गोरखा, ३१ असारः गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा २० वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो । निरन्तरको सूचना र समन्वयपछि पसलवालाहरूले मङ्गलबार स्वःस्फुर्त आफ्ना घरटहरा खाली गरेका… Continue reading बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
Author: Vishwanews.com
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
मध्यविन्दु (नवलपरासी), ३१ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन् । विसं २०७८ असार २४ गतेको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिए पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन । पहिरोपछि सुरुमा विद्यालय र सामुदायिक भवनमा आश्रय… Continue reading अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
राससमुस्ताङ, ३१ असारः मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो । चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने… Continue reading घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा
संयुक्त राष्ट्रसङ्घ ३१ असार (रासस–सिन्ह्वा) । अफगानिस्तानमा एक करोड ७० लाख भन्दा बढी महिला तथा बालिकाहरूलाई मानवीय सहायताको आवश्यकता रहेको अफगानिस्तानमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र कार्यालयले जनाएको छ । टोलो न्यूजले संयुक्त राष्ट्र सङ्घीय मनव अधिकार कार्यलयलाई उद्धृत गर्दै मङ्गलबार स्वास्थ्य, सुरक्षा र अन्य आवश्यक सेवाहरूको बढ्दो आवश्यकताका साथ महिला तथा बााबललिकाहरू देशको… Continue reading अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा
मध्यपूर्व द्वन्द्वको बीचमा लेबनान र इजरायलद्वारा रोममा नयाँ वार्ता सुरु
बेरुत (लेबनान), ३१ असार (रासस–एएफपी) । अमेरिकी मध्यस्थताको साथमा लेबनान र इजरायलले रोममा मङ्गलबार नयाँ वार्ता सुरु भएको जनाइएको छ भने वाशिङ्गटन र तेहरान बीचको क्षेत्रीय तनाव अझै चुलिएको छ । इजरायल र इरान समर्थित हेजबुल्लाहबिचको युद्धको अन्त्य गर्ने र शान्तिको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले वासिङ्टनमा पाँच चरणको वार्ता पछि गत जुन २६ मा… Continue reading मध्यपूर्व द्वन्द्वको बीचमा लेबनान र इजरायलद्वारा रोममा नयाँ वार्ता सुरु
हर्मुजबारे इरानी संसद्मा विधेयक
तेहरान, ३१ असार (रासस–एएफपी) । हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका–इरानबीच तनाव चुलिरहेका बेला इरानी संसद्मा उक्त रणनीतिक समुद्री मार्गको सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विधेयक दर्ता गरिएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले यो विधेयकलाई देशको ‘रेड लाइन’ संरक्षणतर्फको पहिलो कदम भएको बताएका छन् । अजिजीले सामाजिक सञ्जाल… Continue reading हर्मुजबारे इरानी संसद्मा विधेयक
युरोपेली युनियनद्वारा गाजाका विशेष लागि पहल सुरु
ब्रसेल्स, ३१ असार (रासस–क्यूएनए) । युरोपेली युनियनले ८८ करोड ३६ लाख युरोको प्रारम्भिक रकमका साथ १५ वटा साझेदारहरू सँग मिलेर गाजाकोलागि विशेष पहल समुह “टीम गाजा इनिसिएटिभ“ सुरु गर्ने घोषणा गरेको जनाइएको छ । प्रेस विज्ञप्ती जारी गर्दै युरापेली युनियनले गाजाका जनताका लागि चलिरहेको र योजना–बद्ध प्रारम्भिक सुधार तथा पुनःस्थापना परियोजनाहरूको कार्यान्वयनलाई समर्थन गर्न ब्रसेल्समा… Continue reading युरोपेली युनियनद्वारा गाजाका विशेष लागि पहल सुरु
उत्तर कोरियामा बावी आँधी नजिकिँदै जाँदा उच्च सतर्कता अपनाउन आग्रह
सियोल, ३१ असार (रासस–एएफपी) । उत्तर कोरियाले मङ्गलबार टाइफुन बावी नजिकिँदै गर्दा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरिएको छ भने उत्तरकोरियाली नेता किम जोङले क्षति रोक्न “अधिकतम सतर्कता“ अपनाउन आग्रह गरेका छन् । प्राकृतिक प्रकोपहरूले उत्तर कोरियाको पूर्वाधार तथा अर्थतन्त्रका अत्यधिक प्रभाव पार्ने गरेको जनाइएको छ । प्योङयाङको सरकारी रोडोङ सिनमुन अखबारका अनुसार… Continue reading उत्तर कोरियामा बावी आँधी नजिकिँदै जाँदा उच्च सतर्कता अपनाउन आग्रह
एआईको मागले चीनको निर्यातमा उछाल
हङकङ, ३१ असार (रासस–एपी) । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ । चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७… Continue reading एआईको मागले चीनको निर्यातमा उछाल
पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते
इस्लामावाद, ३१ असार (रासस–सिन्ह्वा) । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार भएको भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । उद्धार अधिकारीहरुका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढी आई एउटा घर क्षेति ग्रस्त हुँदा २३ जना… Continue reading पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
वासिङ्टन, ३१ असार (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका छोरा मोजताबा खमेनी सैन्य कारबाहीपछि ‘९० प्रतिशत निष्क्रिय’ भएको दाबी गर्दै इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताएका छन् । यो दाबी अमेरिकाले हर्मुज जलघाँटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने घोषणा गरेसँगै… Continue reading खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग
वासिङ्टन, ३१ असार (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाडी राष्ट्रहरूले तिर्नुपर्ने बताएका छन् । हालैको अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दाबी गर्दै उनले तेहरानलाई केही महिनाअघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गरे ।… Continue reading हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, ३१ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको… Continue reading कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
नारायणगढ (चितवन), ३१ असारः अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पु¥याएको छ ।पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार रत्ननगर –११ अन्तर्गत पन्कन्या… Continue reading अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
ललितपुर, ३१ असारः देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस… Continue reading देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
म्याग्दी, ३१ असारः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पु¥याएको… Continue reading बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
काठमाडौँ, ३१ असारः नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल छन् । पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उनीहरुलाई… Continue reading पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
काठमाडौँ, ३१ असारः फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे । खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको… Continue reading फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
पर्यटक लोभ्याउने ‘ठूली दह’
बलबहादुर ओली–रासस त्रिवेणी (रुकुमपश्चिम) ३० असारः मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजङ्गलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ । मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न… Continue reading पर्यटक लोभ्याउने ‘ठूली दह’
सञ्चारमाध्यममा सवारी अवरोध जसले गरेको भए पनि कारबाही हुन्छः सभापति लामिछाने
काठमाडौँ, ३० असारः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारीसाधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन् । सोमबार केही सञ्चारगृह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारीसाधन पार्किङ गरिएको भेटिएको थियो । ती सवारीसाधनलाई प्रहरीले हटाउनुका… Continue reading सञ्चारमाध्यममा सवारी अवरोध जसले गरेको भए पनि कारबाही हुन्छः सभापति लामिछाने
बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा
काठमाडौँ, ३० असारः नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ । इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरुबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । निगमले १४… Continue reading बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
काठमाडौँ, ३० असारः नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र रु ४० हजार जरिवाना तोकेको हो । न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र रु २० हजार जरिवाना तोकेको छ ।… Continue reading नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
हेलो पूर्वाधार’मा ९० प्रतिशत भुक्तानीको माग गर्दै फोन आउँछः मन्त्री लम्साल
काठमाडौँ, ३० असारः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘हेलो सरकार’ र ‘हेलो पूर्वाधार’मा वडा कार्यालय, स्थानीय सरकार र प्रदेश सरकारबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएको भन्दै ९० प्रतिशतभन्दा धेरै गुनासो आउने गरेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका जिज्ञासाको उत्तर दिँदै मन्त्री लम्सालले ठेकेदार कम्पनीले पनि भेण्डर (आपूर्तिकर्ता) र कामदारलाई भुक्तानी… Continue reading हेलो पूर्वाधार’मा ९० प्रतिशत भुक्तानीको माग गर्दै फोन आउँछः मन्त्री लम्साल
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
काठमाडौँ, ३० असारः सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको… Continue reading निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
महेश्वरभक्त श्रेष्ठ वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्ष नियुक्त
काठमाडौँ, ३० असारः सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक समितिको अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।… Continue reading महेश्वरभक्त श्रेष्ठ वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्ष नियुक्त
आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन
काठमाडौँ, ३० असार । आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ । गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत अवस्थामा आज बिहान २ः०५ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए । २५… Continue reading आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन
रूसः सेप्टेम्बरमा हुने निर्वाचनमा भाग लिन तयारीमा रहेको क्रेमलिन विरोधी नेता पक्राउ
मस्को, ३० असार (रासस–एएफपी) । रूसी प्रहरीले सोमबार एक युद्धविरोधी क्रेमलिन आलोचकलाई पक्राउ गरेको छ । दुई महिनापछि हुने संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको निकट समूहविरुद्ध भाग लिने योजना बनाइरहेका ६३ वर्षीय बोरिस नादेज्दिनलाई सोमबार पक्राउ गरिएको थिए र दुई महिनापछि हुने संसदीय निर्वाचनमा भाग लिने योजना बनाइरहेका थिए। अप्रत्याशित रूपमा समर्थन जुटाएर पुटिनविरुद्ध राष्ट्रपति… Continue reading रूसः सेप्टेम्बरमा हुने निर्वाचनमा भाग लिन तयारीमा रहेको क्रेमलिन विरोधी नेता पक्राउ
गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो
गोरखा, ३० असारः समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ । कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५… Continue reading गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
कञ्चनपुर, ३० असारः डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् । नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा… Continue reading भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
बस्ती जोगाउन तटबन्ध निर्माण
पाँचथर, ३० असारः पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध… Continue reading बस्ती जोगाउन तटबन्ध निर्माण