सहकारीको रकम दुरुपयोग गरी विदेश पलायन भएकाको खोज गर्न गृहलाई निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई), भरत महर्जनसहितका… Continue reading सहकारीको रकम दुरुपयोग गरी विदेश पलायन भएकाको खोज गर्न गृहलाई निर्देशन

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने बताएका छन् । शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिइने बताए ।… Continue reading आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

सम्पन्न भयो पूर्वाधार सम्मेलन

काठमाडौं । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । पाँचौ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका… Continue reading सम्पन्न भयो पूर्वाधार सम्मेलन

चीनले बढायो अवकास हुने उमेर

AFP

काठमाडौं । चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८… Continue reading चीनले बढायो अवकास हुने उमेर

नेपाली र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ हुने भएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदनप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । ‘अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन… Continue reading नेपाली र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने

जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

काठमाडौं । सर्वोच्च अदालतले आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् । तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो ।… Continue reading जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

रोहित बने वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए । रोहित अहिले राष्ट्रिय टोलीका साथमा क्यानडामा छन् । यो अवार्डका लागि रोहितसँगै फुटबलका… Continue reading रोहित बने वर्षका उत्कृष्ट खेलाडी

नेपाली तरकारी कतार निर्यात

काठमाडौं । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो ।… Continue reading नेपाली तरकारी कतार निर्यात

देउवाले भने : मेरो अवकास हुने उमेर भइसक्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकास हुने समय आएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै देउवाले विभिन्न कारणले आफ्नो अवकासको समय आएको बताएका हुन्। ‘मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ सभापति देउवाले भने। त्यसकारण पार्टीको… Continue reading देउवाले भने : मेरो अवकास हुने उमेर भइसक्यो

एमाले एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने छ । नेकपा एमालेका कार्यालय सचिव भीष्म अधिकारीले समसामयिक विषय र पोलिटव्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताए । एमालेको पोलिटव्युरो बैठक भदौ १८ र… Continue reading एमाले एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान… Continue reading आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

लगानी बोर्डको सीइओमा ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा थिए । त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली… Continue reading लगानी बोर्डको सीइओमा ज्ञवाली नियुक्त

३ असोजबाट धराहरा खुला गर्ने सरकारको निर्णय

Photo : Prasasan.com

काठमाडौं । काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन… Continue reading ३ असोजबाट धराहरा खुला गर्ने सरकारको निर्णय

अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

Kushal Malla of Nepal and Mahamad Asif Sheikh of Nepal run between the wickets during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार सोमबार सार्वजनिक गरेको तालिका अनुसार सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३… Continue reading अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । नेपाल सरकार, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँगको साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे । उनले गरिबी न्यूनीकरण, उत्थानशील निर्माण र भावी पुस्ताको मानव पूँजीमा लगानी गर्न सामाजिक संरक्षणलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने… Continue reading विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । ‘समृद्ध… Continue reading प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता

टिकटकले नेपालमा खुलायो अवसर, विशेष कर्मचारी राख्ने तयारी

काठमाडौं । ९ महिना लामो प्रतिबन्ध फुकुवा भएलगत्तै टिकटकले नेपालका लागि विशेष कर्मचारी तथा प्रतिनिधिहरु राख्ने भएको छ । टिकटकले पब्लिक पोलिसी म्यानेजर (ग्लोबल पब्लिक पोलिसी) पदमा आवेदन मागेको छ । सरकारले राखेको नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने… Continue reading टिकटकले नेपालमा खुलायो अवसर, विशेष कर्मचारी राख्ने तयारी

नेकपा समाजवादीले उपमहासचिव चौधरीलाई किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं । एक अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ । महासचिव घनश्याम भूसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । प्रमुख सचेतक समेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए । ‘‘। तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ… Continue reading नेकपा समाजवादीले उपमहासचिव चौधरीलाई किन सोध्यो स्पष्टीकरण ?

पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ,लागू औषध बिक्रि गरेको आरोप

काठमाडौं । लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन् ।३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध… Continue reading पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ,लागू औषध बिक्रि गरेको आरोप

नेपालको कन्ट्री रेटिङ गर्न आयो टोली

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गर्न फिच क्रेडिट रेटिङ्स कम्पनीको टोली नेपाल आएको छ । कुनै पनि मुलुकको ऋण योग्यता (क्रेडिट वर्दिनेस) तथा लगानीको वातावरण सम्बन्धी स्वतन्त्र मूल्यांकनका लागि सार्वभौम क्रेडिट रेटिङ गर्ने गरिन्छ । विश्वमा मुलुकहरूको क्रेडिट रेटिङ गर्ने ठूला एजेन्सीमध्ये फिच रेटिङ्स एक मानिन्छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले क्रेडिट रेटिङले… Continue reading नेपालको कन्ट्री रेटिङ गर्न आयो टोली

त्रिभुवन विमानस्थलमा खादा\माला प्रयोग नगर्न प्राधिकरणको आग्रह

file

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा खादा तथा माला देखिने गरी प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा… Continue reading त्रिभुवन विमानस्थलमा खादा\माला प्रयोग नगर्न प्राधिकरणको आग्रह

इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

Photo : ekantipur

काठमाडौं । नियमित मर्मतमा इटाली पठाइएको नेपाल एयरलाइनसको वाइडबडी जहाज नेपाल फिर्ता ल्याइएको छ । जहाज २२ जुनमा इटाली पठाइएको थियो । नियमित मर्मत पुरा गरी जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यो जहाजको अभावले जापानसहित लामो दूरीमा निगमको उडान प्रभावित भएको थियो । निगमका प्रवक्ता रमेश पौडेलले अब यी गन्तब्यमा… Continue reading इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

चाडबाड लक्षित सहुलीयत बजार असोज पहिलो साताबाट सञ्चालनमा

काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको छ । आमउपभोक्ताको हितलाई ध्यानमा राखी… Continue reading चाडबाड लक्षित सहुलीयत बजार असोज पहिलो साताबाट सञ्चालनमा

संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गले हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दिगो विकासको धिमा गति लगायत… Continue reading संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु

अमेरिकी डलरको मूल्य स्थिर, अन्यको के ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिंदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर… Continue reading अमेरिकी डलरको मूल्य स्थिर, अन्यको के ?

पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो । बुधबार रातिदेखि नै मनसुन… Continue reading पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

ओलम्पियाड खेल्ने चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

काठमाडौं । नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो । भारत पुगेको चेस टोलीलाई त्यहाँ पनि हङ्गेरी राजदूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता… Continue reading ओलम्पियाड खेल्ने चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

ट्रम्प र कमला ह्यारिसबीचको पहिलो बहस कस्तो रह्यो ?

काठमाडौं । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो आमनेसामने बहस भएको छ । बहसमा उनीहरु मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन्। संयमित रूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिए । त्यस क्रममा… Continue reading ट्रम्प र कमला ह्यारिसबीचको पहिलो बहस कस्तो रह्यो ?

दशैंमा सुकिला नोट १३ असोजबाट साट्न पाइने

काठमाडौं । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट… Continue reading दशैंमा सुकिला नोट १३ असोजबाट साट्न पाइने

मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

काठमाडौं । स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने भएको छ । कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ । सो काम सम्पन्न भएसँगै १ असोजदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा स्तरोन्नतिको… Continue reading मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु