न्यूयोर्क
न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन् । गभर्नर मर्फीले ती सबै युद्ध, हरिकेन स्याण्डी र ९-११ आतंककारी हमला समेत गरेर जति न्युजर्सीबासीको मृत्यु भएको थियो, त्यो भन्दा धेरै कोरोनाको कारण अहिले बुधबारसम्म मृत्यु भै सकेको बताएका छन् । गभर्नर मर्फीले ती सबै युद्ध हरिकेन र ९-११ आतंककारी हमलामा भन्दा धेरै मानिसको यति छोटो समयमा कोरोनाको कारण मृत्यु भएको हुदा यसलाई गम्भिरतापूर्वक लिन र घर भित्र बसेर आफू र अरुलाई बचाउँन आह्वान गरेका हुन् ।
सिंगो अमेरिकामा भने १० बर्ष लामो भियतनाम युद्धमा भन्दा धेरै मानिसको मृत्यु कोरोनाको कारण भै सकेको छ । फेब्रुअरी ६ तारिखमा पहिलो पटक देखिएको कोरोनाको कारण अप्रिल २९ तारिखसम्म अमेरिकामा ६० हजार ७ सयको मृत्यु भएको छ भने भियतनाम युद्धमा ५८ हजार २ सय २० अमेरिकीको मृत्यु भएको थियो ।