काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मन्त्रीको गाडी जल्नुमा र गोली चलाउनुमा सुरक्षा निकायबाट कमजोरी भएको बताएका हुन् । ‘हाम्रो मन्त्रीजीको पीएसओ (निजी सुरक्षा अधिकारी) ले परिस्थितिको… Continue reading ललितपुर घटनामा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति
Author: Vishwanews.com
ललितपुरमा प्रहरीबाट मारिएका दुई युवकको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०-१० लाख… Continue reading ललितपुरमा प्रहरीबाट मारिएका दुई युवकको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ
काठमाडौं । बालकुमारीमा शुक्रवार भएको आन्दोलन र दुई युवाको मुत्युका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाबारे ब्रिफिङ लिएका हुन् । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक… Continue reading बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ
अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाडौंको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव आयोजना भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ३१ डिसेम्बरका दिन बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको… Continue reading अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै
रुसले युक्रेनमा एकसाथ धेरै तिरबाट थाल्यो आक्रमण, हताहती बढ्दै
काठमाडौं । युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसयो यो आक्रमणमा सबै… Continue reading रुसले युक्रेनमा एकसाथ धेरै तिरबाट थाल्यो आक्रमण, हताहती बढ्दै
आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । आज मुलुकको पहाडी भूभागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । अन्य भूभागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,… Continue reading आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
प्राधिकरणले काट्यो थप १४ उद्योगको विजुली
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत् लाइन काटेको हो । प्राधिकरणले यही पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो ।… Continue reading प्राधिकरणले काट्यो थप १४ उद्योगको विजुली
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषि ठहर
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशाला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।… Continue reading बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषि ठहर
बालकुमारीमा गोली लागेर गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका एक दैलेखका २३ वर्षीय सुजन राउतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी प्रदर्शनका क्रममा बायाँ खुट्टाको घुँडामा गोली लागेका डोटीका २२ वर्षीय… Continue reading बालकुमारीमा गोली लागेर गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
‘सीपबिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई परीक्षामा सहभागी गराउन अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले सीपबिल्डिङमा अनुत्तीर्ण भएका सबैलाई परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन… Continue reading ‘सीपबिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई परीक्षामा सहभागी गराउन अदालतको आदेश
बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरले हवाई फायर गरेका क्रममा गोली लागेर गम्भीर घाइते भएका २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको स्रोतले जानकारी दियो।। बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को… Continue reading बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु
७ महिनापछि केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे बालकृष्ण खाण
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेरपछि धरौटीमा रिहा भएका खाण शुक्रवार केन्द्रीय समिति बैठकमा सहभागी हुन खाण पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । केन्द्रीय समितिको हिजोको बैठकमा… Continue reading ७ महिनापछि केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे बालकृष्ण खाण
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, चाउचाउ बिक्रीमा रोक
काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ । यशोदा फुड्सले उत्पादन गरेको करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको आरोप लागेको थियो । कम्पनीले करेन्ट चाउचाउलाई वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरको आरोप थियो ।… Continue reading वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, चाउचाउ बिक्रीमा रोक
कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, जलाए मन्त्रीको गाडी
काठमाडौं । कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले सरकारी गाडीमा आगजनी गरेका छन्। बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ। उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।… Continue reading कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, जलाए मन्त्रीको गाडी
अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । अमेरिका पठाइदिन्छुु भन्दै २६ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन्। उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो। उनीविरूद्ध कृतेश खरेल समेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्क विहिन भएको वैदेशिक… Continue reading अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ
कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ। हिजोदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए। महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा,… Continue reading कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै
एनसेल खरीद -बिक्रिमा कानूनी प्रक्रिया पुरा नभएको प्राधिकरणको स्पष्टोक्ति
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी… Continue reading एनसेल खरीद -बिक्रिमा कानूनी प्रक्रिया पुरा नभएको प्राधिकरणको स्पष्टोक्ति
राष्ट्रिय गौरवका आयोजनामा अब दुई सिफ्टमा काम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन्… Continue reading राष्ट्रिय गौरवका आयोजनामा अब दुई सिफ्टमा काम
वैदेशिक रोजगारीमा जानेले अब ५०० डलरसम्म साट्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीले पाउने डलर सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा ५०० डलरसम्म पुर्याएको हो । राष्ट्र बैंकका अनुसार अब जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेले… Continue reading वैदेशिक रोजगारीमा जानेले अब ५०० डलरसम्म साट्न पाउने
विदेशी वस्तु आयातमा राष्ट्र बैंकको लचकता, भुक्तानी सीमा बढायो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी वस्तु आयातमा लचकता अपनाएको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै तेस्रो मुलुकबाट सामान आयातको भुक्तानी सीमा बढाएको हो । राष्ट्र बैंकले डलर भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकका एउटै निर्यातकर्ताबाट प्रतीतपत्र (एलसी)बाहेक (डकुमेन्ट्स एगेन्स्ट पेमेन्ट तथा डकुमेन्ट्स एगेन्स्ट एसेप्टेन्स)को माध्यमबाट ६० हजार डलरसम्मको… Continue reading विदेशी वस्तु आयातमा राष्ट्र बैंकको लचकता, भुक्तानी सीमा बढायो
सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३६५० रुपैयाँ
काठमाडौं । सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन् । यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो । गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ रुपैयाँ रहेको… Continue reading सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३६५० रुपैयाँ
‘६१ उद्योगको बक्यौता छ, बिल काटेको सबै महसुल असुल्छौं’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिल काटेका सबै महसुल असुल्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले ६१ वटा उद्योगको बक्यौता रहेकोले क्रमिक रूपमा अन्यको पनि लाइन काट्दै जाने बताए । ०७२ साउनदेखि ०७२ पुससम्मको र लोडसेडिङ अन्त्यभएपछिको विषयमाभने महसुल लिने कि नलिने नियामक निकायले निर्णय गरिदिनु पर्ने जनाए ।… Continue reading ‘६१ उद्योगको बक्यौता छ, बिल काटेको सबै महसुल असुल्छौं’
जाँचबुझ आयोगले भन्यो– ‘यती एयर दुर्घटना मानविय त्रुटिका कारण’
काठमाडौं । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री… Continue reading जाँचबुझ आयोगले भन्यो– ‘यती एयर दुर्घटना मानविय त्रुटिका कारण’
‘सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताले आफ्नो एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु’
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । रास्वपाद्वारा बिहीबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो बारे भएको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताए । अनवाश्यकरूपमा सहकारीसँग आफ्नो नाम जोडेको उल्लेख गर्दै उनले भने— अन्तिसम्म लडाइँ लड्ने को हो… Continue reading ‘सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताले आफ्नो एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु’
गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र… Continue reading गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट
‘सिप बिल्डिङ’मा सहभागी १८ जनाले मात्रै उत्पादन क्षेत्रको परीक्षा दिन पाउने
काठमाडौं । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले… Continue reading ‘सिप बिल्डिङ’मा सहभागी १८ जनाले मात्रै उत्पादन क्षेत्रको परीक्षा दिन पाउने
झिनो अंकले घट्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा झरेको हो । यसदिन ३०३ कम्पनीको ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने
काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । यसअघि ईपीएस शाखाले मंसिर… Continue reading कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने
कोभिडमा सुस्ताएको घरजग्गा व्यवसाय तंग्रीदै, काठमाडौंमा मेला हुँदै
काठमाडौं । कोभिड पछि सुस्ताएको घर जग्गा व्यवसायले गति लिन थालेको छ । यसै सन्दर्भमा नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाडौंमा आजबाट चार दिने घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गर्दैछ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा हुँदैछ । मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ,… Continue reading कोभिडमा सुस्ताएको घरजग्गा व्यवसाय तंग्रीदै, काठमाडौंमा मेला हुँदै
अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा
काठमाडौं । काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर केही दिनमै बीमाको काम शुरु गर्ने तयारी भैरहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको… Continue reading अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा