै अमेरिकी नागरिककाे कामकाे सुरक्षालाइ दृष्टिगत गरी अाफूमा निहित कार्यकारी अधिकार प्रयाेग गर्दै अाप्रवासीलाइ अमेरिका प्रवेशमा अस्थायी राेक लगाउने निर्णय गर्न लागेकाे बताएका हुँन् ।
ट्रम्पले कस्तो सँयन्त्र प्रयोग गरेर आप्रबासनको निममलाई अस्थाईरुपमा खारेज गर्ने हुँन् ? कती समयलाई त्यो नियम लागु हुने हो ? र ग्रिन कार्ड बाहकलाई अमेरिका प्रबेश गर्दा यो नियमले कसरी प्रभाब पार्छ? त्यो भने प्रस्ट भएको छैन । ट्रम्पले गरेको आप्रबासनको नियमको अस्थाई खारेजी बारेको उक्त ट्विटको प्रतिकृया तत्कालनै व्हाईट हाऊस श्रोतले नदिएको समाचार संस्था एसोसिएट्स प्रेसले जनाएको छ ।कोरोना महामारीका कारण यस अगाडि नै अमेरिकाका लागि स्टेट डिपार्ट्मेन्टद्वारा जारी गरिने प्राय सबै भिसा प्रकृया बन्द छँन् भने केही हप्ताकालागि आप्रबासी भिसा समेत बन्द छँन् । चिन लगायत युरोपका सम्पूर्ण देशबाट अमेरिका प्रबेशमा प्रतिबन्ध लगाईएको अवस्थामा राष्ट्रपती ट्रम्पले उक्त घोषणा गरेका हुँन् ।अमेरिकामा कोरोनाको कारण झन्डै ८ लाख संक्रमित र ४३ हजारको मृत्यु भै सकेको छ ।