काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो… Continue reading नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्सबाट लाइभ हुने
Author: Vishwanews.com
बिजुली व्यापारमा आज ऐतिहासिक दिन, पहिलो पटक बंगलादेशमा निर्यात गरिँदै
काठमाडौं । नेपालले बिजुली व्यापारमा आज इतिहास बनाउँदै छ । आज पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुँदैछ । असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएको थियो । यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ… Continue reading बिजुली व्यापारमा आज ऐतिहासिक दिन, पहिलो पटक बंगलादेशमा निर्यात गरिँदै
दार्चुलामा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका (६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए… Continue reading दार्चुलामा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
फिलिपिन्समा विनासकारी आँधीको चेतावनी
काठमाडौं । फिलिपिन्सले उसाकी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौँ मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यस पहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको चेतावनी जारी गरिएको हो । प्रति घण्टा १८५ किलोमिटर सम्मको निरन्तर हावासँगै उसाकी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको… Continue reading फिलिपिन्समा विनासकारी आँधीको चेतावनी
रुपन्देहीमा रविको बयान तेस्रो दिनमा सकियो, शुक्रबार पोखरा पठाइने
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्याइएका रवि लामिछानेको बयान तेस्रो दिनमा सकिएको छ । उनलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको बताइएको छ । बयान… Continue reading रुपन्देहीमा रविको बयान तेस्रो दिनमा सकियो, शुक्रबार पोखरा पठाइने
यू-१९ विश्वकप पुगेको टोलीलाई जनही २ लाख दिइने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल… Continue reading यू-१९ विश्वकप पुगेको टोलीलाई जनही २ लाख दिइने
नेपालबाट शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने
काठमाडौं । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबार मध्याह्न १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने जानकारी दिए । तर, यो याममा एक दिनमात्र निर्यात हुने उनले बताए ।… Continue reading नेपालबाट शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने
काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत फेला
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत भेटिएका हुन् । श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा बन्द… Continue reading काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत फेला
परराष्ट्र मन्त्री चीन भम्रणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जाने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जान लागेको बताइएको छ । प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री राणा मङ्सिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको छ । चीनका… Continue reading परराष्ट्र मन्त्री चीन भम्रणमा जाँदै
‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहास, बन्यो सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र
काठमाडौं । पूर्णबहादुरको सारङ्गी’ले कमाईको मामलामा इतिहास रचेको छ । यो चलचित्र सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस… Continue reading ‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहास, बन्यो सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र
आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने
काठमाडौं । विश्व क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल)मा आवद्ध भएका छन् । उनलाई कर्णाली याक्सले अनुवन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका स्टार क्रिकेटर धवनलाई अनुबन्ध गरेको हो । कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको छ ।… Continue reading आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने
ट्रम्पले इलोन मस्कसहित को-कसलाई दिए महत्वपूर्ण जिम्मेवारी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले अर्बपति इलोन मस्क र रिपब्लिकन पार्टी नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ निकायको महत्वपूर्ण जिम्मा दिएका छन्। उनीहरूलाई संयुक्त राज्य अमेरिका स्थापनाको २५०औँ वार्षिक समारोहअघि नियम कटौती गर्ने र सरकारी खर्च घटाउने जिम्मेवारी दिइएको सञ्चारमाध्यमले जनाएका छन् । जुलाई २०२६ सम्मको समयसीमा पाएका… Continue reading ट्रम्पले इलोन मस्कसहित को-कसलाई दिए महत्वपूर्ण जिम्मेवारी ?
भारतीय सेनाध्यक्ष ५ दिने नेपाल भ्रमणमा आउँदै
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको ५ दिने भ्रमणमा आउने भएका छन् । नेपाली सेनाका अनुसार उनले मंसिर ५ देखि ९ सम्म नेपाल भ्रमण गर्नेछन् । भारतीय स्थल सेनाध्यक्ष जनरल नेपाली सेनाको मानार्थ महारथी दर्जाको सम्मान लिन आउन लागेका हुन् । उनलाई नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले… Continue reading भारतीय सेनाध्यक्ष ५ दिने नेपाल भ्रमणमा आउँदै
बाकुमा उच्चस्तरीय भेटघाटमा व्यस्त राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरे । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप–२९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार… Continue reading बाकुमा उच्चस्तरीय भेटघाटमा व्यस्त राष्ट्रपति
सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ
काठमाडौं । दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२… Continue reading सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ
रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भैरहवामा प्रहरीले बुधबार ९ घण्टा लामो समयसम्म बयान लिएको छ । बयान बुधबार लगातार दोस्रो दिन लिइएको हो । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइयो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी… Continue reading रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने
धनराज गुरुङसँग सीआइबीले लियो बयान
काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा उनी मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग बयान लिएको छ । साथै कागज गराइएको छ ।सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले… Continue reading धनराज गुरुङसँग सीआइबीले लियो बयान
नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश
काठमाडौं । नेपाल पहिलोपटक १९ वर्ष मुनिको महिला विश्वकपमा प्रवेश गरेको छ । बुधबार निर्णायक खेलमा युएइलाई हराउदै नेपाल पहिलोपटक यु १९ विश्वकप पुगेको हो । युएइले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सना प्रविनले सर्वाधिक ३५ रन बनाइन । विश्वकप आगामी वर्ष… Continue reading नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश
नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने एन्फाले जनाएको छ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगेको हो । फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि… Continue reading नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै
विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै
काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ… Continue reading विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै
वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले खाडी र मलेसिया जाने श्रमिक पठाउँदा लाग्ने लागत शुल्क निर्धारण तथा व्यवसायीको… Continue reading वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर
ट्रम्पको सजाय सम्बन्धी फैसला तत्कालका लागि स्थगित
काठमाडौं । डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ । सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी… Continue reading ट्रम्पको सजाय सम्बन्धी फैसला तत्कालका लागि स्थगित
जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्रलाई २० हजार रुपैयाँ र कम्प्युटर अपरेटर विकास पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार वेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने… Continue reading जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ
उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको… Continue reading उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै
कोप सम्मेलनमा राष्ट्रपतिको सम्बोधन, हिमाल बचाउन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबार सुरु जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्चस्तरीय सत्रमा राष्ट्रपति पौडेलले नेपालका एजेन्डा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । ‘हिमालको… Continue reading कोप सम्मेलनमा राष्ट्रपतिको सम्बोधन, हिमाल बचाउन आह्वान
रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने
काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ । लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भएको हो… Continue reading रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने
दीपक मनाङ्गे कारागार चलान
काठमाडौं । ज्यान मार्ने उद्योगको कसुरमा दोषी भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) जेल चलान भएका छन् । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सानो भर्याङस्थित कम्फर्ट हाउजिङबाट उनलाई मंगलबार पक्राउ गरेको हो । मनाङेलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइयो ।… Continue reading दीपक मनाङ्गे कारागार चलान
चीनमा भीडमा कार गुडाइयो, कम्तिमा ४३ जनाको मृत्यु
काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी घुसाएका थिए । अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी… Continue reading चीनमा भीडमा कार गुडाइयो, कम्तिमा ४३ जनाको मृत्यु
कतार एयरवेजले थाल्यो भैरहवामा नियमित उडान
काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं आउने छन् । योसँगै कतार… Continue reading कतार एयरवेजले थाल्यो भैरहवामा नियमित उडान
आज हरिबोधिनी एकादशी पर्व, देशभर मनाइदै
काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात्… Continue reading आज हरिबोधिनी एकादशी पर्व, देशभर मनाइदै