मध्यविन्दु (नवलपरासी), २८ जेठः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा क्रेन चालक… Continue reading नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते
Author: Vishwanews.com
पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
मान्म (कालीकोट), २८ जेठः पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो । दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला… Continue reading पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
खुल्यो प्रतिनिधिसभामा : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु
काठमाडौँ, २७ जेठः प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा… Continue reading खुल्यो प्रतिनिधिसभामा : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु
अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौँ, २७ जेठः अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने बहानामा सो रकम ठगी गर्ने रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलब हुने रोजगारी दिलाइदिने भन्दै… Continue reading अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ
प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त
काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा रहेका उनका भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले आज साँझ सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीको उक्त ऐतिहासिक उपलब्धिप्रति शुभकामनासमेत व्यक्त गरेका हुन् । उनले भनेका छन्, “तपाईँको सुस्वास्थ एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको… Continue reading प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त
नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल
काठमाडौँ, २७ जेठः एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । यो हारसँगै नेपाल एसिसी ‘टि ट्वान्टी’ एसिया कप छनोट होडबाट बाहिरिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको… Continue reading नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल
सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
कृष्ण अधिकारी र अच्युत रेग्मी–राससकाठमाडौँ, २७ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् । स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्याउँदै नाम र दाम कमाउने उनलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल… Continue reading सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
काठमाडौँ, २७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको अनुमान (बजेट)का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको… Continue reading बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
बुनिया (कङ्गो), २७ जेठ (रासस–एपी) । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो तथ्याङ्कले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको सङ्केत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशङ्का गरिएको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि… Continue reading कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
वासिङ्टन, २७ जेठ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ । यस कदमले हालै सुधारको सङ्केत देखिएको अमेरिका–चीन सम्बन्धमा पुनः तनाव बढ्न सक्ने अनुमान गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको सूचीमा चीनका… Continue reading अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
ओस्लो, २७ जेठ (रासस–एएफपी) । विश्वभर सन् २०२५ मा राज्य–सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो सङ्ख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर्ता भएको हो । यसले विश्वव्यापी सुरक्षा अवस्था अत्यन्त चिन्ताजनक बनेको सङ्केत दिएको छ । नर्वेको ओस्लोस्थित शान्ति… Continue reading विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
सियोल, २७ जेठ (रासस–सिन्ह्वा) । दक्षिण कोरियाको समायोजित वास्तविक कुल गार्हस्थ उत्पादन पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्याङ्कले मंगलबार देखाएको छ । यो प्रारम्भिक १.७ प्रतिशत अनुमानभन्दा उच्च हो र सन् २०२० को तेस्रो त्रैमासिकपछि सबैभन्दा तीव्र वृद्धि हो । दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार निर्यातमा आएको मजबुत वृद्धि,… Continue reading दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
एआई’ पूर्वाधार विस्तारका लागि ‘ओपनएआई’ को ठूलो वित्तीय योजना
सान फ्रान्सिस्को, २७ जेठ (रासस–सिन्ह्वा) ।विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीमध्ये एक ओपनएआईले सम्भावित सार्वजनिक सेयर निष्कासन (आईपीओ)तर्फ महत्वपूर्ण कदम चालेको छ । कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोगसमक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ । यद्यपि कम्पनीले हालसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको स्पष्ट पारेको… Continue reading एआई’ पूर्वाधार विस्तारका लागि ‘ओपनएआई’ को ठूलो वित्तीय योजना
वसन्त ऋतुको हिमाल सम्पन्न, एक अर्ब २६ करोड राजस्व सङ्कलन
काठमाडौँ, २७ जेठः सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम सम्पन्न भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै… Continue reading वसन्त ऋतुको हिमाल सम्पन्न, एक अर्ब २६ करोड राजस्व सङ्कलन
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
गलकोट (बागलुङ) २७ जेठः बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ । कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका… Continue reading तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने
पोखरा, २७ जेठः पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ । बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बाँस्तोलाले बताए ।… Continue reading बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने
ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस
काठमाडौँ, २७ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले आज प्रतिवेदन पेस गरेको छ । समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारीअनुसार गहन ढङ्गले पूरा गरेकामा समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक… Continue reading ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस
पोखरा–दुबई हवाई उडान गर्न फ्लाई दुबईलाई अनुमति
राम थापा/रासस गण्डकी, २७ जेठः फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३… Continue reading पोखरा–दुबई हवाई उडान गर्न फ्लाई दुबईलाई अनुमति
हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
मध्यविन्दु (नवलपरासी), २७ जेठः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो । केही कच्ची… Continue reading हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन, प्रधानमन्त्रीसँग अब रक्षा बाँकी
काठमाडौँ, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आज मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । १.वालेन्द्र शाह, प्रधानमन्त्री, रक्षा२.डा. स्वर्णिम… Continue reading मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन, प्रधानमन्त्रीसँग अब रक्षा बाँकी
नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, नारायणहिटी हत्याकाण्ड पुनः अनुसन्धान गर्ने निर्णय
काठमाडौँ, २६ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज सिंहदरस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भने, “अबदेखि कुनै पनि नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा संवेदनशील भएर लाग्ने छु, मन्त्रालय गम्भीर भएर लाग्ने छ ।” मन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी… Continue reading नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, नारायणहिटी हत्याकाण्ड पुनः अनुसन्धान गर्ने निर्णय
विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण
काठमाडौँ, २६ जेठ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।” मन्त्री पुनले आफू मन्त्री पदमा… Continue reading विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण
नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण
काठमाडौँ, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री… Continue reading नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
गाजा, २६ जेठ (रासस–एपी) । इजरायल–हमास युद्धका कारण घरबारविहीन बनेका गाजाका लाखौं प्यालेस्टिनीहरू अहिले विशाल पाल शिविरहरूमा अत्यन्त कठिन र अस्वस्थकर अवस्थामा जीवन बिताउन बाध्य छन् । विशेषगरी उचित शौचालयको अभावले स्वास्थ्य, सरसफाइ र मानवीय मर्यादामाथि गम्भीर असर पारेको छ । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा बस्ने ३८ वर्षीय मुस्तफा शाबानले आफ्नो परिवारका लागि पालभित्रै… Continue reading युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
नयाँदिल्ली, २६ जेठ (रासस–एएनआई) । कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको इबोला प्रकोप नियन्त्रण र तयारी क्षमता बलियो बनाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ५१ करोड ८० लाख अमेरिकी डलरको व्यापक क्षेत्रीय योजना सार्वजनिक गरेको छ । योजना २०२६ जुनदेखि नोभेम्बरसम्म लागू हुने गरी तयार गरिएको हो । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला नियन्त्रण… Continue reading इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
कीर्तिपुर (काठमाडौँ), २६ जेठः सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ । पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका… Continue reading बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दी, २६ जेठः म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित… Continue reading एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
मुस्ताङ, २६ जेठः यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो । नेपाल–चीन उत्तरी कोरला… Continue reading मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
भोजपुर, २६ जेठ । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् ।स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने… Continue reading व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
औद्योगिक क्षेत्रको भाडा ७ दिन भित्र तिर्न अल्टिमेटम
काठमाडौँ, २६ जेठः विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेका छन् । विगतका सरकारले विभिन्न बहाना बनाउँदै र… Continue reading औद्योगिक क्षेत्रको भाडा ७ दिन भित्र तिर्न अल्टिमेटम