फोहरबाट रोजगारी र आम्दानी

इन्द्राकुमारी केसी/रासस घोडाघोडी (कैलाली), ३१ जेठः कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत छन् । चौधरी अहिले फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै मासिक करिब रु… Continue reading फोहरबाट रोजगारी र आम्दानी

स्कटल्याण्डले हाइटीलाई १–० गोल अन्तरमा हरायो

FOXBOROUGH, MASSACHUSETTS - JUNE 13: John McGinn #7 of Scotland scores his team's first goal past Johny Placide #1 of Haiti during the FIFA World Cup 2026 Group C match between Haiti and Scotland at Boston Stadium on June 13, 2026 in Foxborough, Massachusetts. Mattia Ozbot/Getty Images/AFP (Photo by Mattia Ozbot / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

३१ जेठ, काठमाडौं । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा जित निकालेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो । स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डका लागि विजयी गोल बन्यो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको… Continue reading स्कटल्याण्डले हाइटीलाई १–० गोल अन्तरमा हरायो

मोरक्कोले शक्तिशाली ब्राजिललाई बराबरीमा रोक्यो

Brazil's Vinicius Junior (7), second right, scores their first goal during the World Cup Group C soccer match between Brazil and Morocco in East Rutherford, N.J., near New York, Saturday, June 13, 2026. (AP Photo/Petr David Josek)

३१ जेठ, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो । छैटौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी… Continue reading मोरक्कोले शक्तिशाली ब्राजिललाई बराबरीमा रोक्यो

कतारले विश्वकपमा खोस्यो पहिलो अंक

Qatar's Boualem Khoukhi is mobbed by teammates after scoring his sides first goal during the World Cup Group B soccer match between Qatar and Switzerland in Santa Clara, Calif., near San Francisco, Saturday, June 13, 2026. (AP Photo/Eakin Howard)

३१ जेठ, काठमाडौं । एसियाली मुलुक कतारले विश्वकपमा पहिलो अंक बटुल्दै इतिहास बनाएको छ । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल रह्यो । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड बराबरीमा रोकियो । सन् २०२२ मा आयोजकको… Continue reading कतारले विश्वकपमा खोस्यो पहिलो अंक

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ, ३१ जेठः लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो । दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्रअधिकारभित्र… Continue reading दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

file

काठमाडौँ, ३१ जेठः आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन… Continue reading विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

हात्तीको आक्रमणमा परी झापामा महिलाको मृत्यु

सुरुङ्गा (झापा), ३१ जेठः मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले कुल्चँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।… Continue reading हात्तीको आक्रमणमा परी झापामा महिलाको मृत्यु

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

RSS

काठमाडौँ, ३१ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै… Continue reading परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

RSS

काठमाडौँ, ३१ जेठः हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई… Continue reading पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

अमेरिका–इरान सम्झौता निकै नजिक : ट्रम्प

File : (260411) -- ISLAMABAD, April 11, 2026 (Xinhua) -- Pakistani Prime Minister Shehbaz Sharif (R) meets with Iranian Parliament Speaker Mohammad Bagher Ghalibaf in Islamabad, Pakistan, on April 11, 2026. (Xinhua)

तेहरान, ३१ जेठ (रासस–एएफपी) । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताएका छन् । यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन… Continue reading अमेरिका–इरान सम्झौता निकै नजिक : ट्रम्प

सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

File : President Donald Trump and Ukraine's President Volodymyr Zelenskyy shake hands at the start of a joint news conference following a meeting at Trump's Mar-a-Lago club, Sunday, Dec. 28, 2025, in Palm Beach, Fla. (AP Photo/Alex Brandon)

मस्को, ३० जेठ (रासस–एएनआई) । युक्रेनको सार्वजनिक ऋण सन् २०२२ देखि ११० अर्ब डलरभन्दा बढीले वृद्धि भएको रुसी समाचार निकाय (तास) ले शनिबार सार्वजनिक एक समाचारमा जनाएको छ । यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश भएको समाचारमा उल्लेख गरिएको छ । सन् २०२२ को सुरुदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ । देशको… Continue reading सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

File : A small boat loaded with merchandise sails past the St Kitt's and Nevis-flagged container ship Marsa Victory while crusing in the waters of the Strait of Hormuz off the coast of Khasab in Oman’s northern Musandam peninsula on June 25, 2025. (Photo by Giuseppe CACACE / AFP)

इस्लामावाद, ३० जेठ (रासस–सिन्ह्वा) । अमेरिका–इरान वार्ताको अन्तिम चरणमा पुगेको समाचारसँगै पाकिस्तान र साउदी अरबले प्रस्तावित बुँदाहरूमा सम्झौताको सहमति भएकोमा स्वागत गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका–इरान वार्ताको अन्तिम चरण पुगेकोमा स्वागत गरेका हुन् । टेलिफोन कुराकानीका क्रममा दुई… Continue reading अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ (चीन), ३० जेठः चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् । त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरु सम्मानित भएको नेपाली दूतावासले जनाएको छ । पूर्वउपसभामुख इन्दिरा राना मगर… Continue reading नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ, ३० जेठः नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका(२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै… Continue reading काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ, ३० जेठः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गए राति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले राससलाई जानकारी दिए । उनले भने, “साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा… Continue reading चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ, ३० जेठः बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८… Continue reading ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल–राससकाठमाडौँ, ३० जेठः सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ आगामी आर्थिक वर्ष २०८३–०८४ देखि कार्यान्वयनमा ल्याउने तयारी भएको छ । नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्द्धनका लागि करिब रु… Continue reading प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

कास्की, ३० जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् । रास्वपाको शुक्रबारदेखी पोखरामा प्रथम अधिवेशन सुरु भएको थियो । नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले २३४ मत ल्याएर विजयी भएका हुन् । उनी प्रदेश समितिको निर्वतमान महामन्त्री समेत छन् ।… Continue reading रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

Paraguay's Damian Bobadilla (16) reacts afer scoring an on goal during the World Cup Group D soccer match against United States in Inglewood, Calif., near Los Angeles, Friday, June 12, 2026. (AP Photo/Andre Penner)

काठमाडौँ, ३० जेठः तीन राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकामा आजदेखि सुरुआत भएको समूह डी को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोतिामा सुखद सुरुआत गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले… Continue reading विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ, ३० जेठः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बन्नुभएको हो । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार… Continue reading डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

Bosnia goalkeeper Nikola Vasilj, center, makes a save as Nikola Katic (18) and Canada's Jacob Shaffelburg (14) watch during the second half of the World Cup Group B soccer match between Canada and Bosnia, Friday, June 12, 2026, in Toronto. (Nathan Denette/The Canadian Press via AP)

काठमाडौँ, ३० जेठः फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ ।क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक–एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एकरएक अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता… Continue reading फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कृष्ण दवाडी–राससकास्की, ३० जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका सटर तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बसपार्क निर्माणको आशा पुनः जागेको छ । बसपार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आएका हरि लामिछाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त थिए । लामो समयदेखि व्यापार गर्दै आएको स्थान… Continue reading आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

Supporters of the Cockroach Janta Party wear and display masks during a protest demonstration in New Delhi, India, Saturday, June 6, 2026. (AP Photo/Manish Swarup)

नयाँदिल्ली, २९ जेठ (रासस–एपी) । भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी)ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ । अभियानको सुरुआतस्वरूप बिहीबार पश्चिमी भारतीय सहर पुणेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए र यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र… Continue reading युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

TOPSHOT - South Korea's midfielder #19 Lee Kang-in and Czech Republic's defender #07 Ladislav Krejci fight for the ball during the 2026 World Cup Group A football match between South Korea and the Czech Republic at the Guadalajara Stadium in Zapopan on June 11, 2026. (Photo by Ulises RUIZ / AFP)

ग्वाडलाजारा (मेक्सिको), २९ जेठ (रासस–एएफपी) । विश्वकपमा दक्षिण कोरियाले आफ्नो अभियानको शानदार सुरुआत गर्दै चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । अन्तिम १० मिनेटमा निर्णायक गोल गर्दै कोरियाले कठिन प्रतिस्पर्धामा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । खेलको अधिकांश समय चेक गणतन्त्र दबाबमा रहेको देखिए पनि अन्तिम क्षणसम्म खेल अनिश्चित बनेको थियो । ८० औँ… Continue reading फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

काठमाडौँ, २९ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा… Continue reading अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

२९ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानविन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२” कार्यान्वयनका लागि सहजिकरण समिति गठन गरेको छ। मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो। आजै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त… Continue reading रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, सार्वजनिक जग्गा फिर्ता हुने

२९ जेठ, काठमाडौं । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन… Continue reading रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, सार्वजनिक जग्गा फिर्ता हुने

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

rss

काठमाडौँ, २९ जेठः सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को म्याद थप गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद अगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन,… Continue reading संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

काठमाडौँ, २९ जेठः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब… Continue reading काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

धरान (सुनसरी), २९ जेठः सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिकf–९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनापछि कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा मूलघाट सडक केही समय अवरुद्ध… Continue reading धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते