५ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम… Continue reading नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
Author: Vishwanews.com
ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने
एजेन्सी५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा (एच–१ बी) का लागि नयाँ वार्षिक एक लाख अमेरिकी डलर शुल्क उठाउने घोषणा गरेको छ । यसले प्रविधि उद्योगमा ठूलो असर पार्न सक्ने भन्दै घोषणाप्रति भारतको प्रमुख व्यापारिक निकाय (नासकोम) ले शनिबार चासो व्यक्त गरेको छ। अमेरिकामा त्यस्ता भिसा अनुमतिहरू व्यापक रहेका नासकोमले बताएको… Continue reading ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने
सबै बन्धकलाई ‘वेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी
एजेन्सी५ असोज, काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा बाँकी रहेका अधिकांश बन्धकहरूको ‘विदाइ’ हुनसक्ने भन्दै रिहा हुन बाँकी ४६ जनाको तस्बिर शनिबार प्रकाशित गरेको छ । हमासले गाजा शहरमा जारी पछिल्लो इजरायलको आक्रमणले उनीहरूलाई खतरामा पार्न सक्ने बताएको छ । यी तस्बिरहरूले सन् १९८६ मा लेबनानमा गोली हानेर मारिएका एक इजरायली विमान चालकको घटनालाई स्मरण… Continue reading सबै बन्धकलाई ‘वेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी
पेन्टागनद्वारा मिडियामाथि थप ‘नियन्त्रण’को घोषणा
रासस\एएफपी५ असोज, वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यममाथि थप नियन्त्रणको नियम लगाएको छ ।गर्न नपाइने नियम वा नियन्त्रण (प्रतिबन्ध)मा उनीहरूले औपचारिक रूपमा प्रकाशनका लागि अधिकृत नभएको कुनै पनि कुरा खुलासा नगर्न र युद्ध विभागभित्र उनीहरूको आवागमनलाई सीमित गर्न भनिएको छ । शुक्रबार पत्रकारहरूलाई वितरण गरिएको एक लामो जानकारी पत्रमा… Continue reading पेन्टागनद्वारा मिडियामाथि थप ‘नियन्त्रण’को घोषणा
स्याफ्रुबेँसी–रसुवागढी मर्मत सम्पन्न : कुलुङखोला पुलमा ठूला सवारीमा रोक
५ असोज, रसुवा । गत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीका कारण क्षति पु¥याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ । सडक विभागले टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्म र बाँकी रसुवागढी जलविद्युत् आयोजनाले संयुक्त रूपमा सहयोग गरेका थिए । टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसक्दा भोटेकोसी खोलाको नजिकबाट यातायात आवतजावत खुलाइएको छ । खोलामा… Continue reading स्याफ्रुबेँसी–रसुवागढी मर्मत सम्पन्न : कुलुङखोला पुलमा ठूला सवारीमा रोक
शुक्रबारदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलेन, आज बिहानैदेखि काम
५ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान… Continue reading शुक्रबारदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलेन, आज बिहानैदेखि काम
आजबाट सकिँदै पितृपक्ष, भोली घटस्थापना
५ असोज, काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह ९आमाको बा०को… Continue reading आजबाट सकिँदै पितृपक्ष, भोली घटस्थापना
यस्तो छ आजको मौसम पूर्वानुमान
५ असोज, काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
राष्ट्रिय समाचार समिति (रासस) ५ असोज, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ ।… Continue reading काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो
५ असोज, पर्वत । सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो । महाशिला–३ र वडा नं ५ को सिमाना काफलडाँडामा बनेको सुविधासम्पन्न भवनवाट सेवा सुरु गरिएको… Continue reading महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो
आन्दोलनका बेला सुनचाँदीका गरगहना लुट्ने तीन जना पक्राउ
४ असोज, काठमाडौं । प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । खोटाङका २७ वर्षीय सुजन राई,… Continue reading आन्दोलनका बेला सुनचाँदीका गरगहना लुट्ने तीन जना पक्राउ
युरोपेली विमानस्थलहरूमा ’साइबर अवरोध’, उडानहरु प्रभावित
४ असोज, काठमाडौं । ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबार “साइबर–सम्बन्धित अवरोध“ बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ । युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द… Continue reading युरोपेली विमानस्थलहरूमा ’साइबर अवरोध’, उडानहरु प्रभावित
यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत, अमेरिकाको कुन शहरमा कति बजे ?
४ असोज, काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको… Continue reading यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत, अमेरिकाको कुन शहरमा कति बजे ?
कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा
४ असोज, काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज रु नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो… Continue reading कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा
सिंहदरबारमा यसरी भइरहेको छ मर्मत र रङरोगन
४ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ । आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली… Continue reading सिंहदरबारमा यसरी भइरहेको छ मर्मत र रङरोगन
दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी चलाउने तयारी
४ असोज, काठमाडौं । सरकारले दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी साधन चलाउने तयारी गरेको छ । दशैं अगाडी काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीमध्ये यात्रुबाहक सवारी साधन जान दिने र दशैंपछि भित्रने सवारी साधनलाई पनि सो मार्ग प्रयोग गर्ने दिनेबारे सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले गरेको… Continue reading दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी चलाउने तयारी
काठमाडौं जोड्ने मूख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक १५ घण्टादेखि बन्द, खुल्ने समय अनिश्चित
४ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो… Continue reading काठमाडौं जोड्ने मूख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक १५ घण्टादेखि बन्द, खुल्ने समय अनिश्चित
वैशाखयता विपद्मा २४३ जनाको निधन
४ असोज, काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता… Continue reading वैशाखयता विपद्मा २४३ जनाको निधन
‘जेन–जी’ आन्दोलनः अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना
राष्ट्रिय समाचार समिति (रासस) ४ असोज, पाँचथर । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुगेकै सिथएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उहाँ झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहेका थिए । गत भदौ तेश्रो साता मोवाइलमा… Continue reading ‘जेन–जी’ आन्दोलनः अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना
विध्वंशपछि अहिलेसम्म २० अर्ब ७० करोड बराबरको बीमा दावी
४ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार… Continue reading विध्वंशपछि अहिलेसम्म २० अर्ब ७० करोड बराबरको बीमा दावी
अविरल वर्षाले धानबालीमा क्षति
४ असोज, नवलपरासी । हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ । पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिए । उनका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा धान बाली सप्राएकोे थियो । उनका अनुसार धनेवा र… Continue reading अविरल वर्षाले धानबालीमा क्षति
आठ हजार ८१६ कैदीबन्दी अझै फरार
४ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२… Continue reading आठ हजार ८१६ कैदीबन्दी अझै फरार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
३ असोज, काठमाडौं । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ । रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेनको सीमासुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीलगायतको सहयोगमा उनीहरुको उद्धार गरिएको हो । मन्त्रालयले… Continue reading युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन
३ असोज, काठमाडौं । सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना (रोडम्याप) पेस गर्न कार्यदल गठन गरिएको हो । धितोपत्र… Continue reading पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन
कालीगण्डकी लोकमार्ग भाँसियो
३ पर्वत, असोज । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र… Continue reading कालीगण्डकी लोकमार्ग भाँसियो
‘जीर्ण आयोजनाका ठेक्का तोडिने’
३ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न… Continue reading ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
३ असोज, पाटन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन् । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उहाँहरूले आवश्यक जानकारी लिए । उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका… Continue reading एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल
३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्ने कार्यमा एकताबद्ध हुन अपिल गरेका छन् । संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै उहाँले देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै जारी भएको संविधान नेपाली जनता आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको… Continue reading संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल
जेन-जी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री
३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छिन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित मूल समारोहमा उनले संविधानको मर्म र भावनाबमोजिम… Continue reading जेन-जी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री
बजार झरे दशैंका लागि लेकाली भेडा–च्याङ्ग्रा
३ असोज, म्याग्दी । दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला… Continue reading बजार झरे दशैंका लागि लेकाली भेडा–च्याङ्ग्रा