सिरोहिया अस्पताल भर्ना

काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएको सञ्चारमाध्यमले जनाएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको हो । उनी डायबेटिज, उच्च रक्तचाप लगायतका समस्याबाट… Continue reading सिरोहिया अस्पताल भर्ना

बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गरेको छ । उनको स्थानमा जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिकलाई नियुक्त गरेको छ। जाभीले आइतबार अन्तिम पटक बार्सिलोनाको जिम्मेवारी सम्हाल्नेछन् । २०२५ सम्म करारमा रहेका ४४ वर्षीया जाभीलाई शुक्रबार क्लबका अध्यक्ष जोन लापोर्टा र खेलकुद निर्देशक डेकोसँगको बैठकमा क्लबको निर्णयको बारेमा जानकारी दिइएको थियो।… Continue reading बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

सगरमाथा आरोहणका क्रममा यो सिजन ५ जनाको मृत्यु, ३ वेपत्ता

file

काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा… Continue reading सगरमाथा आरोहणका क्रममा यो सिजन ५ जनाको मृत्यु, ३ वेपत्ता

सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो भने सिरोहियाको तर्फबाट कानुन व्यवसायीहरूले गैरकानुनी धरपकड गरेको… Continue reading सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

व्यासका मेयरको असार २ गते पुन: मतगणना

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न आदेश दिएको हो । २०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले… Continue reading व्यासका मेयरको असार २ गते पुन: मतगणना

५७ जिल्लामा फैलियो डेंगी, सचेतना अपनाउन आग्रह

काठमाडौं । डेंगी रोगको संक्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी राेगको संक्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको… Continue reading ५७ जिल्लामा फैलियो डेंगी, सचेतना अपनाउन आग्रह

नेपालमा कोरानाका दुई नयाँ भेरियन्ट ‘केपी वान’ र ‘केपी टु’ भेटियो

काठमाडौं । नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो। प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा,… Continue reading नेपालमा कोरानाका दुई नयाँ भेरियन्ट ‘केपी वान’ र ‘केपी टु’ भेटियो

त्रिभुवन विमानस्थल ४५ मिनेटका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ। धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण बन्द गरिएको हो । अहिले धेरै वायुसेवाका जहाज ललितपुरमाथि होल्ड गरिरहेका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको… Continue reading त्रिभुवन विमानस्थल ४५ मिनेटका लागि बन्द

तोलाको १८ सय रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि बिहीबार सुन तोलामा १ लाख ३८ हजार ७०० सय र तेजाबी सुनको… Continue reading तोलाको १८ सय रुपैयाँ घट्यो सुनको भाउ

भीर मौरीको मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली नेपालमा

काठमाडौं । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद… Continue reading भीर मौरीको मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली नेपालमा

थाई एयरवेजले नेपाल उडानको आधिकारिक घोषणा गर्यो

काठमाडौं । थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रूपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैङ्ककदेखि कोलकाता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो । थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रा कोभिड महामारीका कारण २०२२ मार्चमा रोकिएको थियो । थाई एयरवेजले… Continue reading थाई एयरवेजले नेपाल उडानको आधिकारिक घोषणा गर्यो

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

file

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । यो सम्भावित कार्यसूची संसद सचिवालयले सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखेको हो । यो कार्यसूची यथावत रहे… Continue reading प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

भारतको केमिकल उद्योगमा आगलागी, कम्तिमा ८ जना मारिए

file

काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रको अमुदान… Continue reading भारतको केमिकल उद्योगमा आगलागी, कम्तिमा ८ जना मारिए

ताइवानलाई घेर्दै छ चीन, आक्रमणको तयारी हो ?

काठमाडौं । ताइवानको नयाँ राष्ट्रपतिमा विलियम लाईले शपथ लिएको तीन दिनपछि चीनले उक्त प्रायःद्वीपवरपर सैन्य अभ्यास सुरु गरेको छ। चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सीले उक्त अभ्यासलाई ‘पृथकुतावादी गतिविधिहरू’ विरुद्धको कठोर सजाय भनेका छन्। चीनको सैन्य अभ्यास बिहीवार सबेरैबाट सुरु भएको हो। चीनसँगको सम्बन्ध हेर्ने ताइवानको सरकारी निकायले नेतृत्वले ताइवानको स्वतन्त्रता र लोकतान्त्रिक पद्धतिको प्रतिरक्षा… Continue reading ताइवानलाई घेर्दै छ चीन, आक्रमणको तयारी हो ?

इलाममा पौंडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

काठमाडौं । इलामको माई खोलामा पौडी खेल्न गएका माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ । विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ८–९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरि स्थानीय मेडिकलमा… Continue reading इलाममा पौंडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

विश्वकप अगाडी क्यानडाले बर्खास्त गर्यो ‘हेडकोच’

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट शुरु हुनु केही दिनमात्र बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई पदबाट बर्खास्त गरेको छ । सन् २०२२ को जुलाई महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुबुदुलाई क्यानडाले पदबाट हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । श्रीलङ्का र क्यानडाका पूर्वखेलाडीसमेत रहेका पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म… Continue reading विश्वकप अगाडी क्यानडाले बर्खास्त गर्यो ‘हेडकोच’

सहकारीको ठगी प्रकरण : समितिको कार्यादेशमा अझै बनेन सहमति

काठमाडौं । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारमा बिहीबार अपराह्न कानुन मन्त्री पदम गिरीसहित नेकपा एमाले, रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरूबीच छलफल भएको थियो। एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार शुक्रबार बिहान ८ः३० मा बस्ने गरी बैठक सकिएको छ । उनकाअनुसार संसदीय… Continue reading सहकारीको ठगी प्रकरण : समितिको कार्यादेशमा अझै बनेन सहमति

कैलास सिरोहिया प्रक्राउ प्रकरणमा ओली भन्छन् : धेरै रुवाबासी गर्नु पर्दैन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नु नपर्ने बताएका छन्। झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताएका छन्। ‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि, त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय… Continue reading कैलास सिरोहिया प्रक्राउ प्रकरणमा ओली भन्छन् : धेरै रुवाबासी गर्नु पर्दैन

चीनको ग्वान्जाओमा नेपाली पर्यटनको प्रवर्द्धन

काठमाडौं । चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूसहित १६ देखि १८ मेसम्म चीनको ग्वान्जाओमा नेपालको प्रचार प्रसार गरेका छन् । ३२औं ग्वान्जाओ इन्टरनेसनल ट्राभल फेयर (जीआईटीएफ) मा नेपालले सक्रिय सहभागिता जनाएको पाटा नेपालले जनाएको… Continue reading चीनको ग्वान्जाओमा नेपाली पर्यटनको प्रवर्द्धन

सगरमाथामा केन्याली आरोहीको मृत्यु, नेपाली गाइड बेपत्ता

file

काठमाडौं । विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार ‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएका थिए… Continue reading सगरमाथामा केन्याली आरोहीको मृत्यु, नेपाली गाइड बेपत्ता

गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिंदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन… Continue reading गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री

राजस्थानसँग हारेसँगै विराट कोहलीको टीम बेंगलुर आइपीएलबाट बाहिरियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । तेस्रो हुँदै प्लेअफमा पुगेको राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरलाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । अहमदाबादमा बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको हो । लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग… Continue reading राजस्थानसँग हारेसँगै विराट कोहलीको टीम बेंगलुर आइपीएलबाट बाहिरियो

आज बुद्ध जयन्ती, विश्वभर मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका… Continue reading आज बुद्ध जयन्ती, विश्वभर मनाइँदै

आज उभौली पर्व, किराँत समुदायमा मनाइँदै

काठमाडौं । किराँत राई समुदायको महत्वपूर्ण पर्व उँभौली अर्थात् चण्डी पूर्णिमा आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाउने र चण्डी नाच्ने प्रचलन छ । बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी गाउँ–गाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस… Continue reading आज उभौली पर्व, किराँत समुदायमा मनाइँदै

तीन यूरोपेली मुलुकले दिए प्यालेष्टाइनलाई अलग राष्ट्रको मान्यता

EPA

काठमाडौं । आयरल्यान्ड, नर्वे र स्पेनले मे २८ तारिखबाट प्यालेस्टाइनलाई राज्यको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका छन्। स्पेन र आयरल्यान्डले आफूहरूको निर्णय इजरेलको विपक्षमा र हमासको पक्षमा नभई शान्तिप्रति समर्थन भएको बताएका छन्। तर उक्त कदमप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाउँदै इजरेलले त्यसको अर्थ सो क्षेत्रमा थप अस्थिरता हुनु रहेको प्रतिक्रिया दिएको छ। इजरेलले आयरल्यान्ड, नर्वे… Continue reading तीन यूरोपेली मुलुकले दिए प्यालेष्टाइनलाई अलग राष्ट्रको मान्यता

प्रदेशगत रुपमा बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो

काठमाडौं । नेपालको अर्थतन्त्रको आकारमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रदेश लेखा तथ्यांक अनुसार राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहने देखिएको हो । चालु आर्थिक वर्ष (आव) २०८०–८१ मा नेपाली अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भई ५७ खर्ब ५ अर्ब रुपैयाँ… Continue reading प्रदेशगत रुपमा बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो

सन्दीपलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सार्वजनिक भएको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराए । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल… Continue reading सन्दीपलाई अमेरिकाले दिएन भिसा

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियालाई जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो।

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.५४अंकले बढेर २१३१.४९विन्दुमा पुगेको हो । यसदिन ३१८ कम्पनीको ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९हजार ५२१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहमध्ये ४… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

file

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागले जनाएको छ ।… Continue reading सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता