दुर्गा प्रसाइले नेतृत्व गरेको राजावादीको आन्दोलन उग्र, काठमाडौंमा बितन्डा

राजा ल्याउन भन्दै राजावादीले काठमाडौंमा आयोजना गरेको प्रदर्शन उग्र बन्दा काठमाडौंमा बितन्डा मच्चिएको छ । राजावादीले आज प्रहरी सङ्ग मात्र भिडेनन, निजि सम्पत्तिमा समेत तोडफोड गरेका छन् । तिनकुनेमा घरमा आगो लगाइएको छ । प्रदर्सन उग्र बन्दै गएपछि सरकारले तिनकुने क्षेत्र आसपास कर्फ्यु आदेश जारी गरिएको छ । अहिले सेना परिचालन गरिएको छ । प्रदर्सनकारीले… Continue reading दुर्गा प्रसाइले नेतृत्व गरेको राजावादीको आन्दोलन उग्र, काठमाडौंमा बितन्डा

आज गणतन्त्रवादी र राजावादी सडकमा, जनजीवन प्रभावित हुने

काठमाडौं । राजावादीलाई काउन्टर दिन आज काठमाडौंमा समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्दैछ । जसको नेतृत्व माओवादी केन्द्रले गरेको छ । उता, दुर्गा प्रसाईको नेतृत्वमा राजावादी पक्षधरले समेत प्रदर्शनको आयोजना गर्दा दिनभरजसो यातायात प्रभावित हुने देखिएको छ । मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ । माधवकुमार नेपाल नेतृत्वको नेकपा… Continue reading आज गणतन्त्रवादी र राजावादी सडकमा, जनजीवन प्रभावित हुने

गैरआवासीय नेपालीको आयोजनामा स्टार्टअप र उद्यमशीलता सम्मेलन हुने

काठमाडौं । गैरआवासीय नेपालीहरूको परोपकारी संस्था एमआईटी फाउन्डेसनले काठमाडौंमा दिगो स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्ने भएको छ ।‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) उद्योग वाणिज्य संघको नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा फाउन्डेसनले शनिबार सम्मेलन आयोजना गर्न लागेको हो । ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनले नीति निर्माता, उद्यमी र नेपाली प्रवासी समुदायका सदस्यहरूलाई एकीकृत गरी सस्टेनेबल… Continue reading गैरआवासीय नेपालीको आयोजनामा स्टार्टअप र उद्यमशीलता सम्मेलन हुने

एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै गणतन्त्रवादीको आन्दोलन १ घण्टा ढिला सुरु हुने

काठमाडौं । राजावादी र गणतन्त्रवादीको आन्दोलनले काठमाडौंका केही शैक्षिक संस्थाको पठनपाठन प्रभावित हुने भएको छ । चैत ७ देखि चलिरहेको एसईई नरोकिने भए पनि केही विद्यालयले भने सूचना निकालेर पठनपाठन भइरहेका विद्यालय बन्द हुने जनाएका हुन् । काठमाडौंको प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । प्रदर्शनका कारण… Continue reading एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै गणतन्त्रवादीको आन्दोलन १ घण्टा ढिला सुरु हुने

माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ

काठमाडौं । राजा चाहियो भन्दै आन्दोलनमा उत्रिएका अमेरिकी नागरिक पक्राउ परेका छन् । माइतीघरमा केही नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको हो । उनी नेपालमा भने आफूलाई जयानन्द कृपाका रूपमा चिनाउने गरेको पाइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर… Continue reading माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ

दक्षिण कोरियामा आगलागी, कम्तिमा २७ जनाको ज्यान गयो

काठमाडौं । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन्। कोरियाली सञ्चार माध्यमहरूका अनुसार, मार्च २१ मा सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो सुरु भएको डढेलोपछि उइसोङ काउन्टीमा फैलिएको हो। तीव्र र सुख्खा हावाका कारण डढेलो आन्डोङ, चेङ्गसोङ,… Continue reading दक्षिण कोरियामा आगलागी, कम्तिमा २७ जनाको ज्यान गयो

दुर्गा प्रसाई तोकिए राजावादी आन्दोलनको कमाण्डर

काठमाडौं । पुराना पञ्चहरूलाई पन्छाउँदै व्यवसायी दुर्गा प्रसाईंले राजावादी आन्दोलनको नेतृत्व पाएका छन् । पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रसाईंको नेतृत्वलाई स्वीकार्दै उनले आह्वान गरेको आन्दोलनमा होमिएका छन् । प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा… Continue reading दुर्गा प्रसाई तोकिए राजावादी आन्दोलनको कमाण्डर

कुलमान बर्खास्ती विवादलाई प्रधानमन्त्री भन्छन् : नचाहिँदो बखेडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए । उनले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पारित… Continue reading कुलमान बर्खास्ती विवादलाई प्रधानमन्त्री भन्छन् : नचाहिँदो बखेडा

नयाँ बजेटबारे अर्थले १६ मन्त्रालयसँग गर्यो छलफल

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सकेको जनाएको छ। बिहीबार संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल गरिएको छ। मन्त्रालयहरूसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरे। उनले संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश… Continue reading नयाँ बजेटबारे अर्थले १६ मन्त्रालयसँग गर्यो छलफल

शुक्रबार काठमाडौंमा राजावादी र समाजवादी मोर्चाका छुट्टाछुट्टै प्रदर्शन, यस्तो छ मोर्चाको कार्यक्रम

काठमाडौं । समाजवादी मोर्चाले भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा आयोजना गर्दैछ । विरोधसभा अघि मोर्चाले काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने भएको छ । हजारौंको संख्यामा मानिस उतार्ने तयारी गरेको समाजवादी मोर्चाले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन रुट निर्धारण गरेको हो । गणतन्त्रको पक्षमा रहेका सबै दललाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको समाजवादी मोर्चाले विरोध… Continue reading शुक्रबार काठमाडौंमा राजावादी र समाजवादी मोर्चाका छुट्टाछुट्टै प्रदर्शन, यस्तो छ मोर्चाको कार्यक्रम

अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका

१४ चैत, काठमाडौं । अमेरिका आयात हुने कार र पार्टपूर्जामा राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत कर घोषणा गरेका छन् । यसले ट्रेडवार बढ्ने आशंका गरिएको छ । बीबीसीका अनुसार विश्वभरबाट अमेरिका भित्रिने कार र पार्टपूर्जामा सो कर लाग्ने छ । यो २ अप्रिलबाट लागु हुने गरी घोषणा गरिएको छ । यस कदमबाट अमेरिकी कार बजारमा… Continue reading अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका

गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सैन्य आक्रमणबारे गोप्य सूचना चुहावटमा जिम्मेवारी लिएका छन् । उनले यमनमा सैन्य आक्रमणको योजनाबारे छलफल गरिएको ‘च्याट ग्रुप’ मा एक पत्रकारलाई जोडेकोमा आफू जिम्मेवार रहेको स्वीकार गरेका हुन् । सामाजिक सञ्जाल सिग्नलमा बनाइएको उक्त ‘च्याट ग्रुप’ मा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससहितका उच्च पदस्थ अधिकारीहरू थिए । च्याट… Continue reading गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी

आर्मेनिया बन्ने भयो इयूको सदस्य, रुससँग टाढिने

काठमाडौं । ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ -इयु_ को सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित गरेको छ । भू-परिवेष्टित सीमावर्ती ककेसस राष्ट्र आर्मेनियाले हालको केही वर्षदेखि पश्चिमी देशहरूसँग निकटता बढाएको छ । मस्कोले आफ्नो कट्टर(शत्रु अजरबैजानबाट बचाउन असफल भएको भन्दै आर्मेनियाले निराशा व्यक्त गरेको छ ।… Continue reading आर्मेनिया बन्ने भयो इयूको सदस्य, रुससँग टाढिने

चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ । यो कारबाहीले चीन, संयुक्त अरब इमिरेट्स र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पारेको छ र विभागले उनीहरूको ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति विपरीतका गतिविधिहरू’ भनेको छ । ‘प्रतिबनध… Continue reading चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध

हेटौडामा देवरले गरे भाउजुको हत्या, दाईलाई बनाए घाइते

काठमाडौं । हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या भएको छ । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु… Continue reading हेटौडामा देवरले गरे भाउजुको हत्या, दाईलाई बनाए घाइते

दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि

file

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधि (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ । जस अनुसार यस त्रैमासमा ५.१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ। कार्यालयका अनुसार यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा विस्तार, कृषि उत्पादन वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि र वित्तीय… Continue reading दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि

बझाङमा गाउँपालिका तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६–७७ मा रकम विनियोजन गरी आर्थिक वर्ष २०७७–७८ मा कुनै पनि काम नगरी १४ लाख आठ हजार ८१७ रुपियाँ भुक्तानी लिइ अनियमितता गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले… Continue reading बझाङमा गाउँपालिका तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कुलमान घिसिङ हटाउने निर्णयमा चित्त बुझ्न जवाफ नदिए माओवादी आन्दोलनमा जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जाने बताएका छन्। संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले कार्यकारी निर्देशक घिसिङ हटाउने विषयमा जालझेल, षड्यन्त्र भएको बताए । उनले… Continue reading कुलमान घिसिङ हटाउने निर्णयमा चित्त बुझ्न जवाफ नदिए माओवादी आन्दोलनमा जाने

अर्घाखाँचीको सुपादेउराली दर्शनमा गएको बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सञ्चार शाखाले जनाएको छ। मृत्यु हुनेमा बसका चालक रहेका छन्। यद्यपि उनीहरूको पहिचान खुलिसकेको छैन। सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस… Continue reading अर्घाखाँचीको सुपादेउराली दर्शनमा गएको बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई उपद्रो मच्चाएर थाकेर बसेको शक्तिको संज्ञा दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले बुधबार आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने थोत्रो प्रणाली बोकेर हिँड्ने शक्तिको संज्ञा दिए । ‘ती हतियार उठाएर थाकेका क्रान्ति गर्छु भनेर अनेको उपद्रो मच्चाएर,… Continue reading माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री

आज पनि गयो भूकम्पको धक्का, काठमाडौंमा महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अुनसार नेपाली समय साँझ ६ः२७ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको देखिएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । पछिल्लो समय पश्चिम नेपालमा… Continue reading आज पनि गयो भूकम्पको धक्का, काठमाडौंमा महसुस

बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या

काठमाडौं । भारतको बिहारमा रेल्वे स्टेशनमा गोली चलेको छ । सो घटनामा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । घटना बिहारको आरा रेल्वे स्टेशनमा भएको हो । मंगलबार भएको यो घटनाको कारण प्रेम प्रसंग रहेको पाइएको प्रहरीले बताएको छ । २४ वर्षको अमन कुमार नामक युवकले गोली चलाएको पाइएको छ । ती व्यक्तिले सुरुमा… Continue reading बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या

टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?

bbc

काठमाडौं । टर्कीको इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछि प्रदर्शन सुरु भएको छ । सो प्रदर्शन सातौं दिनसम्म पनि जारी छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानले विपक्षी दलहरूलाई ‘हिंसात्मक आन्दोलन’ भड्काएको आरोप लगाएको सञ्चारमाध्यमले जनाएका छन् । टर्कीको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले प्रदर्शन मंगलबार सकिने बताएका थिए । तर पार्टीले आन्दोलनका… Continue reading टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?

ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित निकालेको छ । बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे ।… Continue reading ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत

काठमाडौं । रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको अमेरिकाले दावि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा यो सम्भव भएको समेत ह्वाइट हाउसको दावि छ । तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच जारी लडाइँ ३० दिनसम्म रोक्ने सहमति भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमति… Continue reading अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत

प्रधानमन्त्रीको चिन्ता : कुलमान प्रकरणमा तिललाई पहाड बनाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारसाथ काम गरिरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता सुजाता कोइरालाद्वारा लिखित पुस्तक ुम र मेरो सानोबुवाु आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई… Continue reading प्रधानमन्त्रीको चिन्ता : कुलमान प्रकरणमा तिललाई पहाड बनाइयो

कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ

काठमाडौं । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ । उनको सोमबार साँझ भएको ग्याङ फाइटमा ज्यान गएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं। १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच… Continue reading कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ

देउवा भन्छन् : ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुवा आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए । ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति… Continue reading देउवा भन्छन् : ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ

कुलमान हटाउने निर्णयको विरोधमा माओवादी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णइ आपत्तिजनक रहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको ठहर छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाउने सरकारको निर्णयमा प्रश्न उठाएका हुन् । माओवादीले कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउनका लागि चालिएको कदम भएको भनेको छ ।… Continue reading कुलमान हटाउने निर्णयको विरोधमा माओवादी

सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब सरकारको विरोधमा गरिने कार्यक्रमहरूमा सहभागी हुने भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ।’ साथै रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई… Continue reading सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ