काठमाडौं । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलो पटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा शुक्रबार एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने… Continue reading टिपतालामा पहिलो पटक पुगे नेपाली निर्माण उपकरण
Author: Vishwanews.com
पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल
काठमाडौं । आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ । घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन… Continue reading पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल
मनमैजुमा ट्राफिक प्रहरी मृत फेला
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । अपराह्न मृत भेटिएको खबर… Continue reading मनमैजुमा ट्राफिक प्रहरी मृत फेला
नेपाली सेनाले सगरमाथा क्षेत्रबाट निकाल्यो २ मानव शव
काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एक–एक गरी दुई जनाको शव काठमाडौं ल्याएको छ । लामो समयदेखि अलपत्र दुई शवलाई सफा हिमाल अभियानअन्तर्गत काठमाडौं ल्याइएको सैनिक प्रवक्ता गौरव केसीले बताए । उनका अनुसार बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै शवलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।… Continue reading नेपाली सेनाले सगरमाथा क्षेत्रबाट निकाल्यो २ मानव शव
कपनबाट दुई पेस्तोलसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको कपनबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन पैयुटारस्थित डेराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो। शुक्रबार बिहान ६ बजे एक युवकलाई हतियार लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी… Continue reading कपनबाट दुई पेस्तोलसहित एक जना पक्राउ
काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ । नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो । “नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज… Continue reading काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । लामो समयसम्म मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन ।यसअघि रास्वपाका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण… Continue reading मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले लगायो भारतीय दुई ब्रान्डका ४ मसला आयातमा प्रतिबन्ध
काठमाडौं । सरकारले भारतबाट ४ प्रकारका मसला आयातमा प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय दुई ब्रान्डका ४ मसला आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर र करी पाउडर मिक्स्ड मसला आयातमा प्रतिबन्ध लगाएको हो । त्यस्तै, एभरेस्ट ब्रान्डको फिस… Continue reading सरकारले लगायो भारतीय दुई ब्रान्डका ४ मसला आयातमा प्रतिबन्ध
कीर्तिपुरमा ग्याङ फाइट हुँदा खुकुरी प्रहार, ९ जना पक्राउ
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दुई पक्षबीच झडपको क्रममा खुकुरी प्रहार भएको छ। नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो । झडपको क्रममा खुकुरी प्रहार गर्ने समूहका ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर विष्ट, २० वर्षीय उपेन्द्र सिंह, २० वर्षीय सुदीप… Continue reading कीर्तिपुरमा ग्याङ फाइट हुँदा खुकुरी प्रहार, ९ जना पक्राउ
‘गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, प्रतिबन्ध लगाउनु हुँदैन’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउका छन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न रोक्दै आएकोमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्न दिनुपर्ने बताएका हुन् । लामिछानेको सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका प्रतिपक्ष दलहरुको बैठकमा… Continue reading ‘गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, प्रतिबन्ध लगाउनु हुँदैन’
तराईमा पुनः बढ्यो गर्मी, लुको सम्भावना
काठमाडौं । पानी पर्ने क्रम कम भएपछि पुनः गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुग्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर लगायतका ठाउँको तापक्रम ४० डिग्री आसपाससम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको… Continue reading तराईमा पुनः बढ्यो गर्मी, लुको सम्भावना
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, अन्यौल कायमै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले… Continue reading प्रतिनिधिसभा बैठक आज पनि बस्दै, अन्यौल कायमै
विश्वकप अगाडी नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना… Continue reading विश्वकप अगाडी नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै
आजको संसदको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा… Continue reading आजको संसदको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै
प्रधानमन्त्रीले ७ जेठमा पुनः विश्वासको मत लिन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिने भएका छन् । उनले ७ जेठमा विश्वासको मत लिने भएका हुन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।… Continue reading प्रधानमन्त्रीले ७ जेठमा पुनः विश्वासको मत लिन
संसदमा भएको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । यस्तो अवस्था आउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवनमा पत्रकार सम्मेलन गरेर थापाले… Continue reading संसदमा भएको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस
अब संसदीय समिति बन्दैन : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय समिति नबन्ने बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै रास्वपा सहप्रवक्ता मनिष झाले अब समिति नबन्ने बताए । संसद बैठकपछि उनले भने, अब समिति त्यो बेलामा… Continue reading अब संसदीय समिति बन्दैन : रास्वपा
एमालेले भन्यो : संसदमा ओलीमाथि अपमानजनक व्यवहार गरियो
काठमाडौं । नेकपा एमालेले बिहीबार संसदमा कांग्रेस सांसदहरुले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । साथै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस संसदहरु उनलाई रोक्न गएका थिए । त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ… Continue reading एमालेले भन्यो : संसदमा ओलीमाथि अपमानजनक व्यवहार गरियो
संसद बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए । उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे । त्यहीबीचमा… Continue reading संसद बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच घम्साघम्सी
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच घम्साघम्सी भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको छ । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । सोही समयमा सत्तारुढ सांसद उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरेका थिए… Continue reading प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच घम्साघम्सी
मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रञ्जिता पक्षले मत दिँदा रेशम पक्षको बहिष्कार
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । सोडारीको पक्षमा नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी मतदान गरेका हुन। विपक्षमा शून्य मत पर्यो । कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा… Continue reading मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रञ्जिता पक्षले मत दिँदा रेशम पक्षको बहिष्कार
झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन दिन नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये… Continue reading झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार
८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागूऔषध ब्यूरोले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला, युगाडाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल छन् । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट २ किलो ६५४ ग्राम… Continue reading ८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ
पोलमा रहेका संरचना ६ महिना भित्र हटाउन प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक… Continue reading पोलमा रहेका संरचना ६ महिना भित्र हटाउन प्राधिकरणको आग्रह
क्यानडामा डडेलोको कहर, ६ हजार भन्दा धेरै विस्थापित
काठमाडौं । क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपत्कालीन अवस्था घोषणा गरेपछि मङ्गलबार दिउँसो खाली गर्ने आदेश जारी गरेको सिबिसी न्यूजले बताएको छ । बेकन हिल, अबासन्ड, प्रेरी क्रिक र ग्रेलिङ टेरेसका छिमेकीका लागि खाली… Continue reading क्यानडामा डडेलोको कहर, ६ हजार भन्दा धेरै विस्थापित
चीन भ्रमणमा पुगे रुसी राष्ट्रपति
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिन्पिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन्। पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा बिहीवार बिहान बेइजिङ पुगेका हुन्। रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच बिहीवार भेट हुने छ। सात महिनाको अवधिमा क्रेम्लिन प्रमुखको यो दोस्रो चीन… Continue reading चीन भ्रमणमा पुगे रुसी राष्ट्रपति
संसद बैठक आज, चल्ने-नचल्ने अन्यौल
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ। आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ। आजकै बैठकमा शिक्षा, स्वास्थ्य… Continue reading संसद बैठक आज, चल्ने-नचल्ने अन्यौल
पन्जावले राजस्थानलाई हरायो
काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । १४५ रनको लक्ष्य पञ्जाबले१८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२–२२ र आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई–दुई र ट्रेन्ट… Continue reading पन्जावले राजस्थानलाई हरायो
पाल्पामा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए… Continue reading पाल्पामा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिएका छन् । उच्च अदालत पाटनले बुधबार गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो । अध्यक्ष चन्दले… Continue reading सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा