दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.५४अंकले बढेर २१३१.४९विन्दुमा पुगेको हो । यसदिन ३१८ कम्पनीको ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९हजार ५२१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहमध्ये ४… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

file

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागले जनाएको छ ।… Continue reading सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित सडक आन्दोलन गर्ने भएको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। सहकारी प्रकरणमा ससदिय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पिडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय… Continue reading कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र, यी हुन् जोगिने उपायहरू

काठमाडौं । गृह मन्त्रालयले तातो हावाको लहर (लू) बाट नागरिकलाई जोगाउन तयारीमा जुट्न तराई-मधेशका जिल्ला प्रशासन तथा अन्य निकायलाई परिपत्र गरेको छ। मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो। लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई-मधेशका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन… Continue reading ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र, यी हुन् जोगिने उपायहरू

पोलको भाडा नतिर्ने कम्पनीहरुको तार हटाउने टेलिकमको चेतावनी

काठमाडौं । नेपाल टेलिकमले पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । टेलिकमले जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाएमा सबै तार हटाउने सूचना जारी गरेको छ । टेलिकमले जारी गरेको सूचना अनुसार टिभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक… Continue reading पोलको भाडा नतिर्ने कम्पनीहरुको तार हटाउने टेलिकमको चेतावनी

रास्वपाले भन्यो-‘सिरोहिया पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो… Continue reading रास्वपाले भन्यो-‘सिरोहिया पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन’

सिंगापुर एयरलाइन्सको जहाजमा उड्दाउड्दै अत्यधिक झट्का, एक जनाको मृत्यु

CNN

काठमाडौं । सिंगापुर एयरलाइन्सको बोइङ ७७७–३०० इआर जहाजमा उड्दा उड्र्द आएको घातक झड्काका कारण मानवीय क्षति भएको छ । मंगलबार लण्डनबाट सिंगापुर आइरहेको जहाजमा प्राविधिक समस्या देखिएको थियो । जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य थिए । मृत्यु हुनेमा ७३ वर्षीय बेलायती नागरिक छन्। १८ जना घाइते अस्पताल भर्ना भएका छन्… Continue reading सिंगापुर एयरलाइन्सको जहाजमा उड्दाउड्दै अत्यधिक झट्का, एक जनाको मृत्यु

कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तार

काठमाडौं । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको छ । मंगलबार उनलाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको कार्यकक्षमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ पूर्जी थमाएको थियो । कार्यालयबाट निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सिरोहियाले २०६३\६३ मा ज्यानको बाजी… Continue reading कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तार

श्रममन्त्री अर्यालको सम्पत्ति:सुन १५० तोला, बैंकमा सवा २ करोड

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग देशका १३ स्थानमा घरजग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको बताएका छन् । यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन्… Continue reading श्रममन्त्री अर्यालको सम्पत्ति:सुन १५० तोला, बैंकमा सवा २ करोड

रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री, कति सम्पत्ति ?

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीमा दरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाएका प्रधानमन्त्री सहित मन्त्रीमध्ये महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी देखिएको छ । उनको धेरैजसो सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख गरेका छन् । महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा… Continue reading रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री, कति सम्पत्ति ?

खेलकुद मन्त्रीलाई ५० लाख ऋण, ‘सेयर मार्केट’मा करोड बढी लगानी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण बुझाएका छन् । विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् । हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन… Continue reading खेलकुद मन्त्रीलाई ५० लाख ऋण, ‘सेयर मार्केट’मा करोड बढी लगानी

कति छ शिक्षामन्त्रीको सम्पत्ति ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । विवरणअनुसार श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । एनआईसी… Continue reading कति छ शिक्षामन्त्रीको सम्पत्ति ?

गृहमन्त्रीको सम्पत्ति ८० तोला सुन र एक रोपनी जग्गा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ । बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ । लामिछानेको ग्लोबल आइएमई… Continue reading गृहमन्त्रीको सम्पत्ति ८० तोला सुन र एक रोपनी जग्गा

प्रचण्डको सम्पत्ति १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद सम्पत्ति रहेको सार्वजनिक भएको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार दाहालको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी पत्नी सीता दाहालको नाममा… Continue reading प्रचण्डको सम्पत्ति १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद

शेयर बजारमा लगातार उच्च अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । आइतबार ४५ अंकले बढेको नेप्से सोमवार २७ अंकले बढे र आज २३ अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा पुगेको हो । यसदिन ३१७ कम्पनीको ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ बराबरको… Continue reading शेयर बजारमा लगातार उच्च अंकको वृद्धि

कांग्रेसको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

काठमाडौं । प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विधेयक फिर्ता लिने प्रस्ताव सदनमा पेस गरेका थिए । राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछाने मार्सल लगाएर रोष्ट्रम पुगे । उनले जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले… Continue reading कांग्रेसको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

विरोधकैबीच राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल

काठमाडौं । राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल भएको छ । प्रधानमन्त्री दाहालले संसद् बैठकमा राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल भएको हो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएपछि कांग्रेस सांसदहरू सिटबाट उठेर नाराबाजीमा उत्रिएका छन्।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।

बेलायतमा नेपाली समुदायसमक्ष प्रधानमन्त्री ऋषि सुनक

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार साँझ पहिलोपटक नेपाली समुदायसामु टेन डाउनिङ स्ट्रिटबाट सम्बोधन गरेका छन्। नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको चर्चा गर्दै… Continue reading बेलायतमा नेपाली समुदायसमक्ष प्रधानमन्त्री ऋषि सुनक

डब्लूटीओको सदस्यतापछि नेपालले फाइदा लिन नसक्नुमा नेपालकै कमजोरी : विज्ञ

काठमाडौं । विज्ञ तथा सरोकारवालाहरूले विश्‍व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन् । आइतबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्लूटीओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले ‘डब्लूटीओमा नेपालको प्रवेशको २० वर्ष शीर्षक’ मा राखिएको छलफलमा विज्ञहरूले मुलुकले अपेक्षित लाभ लिन नसकेको धारणा राखेका हुन् । काठमाडौं विश्‍वविद्यालयका रजिष्टार… Continue reading डब्लूटीओको सदस्यतापछि नेपालले फाइदा लिन नसक्नुमा नेपालकै कमजोरी : विज्ञ

आजबाट आइपीएलका क्वालिफायर खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता नाईट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायर खेलमा सबैभन्दा महङ्गा दुई अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क आमनेसामने हुँदैछन् । हैदराबादले कप्तान कमिन्सका लागि अक्सनमा… Continue reading आजबाट आइपीएलका क्वालिफायर खेल हुँदै

कस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा… Continue reading कस्तो रहनेछ आजको मौसम

जलवायु परिवर्तनबारे नेपालमा अन्तर्राष्ट्रिय संवाद आयोजना हुने

file

काठमाडौं । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरका मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न काठमाडौंमा जेठ ९ र १० गते ‘अन्तर्राष्ट्रिय संवाद’ गर्ने भएको छ । संवादको तयारी अन्तिम चरणमा पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय संवादबारे जानकारी दिएको हो । २ दिनसम्म सञ्चालन हुने… Continue reading जलवायु परिवर्तनबारे नेपालमा अन्तर्राष्ट्रिय संवाद आयोजना हुने

थलीमा पुरुषको शंकाष्पद अवस्थामा शव फेला

काठमाडौं । काठमाडौंको थलीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जाएका छन् । थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ । शंकास्पद अवस्थामा… Continue reading थलीमा पुरुषको शंकाष्पद अवस्थामा शव फेला

को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको निकट रहेका राष्ट्रपति इब्राहिम रइसी कट्टर धार्मिक नेता थिए। सन् २०२१ को चुनावमा उनको जितसँगै इरानका हरेक क्षेत्रमा रूढिवादीहरूको नियन्त्रण बढेको मानिन्छ। सत्तामा आउनुअघि उनी न्यायालयका प्रमुख थिए। उनले हसन रुहानीलाई प्रतिस्थापन गरेका थिए। उनी सत्तामा आउँदा इरान आर्थिक समस्या र क्षेत्रीय तनावसँगै आणविक हतियारको मामिलामा विश्‍वशक्तिहरूबाट… Continue reading को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?

इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा

MEHR NEWS AGENCY\BBC

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि इरानले पाँचदिने राष्ट्रिय शोक घोषणा गरेको छ। आइतवार देशको पहाडी क्षेत्रमा भएको दुर्घटनामा राष्ट्रपतिका साथै विदेशमन्त्री लगायतका ज्यान गएको हो। मृत्युप्रति इरानका नजिकका साझेदार रुस, हमास, हिज्बुल्लाह लगायतले गहिरो शोक व्यक्त गरेका छन् । फ्रान्स, युरोपेली सङ्घ, साउदी अरब लगायतका देशले पनि समवेदना दिएका छन्। उता,… Continue reading इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा

कांग्रेस उपसभापति गुरूङले दिए गृहमन्त्री लामिछानेविरूद्ध निवेदन

काठमाडौं । कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध निवेदन दिएका छन्। सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै सांसद गुरुङले सोमबार गृहमन्त्री लामिछानेविरुद्ध निवेदन दिएका हुन्। उपसभापति गुरुङले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसद्को अवहेलनामा कारबाही गर्न’ मागसहित उनले निवेदन दिएका छन्। गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधिसभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरुङको भनाइ छ।… Continue reading कांग्रेस उपसभापति गुरूङले दिए गृहमन्त्री लामिछानेविरूद्ध निवेदन

शेयर बजारको उकालो यात्रा जारी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक २७.५४अंकले बढेर २०९२ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये… Continue reading शेयर बजारको उकालो यात्रा जारी

‘गिरीबन्धु टी-स्टेटझैं १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे, ठगीको उजुरी गरौं’- मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको सूचीमा गिरिबन्धुजस्तै सट्टाभर्नाका लागि निवेदन दिनेमा केपी ओली ट्रस्ट,… Continue reading ‘गिरीबन्धु टी-स्टेटझैं १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे, ठगीको उजुरी गरौं’- मेयर बालेन

प्रधानमन्त्रीले चौथोपटक पाए विश्वासको मत, पक्षमा १५७

काठमाडौं । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्। उनको पक्षमा १५७ जना सांसद उपस्थित भएर मत दिएका छन् ।