काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउडेशनको सयूक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा विभिन्न संघसस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण… Continue reading ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?
Author: Vishwanews.com
पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले गर्यो ५ लाख नगदसहित सम्मान
काठमाडौं । पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पारा तेक्वान्दो खेलाडी खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गरेका हुन्। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले… Continue reading पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले गर्यो ५ लाख नगदसहित सम्मान
नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् । ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन… Continue reading नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति
नेपाल पर्यटन बोर्डका सीइओ जोशीले सम्हाले कार्यभार
काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् । उनले सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र युद्धस्तरमा काम गर्ने बताए । पदभार ग्रहणपछि उनले भने, ‘चुनौती धेरै छन्, यसैलाई अवसर मानेर काम गर्नेछु ।’ बोर्डको आन्तरिक व्यवस्थापनमा धेरै समस्या आइसकेको सुनेको… Continue reading नेपाल पर्यटन बोर्डका सीइओ जोशीले सम्हाले कार्यभार
प्रेमिकाको हत्या गरी सुन्दरीजलमा फालेको आरोपमा दुई पक्राउ
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीले बताएको छ । टाउकोमा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको थियो । गत बिहीबार सुन्दरीजल घुम्न गएका… Continue reading प्रेमिकाको हत्या गरी सुन्दरीजलमा फालेको आरोपमा दुई पक्राउ
चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन
काठमाडौ । दशै, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा काठमाडौबाट बाहिरिने यात्रुको चाप अत्याधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले त्यसको नियन्त्रणका मन्त्रालयले अग्रसरता लिएको हो । आईतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरुबिचको छलफलमा भौतिक पूर्वाधार तथा… Continue reading चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन
हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाइने
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५ औं दिनको पुण्य तिथिको सन्दर्भमा आईतवार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया बोल्दै… Continue reading हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाइने
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम… Continue reading चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
इपीएस सम्झौताको १७ वर्ष पुरा, १ लाख भन्दा धेरै नेपालीले पाए रोजगारी
काठमाडौं । दक्षिण कोरियामा इपीएस प्रणालीबाट पछिल्लो १७ वर्षमा एक लाख भन्दा धेरै नेपालीले आकर्षक रोजगारी पाएका छन् । निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु भएयता लिइएका भाषा… Continue reading इपीएस सम्झौताको १७ वर्ष पुरा, १ लाख भन्दा धेरै नेपालीले पाए रोजगारी
जाजरकोटमा पहिरो जाँदा दम्पत्ति बेपत्ता
काठमाडौं । जाजरकोटमा गत रात पहिरोमा पुरिएर एक दम्पत्ति बेपत्ता भएका छन् । एक बालिका गम्भीर घाइते छिन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको प्रहरीले बताएको छ । जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति… Continue reading जाजरकोटमा पहिरो जाँदा दम्पत्ति बेपत्ता
बेलारूसकी अर्यनालाई पहिलो पटक यूएस ओपन टेनिसको उपाधी
काठमाडौं । बेलारूसकी अर्यना साबालेन्काले पहिलोपटक युएस ओपन टेनिसको उपाधि जितेकी छन्। गत वर्षको फाइनलमा भोगेको पराजय बिर्साउँदै उनले यसपटक महिला एकलको उपाधि जितेकी हुन्। उनी २०२३ मा कोको गफसँग पराजित भएकी थिइन्। यद्यपि १२ महिनापछि बेलारुसकी साबालेन्काले अमेरिकाकी जेसिका पेगुला माथि ७–५र ७–५ को रोमाञ्चक जित हात पारेर पहिलोपटक उपाधि जित्न सफल सफल भइन्।… Continue reading बेलारूसकी अर्यनालाई पहिलो पटक यूएस ओपन टेनिसको उपाधी
पूर्णरुपमा अवरुद्ध भयो कर्णाली राजमार्ग
काठमाडौं । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध… Continue reading पूर्णरुपमा अवरुद्ध भयो कर्णाली राजमार्ग
ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व
काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले… Continue reading ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर… Continue reading आज कति छ विदेशी मुद्राको विनिमय दर ?
अन्तरिक्षमा रोकिएका वैज्ञानिक फिर्ता हुन सकेनन्, यान रिक्तै फर्कियो
काठमाडौं । बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ।उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो। पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसबाट छुट्टिएपछि सो यानले स्वचालित तवरबाट पृथ्वीसम्मको यात्रा गरेको थियो। स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा… Continue reading अन्तरिक्षमा रोकिएका वैज्ञानिक फिर्ता हुन सकेनन्, यान रिक्तै फर्कियो
भारतको मणिपुर पुनः अशान्त, कारण के हो ?
काठमाडौं । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका… Continue reading भारतको मणिपुर पुनः अशान्त, कारण के हो ?
डढेकोको चपेटामा जर्मनी, के छ अवस्था ?
काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो । स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्नि नियन्त्रक, विमान र हेलिकोप्टरहरू तैनाथ गरिएको छ र… Continue reading डढेकोको चपेटामा जर्मनी, के छ अवस्था ?
प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरे नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबिचमा धेरै नभए पनि केही समस्या रहेको र… Continue reading प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्
नेपाल आए बलिउड स्टार नवाजुद्दिन सिद्दिकी
काठमाडौं । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड स्टार नवाजुद्दिन सिद्दिकी काठमाडौं आइपुगेका छन् । शनिबार इण्डिगो एयरवेजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । काठमाडौं एयरपोर्टमा पनि सामान्य यात्रुजस्तै गरी प्रस्तुत भएका थिए । फ्यानहरुले उनलाई घेरेका थिए । उनले सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाली फिल्म र मेकरको प्रशंसा गरेका छन् । अभिनेता… Continue reading नेपाल आए बलिउड स्टार नवाजुद्दिन सिद्दिकी
केन्यामा विद्यालयमा आगलागी, कम्तिमा १७ जना मारिए
काठमाडौं । केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकालाई अस्पताल लगिएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।केन्याका राष्ट्रपति विलिअम रुटोले भयङ्करू र विनाशकारी घटना भएको भन्दै छानबिन गर्न आदेश दिएका छन्।… Continue reading केन्यामा विद्यालयमा आगलागी, कम्तिमा १७ जना मारिए
इराक चाहन्छ नेपाली कामदार
काठमाडौं । आफूमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नेपालबाट दक्ष कामदार लैजान इराकले इच्छा देखाएको छ । उसले नेपालसँग श्रम समझदारी गर्ने प्रस्ताव पनि गरेको छ । कुनै समय द्वन्द्व र युद्धका कारण थलिएको इराक अब पूर्वाधार विकासमा अघि बढ्ने भन्दै नेपालबाट दक्ष जनशक्ति लैजान नेपालसँग श्रम समझदारी गर्न खोज्दै छ । इराकमा श्रम गर्न वा घुम्न जान पनि… Continue reading इराक चाहन्छ नेपाली कामदार
अमेरिकी राष्ट्रपति बाइडेनका छोराले स्वीकार गरे कर छलिको अभियोग, अब के हुन्छ ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन्। हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार एक्कासी नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन्। अदालतमा सो मुद्दा हेर्ने… Continue reading अमेरिकी राष्ट्रपति बाइडेनका छोराले स्वीकार गरे कर छलिको अभियोग, अब के हुन्छ ?
नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैंडाकोट११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा… Continue reading नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
आज गणेश चतुर्थी, यस्तो छ महत्व
काठमाडौं । भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो । हामी सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छौं, साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मानिन्छ ।… Continue reading आज गणेश चतुर्थी, यस्तो छ महत्व
फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका(३ फिस्लिङ नजिकै सुख्खा पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध भएको हो । बिहान साढे ७ बजेदेखि अबरुद्ध सडक सडक विभागसँग समन्वय गरी खुलाउने प्रयास थालिएको प्रहरीले जनाएको छ ।
फेसबुकले हटाएको काठमाडौंका मेयर बालेनको पोष्ट फिर्ता
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले एमालेकी प्रदेश सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु बालश्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि हटाएको थियो । फेसबुकले साहबाट ह्यारेसमेन्ट र बुलिइङ समेत भएकाले हटाइएको सूचना पठाएको थियो… Continue reading फेसबुकले हटाएको काठमाडौंका मेयर बालेनको पोष्ट फिर्ता
काठमाडौं महानगरपालिकामा सुरु भयो एकल सेवा केन्द्र प्रणाली
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि एकल सेवाकेन्द्र प्रणाली सुरू गरेको छ । काठमाडौं प्लाजास्थित कार्यालयको ब्लक ‘क’को भुइँ तलाबाट एकल सेवा सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले बताए । प्रमुख प्रशासकीय अधिकृत परियारका अनुसार महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यसकेन्द्रमा आएर टोकन लिनु पर्ने र त्यसैका आधारमा सेवा प्राप्त हुने विद्युतीय प्रक्रिया अगाडि… Continue reading काठमाडौं महानगरपालिकामा सुरु भयो एकल सेवा केन्द्र प्रणाली
नेपालमा चल्न थाल्यो टिकटक
काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका… Continue reading नेपालमा चल्न थाल्यो टिकटक
संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रका को स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई… Continue reading संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे
पूर्वपरामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्राचार
काठमाडौं । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिए । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बहुवर्षिय ठेक्का… Continue reading पूर्वपरामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्राचार