सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

एजेन्सी१ असोज, कोलम्बो । सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलङ्कामा रोजगारी वृद्धि भएको छ । यो तथ्याङ्क श्रीलङ्का सेन्ट्रल बैंकले सङ्कलन गरेको पछिल्लो खरिद प्रबन्धक सूचकाङ्क (पिएमआई) मा सार्वजनिक गरिएको हो । सेवा क्षेत्रको पीिएमआई अगस्टमा ६८.९ मा पुगेको छ । यसले सेवा गतिविधिमा बलियो विस्तार भएको सङ्केत गर्दछ । यस… Continue reading सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत

एजेन्सी१ असोज, काठमाडौं । उपभोग र लगानीको राम्रो प्रवृत्तिका कारण स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पु¥याएको छ । अर्थमन्त्री कार्लोस कुएर्पोले पत्रकार सम्मेलनमा यसलाई ‘सावधानीपूर्वक गरिएको अनुमान’ भन्दै देशको अर्थतन्त्र बलियो अवस्थाबाट अघि बढिरहेको टिप्पणी गरे । “यो संशोधनले हाम्रो अर्थतन्त्रको मजबुती पुष्टि गर्छ,” उनले… Continue reading स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत

इजरायलद्वारा गाजा शहरमा सैन्य कारबाही तीव्र

Smoke rises to the sky following an Israeli military strike in the Gaza Strip, as seen from southern Israel, Tuesday, Sept. 16, 2025. (AP Photo/Leo Correa)

एजेन्सी१ असोज, काठमाडौं । इजरायलले मङ्गलबार बिहान गाजा सहरमा तीव्र हवाई आक्रमण गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचारका अनुसार, इजरायली सेनाले सोमबार रातिबाट गाजा सहरलाई लक्षित गर्दै स्थलगत कारबाही सुरु गरेको जानकारी दिएका छन् । यद्यपि केही स्रोतहरूले भने आकाशमार्गबाट गरिएका आक्रमणहरू तिव्र भए पनि हालसम्म घनाबस्ती रहेको उत्तर गाजा सहरमा स्थलगत… Continue reading इजरायलद्वारा गाजा शहरमा सैन्य कारबाही तीव्र

बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार

Displaced Palestinians flee northern Gaza along the coastal road toward the south, as Israel announced an expanded operation in Gaza City, Tuesday, Sept. 16, 2025. (AP Photo/Abdel Kareem Hana)

एजेन्सी१ असोज, काठमाडौं । बेलायत सरकारले ‘आतङ्कवादी समूह’ घोषणा गरेको ‘प्यालेस्टाइन एक्शन’ लाई समर्थन गरेको आरोपमा पक्राउ परेका तीन जनाले मङ्गलबार लन्डनको अदालतमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जुलाईमा प्रतिबन्ध लगाएर प्यालेस्टाइन एक्शनलाई गैरकानुनी घोषणा गरेपछि सयौं प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो । मङ्गलबार अदालतमा उपस्थित ती तीन मध्ये दुई जना ७० वर्षमुनिका छन्… Continue reading बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार

पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

१ असोज, काठमाडौं । आज पहिरोका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकोमा बिहान साढे ८ बजेबाट सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको ‎गगनेखोला क्षेत्रमा… Continue reading पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

rss

१ असोज, काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर… Continue reading आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

तस्बिर : हरिराम भेटुवाल/ रासस

१ असोज, काठमाडौ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका… Continue reading राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

कोराला नाका चल्दा व्यवसायी उत्साही

कोरलानाकाबाट भित्रिए एक सय बढी चाईनिज ईभी गाडी

१ असोज, म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि… Continue reading कोराला नाका चल्दा व्यवसायी उत्साही

बिहीबारदेखि पुनः शेयर कारोबार हुने

१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै… Continue reading बिहीबारदेखि पुनः शेयर कारोबार हुने

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

१ असोज, भोजपुर । यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न… Continue reading पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

कर तिर्ने समय एक महिना थप

३१ भदौ, काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । “कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ । छिट्टै राजपत्रमा सूचना प्रकाशित हुन्छ”,… Continue reading कर तिर्ने समय एक महिना थप

कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

३१ भदौ, काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज यहाँ भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले छिटो र सरल विधिबाट खरिद गर्न अप्ठ्यारो पर्ने देखिएमा ऐन नियमावलीको संशोधनको… Continue reading कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

३१ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ… Continue reading विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

शवयात्रामा ऊर्जामन्त्री घिसिङ काठमाडौँ, ३१ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, एवं सहरी विकासमन्त्री कुलमान घिसिङ मङ्गलबार आन्दोलनको क्रममा निधन भएका व्यक्तिहरूको शवयात्रामा सहभागी हुनुहुँदै । तस्बिर सौजन्यः उर्जामन्त्री घिसिङको सचिवालय÷रासस

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ… Continue reading जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।… Continue reading जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको नेपाल कम्युनिष्ट माओवादी (माओवादी केन्द्र)को पार्टी कार्यालय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा सरसफाइ गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको तीन तलामा छरपस्ट अवस्थामा रहेका फोहरलगायतका सामग्री एक ठाउँमा केन्द्रित गरिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । त्यसअघि अध्यक्ष दाहालले क्षतिग्रस्त पार्टी कार्यालयको… Continue reading आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

RSS

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री… Continue reading निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

३१ भदौ, चितवन । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी… Continue reading गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो

३१ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ… Continue reading सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो

ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) मा प्रमुख नीतिगत बिषयमा छलफलका लागि बैठक सुरु हुनुभन्दा एक दिन पहिले बैङ्कमाथि दबाब बढाउँदै व्यापक ब्याजदर कटौतीको लागि सोमबार आह्वान गरेका छन् । आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले नै… Continue reading ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति

एजेन्सी३१ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल पोष्ट गर्दै प्रसिद्ध सामाजिक सञ्जाल टिकटकको नाम नलिईकन भनेका छन्, “एउटा निश्चित कम्पनीसँग सम्झौता… Continue reading टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

३१ भदौ, काभ्रे । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय… Continue reading असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

FILE - U.S. President Donald Trump and Britain's Prince Charles toast, during the Return Dinner in Winfield House, the residence of the Ambassador of the United States of America to the UK, in Regent's Park, part of the president's state visit to the UK, in London, Tuesday, June 4, 2019. (Chris Jackson/Pool Photo via AP, File)

एजेन्सी३१ भदौ, लण्डन । विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडाहरू अभ्यास गर्दैछन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् । लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदाभरि सयौँ मानिसहरूले राजा चार्ल्स तृतीयले यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा… Continue reading ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

Photo : CNN

एजेन्सी३१ भदौ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको र आत्मनिर्भर बन्न आवश्यक रहेको बताएका छन् । जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भने, “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।” “हामी… Continue reading विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

file

३१ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र… Continue reading आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

विद्यार्थीसँगै विदेशियो विदेशियो १४ अर्ब ३१ करोड बराबरको विदेशी मुद्रा

३१ भदौ, काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ… Continue reading विद्यार्थीसँगै विदेशियो विदेशियो १४ अर्ब ३१ करोड बराबरको विदेशी मुद्रा

साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा मुद्रास्फीति घटेको छ । गत आवको साउन महिनामा यस्तो मुद्रास्फीति चार दशमलव… Continue reading साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

२८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

३१ भदौ, काठमाडौं । देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत… Continue reading २८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

एक महिनामा एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो… Continue reading एक महिनामा एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

परदेशिएका नेपालीले एक महिनामा पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स

file

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव… Continue reading परदेशिएका नेपालीले एक महिनामा पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स