काठमाडौं । नेपालमा कोरोना परीक्षणको कूल संखया करीव ५५ हजार पुगेको छ । मंगलबारसम्म देशभर ५४ हजार ८ सय २६ वटा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिमार्फत १० हजार ८ सय ७ र आरडिटीविधिमार्फत ४४ हजार १९ वटा परीक्षण भएको छ ।
यी परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय ९३ वटा नयाँ नमुना परीक्षण गरिएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा परीक्षण भएका छन्। त्यसपछि बागमती प्रदेशमा ८ हजार १४ वटा परीक्षण गरिएको छ।
सबैभन्दा कम प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८ वटा परीक्षण मात्र गरिएको छ। प्रदेश १ कै तुलनामा गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६ वटा परीक्षण भएको छ।
त्यस्तै, प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८ र कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ वटा परीक्षण गरिएको छ।