कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा एक साथ १७ जनाले हाम फालेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । त्यसमध्ये एक जना बेपत्ता भएका छन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीका… Continue reading कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने

काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो ।… Continue reading जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने

स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको… Continue reading स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो, सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार उक्त निर्णय सुनाएको हो। मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए। त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च… Continue reading दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो, सम्बन्धन दिन सर्वोच्चको आदेश

आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

काठमाडौं । आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएकाे छ । टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालको जितमा कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे । आयरल्यान्डका… Continue reading आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार खुम्चियो

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा पुगेको हो । यसदिन ३०४ कम्पनीको २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार खुम्चियो

मस्को आक्रमणका संदिग्ध सार्वजनिक

एजेन्सी । रुसले मस्कोस्थित कन्सर्ट हलमा आक्रमण गरी कम्तीमा १३७ जनाको हत्या आरोपमा पक्राउ परेका चारजनालाई सार्वजनिक गरेको छ । रुसी समाचार एजेन्सी तासले जनाए अनुसार चारैजना ताजिकिस्तानका नागरिक भएको उल्लेख छ । उनिहरुमध्ये एकलाई ह्वीलचेयरमा र बाँकी तीनजनालाई हिँडाएर मस्को अदालतमा उपस्थित गराइएको हो । यी चारमाथि आतंकवादी कार्य गरेको अभियोग लगाइएको छ ।… Continue reading मस्को आक्रमणका संदिग्ध सार्वजनिक

आयरल्याण्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वुल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आयरल्यान्ड ‘ए’ टीमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो । आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडे।नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले… Continue reading आयरल्याण्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

अछाममा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मेल्लेख–७, नन्देगडाको सुयडीमा सोमबार भएको सो दुर्घटनामा तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना… Continue reading अछाममा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु

नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार डीएभी हायर सेकेन्डरी स्कुलमा ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा २००… Continue reading नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

EPA-EFE/REX/SHUTTERSTOCK

काठमाडौं । मस्कोमा भएको पछिल्लो हमलाको अमेरिकाले पूर्वचेतावनी दिएको पाइएको छ । मार्च ७ मा अमेरिकाले यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबेला ‘उग्रवादीहरूले मस्कोका ठूला भीड भएका ठाउँमा निकट भविष्यमा नै निशाना बनाउने योजना बनाएको’ चर्चा गरिएको थियो र ठ्याक्कै कन्सर्टको पनि उल्लेख गरिएको थियो। उसले सो सहरमा रहेका अमेरिकीहरूलाई त्यसपछिका ४८… Continue reading मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए… Continue reading ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा

काठमाडौं । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो । पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी जिल्लाहरुमा भने… Continue reading तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा

आइपीएल : गुजरातसँग हार्यो मुम्बई

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित… Continue reading आइपीएल : गुजरातसँग हार्यो मुम्बई

नेपाल र आयरल्याण्ड-ए बीच आज पहिलो टी-२० खेल

काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । टी–२०आई र… Continue reading नेपाल र आयरल्याण्ड-ए बीच आज पहिलो टी-२० खेल

इलाम-२ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ

काठमाडौं । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ’, उपमहासचिव ज्ञवालीले… Continue reading इलाम-२ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ

होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशीमा तीन बालबालिका वेपत्ता

काठमाडौं । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् ।… Continue reading होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशीमा तीन बालबालिका वेपत्ता

होली खेल्ने क्रममा झण्डै १ सय जना पक्राउ

काठमाडौं । होली मनाउने क्रममा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ८३ पुरुष र ९ महिला काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी दीपेश बस्यालका अनुसार पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ । त्यसैगरी काठमाडौंबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९५ वटा २… Continue reading होली खेल्ने क्रममा झण्डै १ सय जना पक्राउ

प्रधानमन्त्री भन्छन् : होलीले समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई… Continue reading प्रधानमन्त्री भन्छन् : होलीले समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ

होलीमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता थप मजवुत बनोस

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागुपूर्णिमा (होलीपर्व) को शुभकामना दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम… Continue reading होलीमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता थप मजवुत बनोस

आज होली, पहाडी भेगमा सार्वजनिक बिदा

काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ ।… Continue reading आज होली, पहाडी भेगमा सार्वजनिक बिदा

आईपील : कोलकाताको पहिलो जित, हैदरावाद हार्यो

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २… Continue reading आईपील : कोलकाताको पहिलो जित, हैदरावाद हार्यो

दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं । राजपुर गाउँपालिका ५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा१ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा७प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा राजपुर गाउँपालिका ५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी… Continue reading दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

रविको चेतावनी : कांग्रेससँग खुला बहस गर्न तयार छु

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्दैमा राजीनामा नदिने बताएका छन् । बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले काम गर्न नसकेको बेला राजीनामा माग्नै नपर्ने बताए । उनले… Continue reading रविको चेतावनी : कांग्रेससँग खुला बहस गर्न तयार छु

विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा नेपालले दियो निम्तो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त… Continue reading विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा नेपालले दियो निम्तो

दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा राप्ती गाउँपालिका ३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै… Continue reading दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो

EPA-EFE/REX/SHUTTERSTOCK

काठमाडौं । रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुगेको छ । मस्कोको क्रोकस सिटी हलमा गएराति भएको आक्रमणमा कम्तिमा १ सय १५ जनाको ज्यान गएको र ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । गएराति एउटा कार्यक्रम भइरहेको हलभित्र पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली बर्साएका थिए । त्यसपछि हलमा आगो… Continue reading रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो

हुम्लामा गाडी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए । सु प ०१००१ नम्बरको गाडी शानिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो ।

जीबी राई पक्राउ पर्ने गृहमन्त्री लामिछानेको स्पष्टीकरण

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए । ‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’, उनले भने । लामिछानेले आफ्नो… Continue reading जीबी राई पक्राउ पर्ने गृहमन्त्री लामिछानेको स्पष्टीकरण

थाइल्याण्डमा अलपत्र १३ नेपालीलाई फिर्ता ल्याइयो

काठमाडौं । थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो । थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको… Continue reading थाइल्याण्डमा अलपत्र १३ नेपालीलाई फिर्ता ल्याइयो