सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब सरकारको विरोधमा गरिने कार्यक्रमहरूमा सहभागी हुने भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ।’ साथै रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई… Continue reading सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ

राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा होमिएको छ । सो पार्टीले काठमाडौंमा चैत २६ गते प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको छ।मंगलबार राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको राप्रपा मूल आन्दोलन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको हो। लिङ्देनका अनुसार राज संस्था, हिन्दु राष्ट्र र संघीयता खारेजी पक्षमा जसले आन्दोलन गरे पनि शान्तिपूर्ण ढंगले आन्दोलनमा… Continue reading राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा

कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । आज देशभर प्रदर्शन चर्कियो । बिरोधलाई सरकारले भने सामान्य भनेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो सामान्य भएको बताए । सरकारले… Continue reading कुलमान प्रकरणको विरुद्धमा देशभर प्रदर्शन : सरकारका प्रवक्ताको प्रतिक्रिया, सामान्य हो

कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । सरकारले कुलमान घिसिङलाई हटाएर नियुक्ति दिएका नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । उनको नियुक्तिको चौतर्फी आलोचना भइरहेको छ । शाक्यले मंगलबार राती प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरे । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो… Continue reading कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण

कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति प्रतीकात्मक विरोध जनाएका छन्। रास्वपा सभापति लामिछानेले फेसबुक लाइभमार्फत् बिजुली निभाउँदै मैन बत्ती सल्काएर साङ्केतिक रूपमा कुलमान घिसिङ हटाउने निर्णयको विरोध जनाए । उनको यो शैली अहिले सामाजिक संजालमा भाइरल भएको छ । उनले आफ्नो फेसबुक… Continue reading कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल

एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

काठमाडौं । एफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ। छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुँदैछ । यो खेल नेपालमा हुनु पर्ने थियो । तर दशरथ रंगशालालाई एसियाली… Continue reading एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो

काठमाडौं । कालिमाटीमा ग्याङ फाइट भएको छ । जसमा एक युवकको ज्यान गएको छ । सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकी एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो । भिडन्तमा २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए । घाइते गोलेलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । उनको त्यहाँ उपचारका… Continue reading कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो

कुलमान हटाउने निर्णयमा गगन र विश्वप्रकाशकै आपत्ति

काठमाडौं । सरकारले नेपाल विद्युत प्रािधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसत्तै सत्तारुढ दलभित्रबाटै कडा आलोचना सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले सामाजिक संजालमा स्टाटस लेख्दै सरकारको सो निर्णयको कडा शब्दमा विरोध गरेका छन् । कुलमानलाई हटाउनेबारे कांग्रृेस पदाधिकारी तहमा कुनै निर्णय नभएको विश्व… Continue reading कुलमान हटाउने निर्णयमा गगन र विश्वप्रकाशकै आपत्ति

सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् । ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका… Continue reading सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस

कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त… Continue reading कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद

पदबाट हटाइए कुलमान

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारले कुलमानलाई हटाउने उद्देश्यले पटक पटक स्पष्टीकरण सोधेको थियो । सोही आधारमा उनलाई पदबाट… Continue reading पदबाट हटाइए कुलमान

सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको… Continue reading सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

काठमाडौं । नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले उल्लेख गरेको छ । यमसा रेमिट्यान्स (विप्रेषण) को ठूलो भूमिका रहेको समेत प्रतिवेदनमा छ । विश्व बैंकले सोमबार ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य’ नामक प्रतिवेदन सार्वजनिक गरेको… Continue reading नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए

काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात… Continue reading अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए

राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । देशभर पूर्वराजाको सक्रियता र राजतन्त्रको मागमा प्रदर्शन हुँदै गएका छन् । यसै सन्दर्भमा प्रमुख तीन दलको बैठक आज बस्ने भएको छ । संक्रमणकालीन न्यायबारे छलफल गर्न भन्दै आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएको हो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी… Continue reading राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा

फाइल तस्वीर

काठमाडौं । यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री… Continue reading गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा

काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो गाडी नागढुंगास्थित ढलानमा रोकिराकेको अवस्थामा आफै गुडेर अनियन्त्रित भई सडक छेउको पेटीमा ठोक्किएको थियो। दुर्घटनामा परी नाम, ठेगाना नखुलेको अन्दाजी २५–२६ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी… Continue reading काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं । बारा र पर्सा जिल्लाका औद्योगिक करिडोर तथा आमउपभोक्ताको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बारा अमलेखगञ्ज तथा प्रसौनी र पर्सा वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले… Continue reading वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु

काठमाडौं । बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँकेका डीएसपी यमबहादुर मल्लले बताए । बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।… Continue reading बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु

शहरी विकास मन्त्रीलाई बालेनको झटारो, काम कहिले गर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् । अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै उनले प्रश्न गरेका हुन् । सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने,… Continue reading शहरी विकास मन्त्रीलाई बालेनको झटारो, काम कहिले गर्ने ?

काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् । उनीहरुलाई काठमाडौं… Continue reading काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

इजरायलद्धारा लेवनानमा पुनः आक्रमण

Getty Images

काठमाडौं । इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको दावि छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन्… Continue reading इजरायलद्धारा लेवनानमा पुनः आक्रमण

एमसीसीलाई निरन्तरता दिने तयारी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको बताइएको छ । तर उक्त अनुमतिले ट्रम्प प्रशासनले नेपालले अमेरिकाबाट कम्प्याक्ट अन्तर्गत पाएको अनुदानको समीक्षाबाट निस्कने कुनै निश्चित परिणामप्रति सङ्केत नगर्ने एमसीए नेपालले आफ्नो वेबसाइटमार्फत जनाएको छ। फेब्रुअरीमा अमेरिकी सरकारले एमसीसी अन्तर्गत नेपालले पाएको अनुदान अन्तर्गतका भुक्तानी समीक्षाका… Continue reading एमसीसीलाई निरन्तरता दिने तयारी

विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

काठमाडौं । विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । विराट कोहली… Continue reading विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताएका छन् । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने… Continue reading इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड

पूर्वराजा गोर्खा दरबारमा, के भने ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए । ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि… Continue reading पूर्वराजा गोर्खा दरबारमा, के भने ?

५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ। अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ। ट्रम्पका पूर्वर्ती जो बाइडनका… Continue reading ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

आइपीएलको १८ औं संस्करण आजबाट

काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय… Continue reading आइपीएलको १८ औं संस्करण आजबाट

नेपाली फूटबल टोली मलेसिया पुग्यो

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ । शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो । छनोटमा नेपालले मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ । नेपालले शुक्रबार सिंगापुरलाई हराउँदै इतिहास रचेको थियो । मलेसियाविरुद्ध सोही लय कायम गर्ने लक्ष्य नेपालको छ ।

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता

काठमाडौं । लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरू गरेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलमा रहेको लक्ष्मी स्टिलले २३ करोड ७९ लाख रूपैयाँ बक्यौतामध्ये शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रूपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए। लक्ष्मीले… Continue reading लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता