काठमाडौँ, २९ जेठः बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । बालश्रम अन्त्यका लागि विगत… Continue reading विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
Author: Vishwanews.com
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ, २९ जेठः नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी… Continue reading पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
विश्वकप फुटबलको उद्घाटन खेलमै तीन खेलाडीले पाए रातो कार्ड
काठमाडौँ, २९ जेठ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको… Continue reading विश्वकप फुटबलको उद्घाटन खेलमै तीन खेलाडीले पाए रातो कार्ड
इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह
बगदाद (इराक), २९ जेठ (रासस–सिन्ह्वा) । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ । विज्ञप्ति जारी गर्दै दूतावासले वर्तमान क्षेत्रीय अवस्थाका कारण यात्रा अवरोध र हवाई क्षेत्र बन्द हुन सक्ने चेतावनी दिएको छ । दुतावासले अमेरिकी नागरिकहरूलाई वर्तमान अवस्थामा… Continue reading इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह
विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
कञ्चनपुर, २९ जेठः थारू समुदायको पीडा, सङ्घर्ष र मुक्तिको इतिहासलाई जीवन्त बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित विजयसाल सामुदायिक घरबास ९होमस्टे०मा पञ्चधातुको मूर्ति स्थापना गरिने भएको छ । मुक्त कमैया महिलाको जीवन सङ्घर्ष झल्किने मूर्तिले थारू समुदायका मुक्त कमैया समुदायको इतिहास संरक्षणसँगै पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको… Continue reading विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन
काठमाडौँ, २९ जेठः उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताइएको छ । मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न बहाना वा समस्याका कारण सडकमा आउने गरेका छन् । उनीहरू परिवारसँग त्यति सजिलै जान मान्दैनन् । पटकपटकको प्रयासपछि बढीमा ४० प्रतिशतलाई… Continue reading सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन
विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, २९ जेठः काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै रु ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक… Continue reading विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ
विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात
काठमाडौँ, २९ जेठ । फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु भएको छ । मेक्सिको सिटी स्टेडियममा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका हरायो । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी… Continue reading विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला
पोखरा, २८ जेठः संयुक्त अरब इमिरेट्स (युएई)को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएकोे छ । नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित भएको हो । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि… Continue reading पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला
सुशासनको एजेण्डा बोकेको सरकारले दुई महिनामै धोका दिँदैनः अर्थमन्त्री डा वाग्ले
काठमाडौँ, २८ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासनको एजेण्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा वाग्लेले आफूले दुई रुपैयाँमा पनि बदमासी वा बेइमानी गरेको भए मन्त्री र सार्वजनिक जिम्मेवारी नै त्यागिदिने बताए । करको दर… Continue reading सुशासनको एजेण्डा बोकेको सरकारले दुई महिनामै धोका दिँदैनः अर्थमन्त्री डा वाग्ले
अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत
काठमाडौँ, २८ जेठः प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफपश्चात् अर्थमन्त्री डा वाग्लले ‘विनियोजन विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गरे । अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्… Continue reading अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट
काठमाडौँ, २८ जेठः सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताएको सभामुखको सचिवालयले जनाएको छ ।… Continue reading सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट
विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँ, २८ जेठः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । आज अपराह्न १ः०० बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तरराष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् । पक्राउपर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन्… Continue reading विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
काठमाडौँ, २८ जेठः फिफा विश्वकप फुटबल–२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए । उनले पूर्वस्वीकृति… Continue reading काठमाडौँमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने
काठमाडौँ, २८ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधिको सहज उपलब्धता गराउन सहजीकरण गरेको छ । औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने ‘कार्बोप्लाटिन’ औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सजीकरण गरेको हो । विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा ‘कार्बोप्लाटिन’ औषधिको सहज उपलब्धताका लागि सहजिकरण गर्न सम्पर्क व्यक्ति… Continue reading स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने
नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ, २८ वैशाखः ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का २२ वर्षीय विराज बस्ताकोटी रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । काठमाडौँको चाबहिल–दक्षिणढोकास्थित ट्रायल सेन्टरमा सङ्खुवासभाको मादी… Continue reading नक्कली परीक्षार्थी पक्राउ
समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
काठमाडौँ, २८ जेठः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ ऋणीको नामावली सार्वजनिक गरेको छ । तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० ऋणी छन् । समितिले गत वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ ।… Continue reading समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ
बेनी (म्याग्दी), २८ जेठः जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (आठ हजार १६७ मिटर) को पूर्वी मोहोडासम्म फैलिएको यहाँको… Continue reading प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ
विश्वकपअघि भिसा विवाद
वासिङ्टन, २८ जेठ (रासस-एएफपी) आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ । ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ । विश्वकपसम्बन्धी ह्वाइट हाउस… Continue reading विश्वकपअघि भिसा विवाद
फूटबल विश्वकपको महाकुम्भ आजबाट, अहिलेसम्मकै ठूलो ग्लोबल इभेन्ट
२७ जेठ, काठमाडौं । युनिभर्सल गेमका रुपमा परिचित फूटबलको एक उपाधी, विश्वकप, जसलाई उचाल्ने लक्ष्यका साथ महाशक्ति राष्ट्रहरु आजबाट मैदानमा उत्रिँदैछन् । फिफा विश्वकप २०२६ को महासंग्राम उत्तर अमेरिकामा आजबाट शुरु हुँदैछ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२ः४५… Continue reading फूटबल विश्वकपको महाकुम्भ आजबाट, अहिलेसम्मकै ठूलो ग्लोबल इभेन्ट
रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन
काठमाडौँ, २८ जेठः सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री… Continue reading रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन
यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत्
काठमाडौँ, २८ जेठः हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र… Continue reading यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत्
मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी
चितवन, २८ जेठः पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो ।… Continue reading मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी
आजको मौसमः देशभर साधारणतया बादल लाग्ने
काठमाडौँ, २८ जेठः हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ । त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा… Continue reading आजको मौसमः देशभर साधारणतया बादल लाग्ने
नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते
मध्यविन्दु (नवलपरासी), २८ जेठः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा क्रेन चालक… Continue reading नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते
पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
मान्म (कालीकोट), २८ जेठः पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो । दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला… Continue reading पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
खुल्यो प्रतिनिधिसभामा : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु
काठमाडौँ, २७ जेठः प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा… Continue reading खुल्यो प्रतिनिधिसभामा : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु
अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौँ, २७ जेठः अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने बहानामा सो रकम ठगी गर्ने रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलब हुने रोजगारी दिलाइदिने भन्दै… Continue reading अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ
प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त
काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा रहेका उनका भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले आज साँझ सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीको उक्त ऐतिहासिक उपलब्धिप्रति शुभकामनासमेत व्यक्त गरेका हुन् । उनले भनेका छन्, “तपाईँको सुस्वास्थ एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको… Continue reading प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त
नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल
काठमाडौँ, २७ जेठः एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । यो हारसँगै नेपाल एसिसी ‘टि ट्वान्टी’ एसिया कप छनोट होडबाट बाहिरिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको… Continue reading नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल