काठमाडौं \रासस। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी… Continue reading एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक
Author: Vishwanews.com
काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती
काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम घट्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो । उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही… Continue reading काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती
हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो
काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न शुरु गरेको छ । ८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमवार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी… Continue reading हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो
सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?
काठमाडौं । विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन्। मिस्टर बिस्ट सन् २०२३ मा टि सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ ।… Continue reading सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?
नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
काठमाडौं । नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको… Continue reading नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
बालकुमारी घटनामा मारिएका युवकका परिवार र सरकारबीच चार बुँदे सहमति
काठमाडौं । बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज सोमवार मृतक परिवारका एक–एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत… Continue reading बालकुमारी घटनामा मारिएका युवकका परिवार र सरकारबीच चार बुँदे सहमति
अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक
काठमाडौं । नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गरेको छ । यसमध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक पर्न सफल भएका छन् । पहिलो स्थानमा भारतीय छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।… Continue reading अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक
डेडिकेटेड र ट्रङ्क लाइन विवाद, प्रशासकीय पुनरावलोकन बन्न सक्छ विकल्प
काठमाडौं । विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ । यसका लागि प्राधिकरणमा छुट विलिङको २५ प्रतिशत रकम धरौटी राख्नुपर्नेछ । प्राधिकरणले छुट विलिङ भन्दै डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका… Continue reading डेडिकेटेड र ट्रङ्क लाइन विवाद, प्रशासकीय पुनरावलोकन बन्न सक्छ विकल्प
झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ८.७७ अंकले घटेर २०६०.१५ विन्दुमा झरेको हो । यसदिन ३०६ कम्पनीको ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
‘न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो, क्षति अवस्थामा भर पर्छ’ – सशस्त्र प्रहरी बल
काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले कुनै पनि घटनामा न्यूनतम बल प्रयोग गर्नु आफूहरूको सिद्धान्त भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले प्रहरी सकभर संयमित हुने गरेको स्पष्ट पारे । “न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो । कहिलेकाहीँ न्यूनतम क्षति र अधिकतम क्षति सिचुएसन (अवस्था)मा भर पर्छ,”… Continue reading ‘न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो, क्षति अवस्थामा भर पर्छ’ – सशस्त्र प्रहरी बल
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द
काठमाडौं । बुटवल–पोखरा सडक खण्डमा रहेको सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । यसबीचमा माघे सङ्क्रान्ति पर्वको… Continue reading सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द
निषेधित क्षेत्रमा ‘धोती दिवस’ मनाउन पुगेका सीके राउतसहित पक्राउ
काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले… Continue reading आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै
कांग्रेसले आज एकता दिवस मनाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा… Continue reading कांग्रेसले आज एकता दिवस मनाउँदै
सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ ।
बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मुत्यु
काठमाडौं । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल… Continue reading बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मुत्यु
एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी
काठमाडौं । सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् । आइफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको… Continue reading एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी
भारतमा अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पार्ने पतिलाई ९ वर्ष जेल, बन्ने भयो महत्वपूर्ण नजिर
काठमाडौं । भारत छत्तीसगढको दुर्ग जिल्लाको एउटा फास्ट-ट्र्याक कोर्टले पत्नीलाई अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पारेको भनेर पतिलाई कठोर श्रमसहित नौ वर्षको कारावास र दश हजार भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यसबाहेक पत्नीलाई कुटपिट गरेको आरोपमा एक वर्षको थप कैद र एक हजार भारतीय रुपैयाँ जरिवाना पनि पतिले तिर्नुपर्नेछ। भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक… Continue reading भारतमा अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पार्ने पतिलाई ९ वर्ष जेल, बन्ने भयो महत्वपूर्ण नजिर
ग्राउन्ड ह्यान्डलिङको विषयमा विवाद नगर्न प्राधिकरणका कर्मचारीलाई मन्त्री किरातीको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा मन्त्री किरातीले ग्राउन्ड ह्यान्डलिङको विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले नेपाल वायु सेवा निगमको… Continue reading ग्राउन्ड ह्यान्डलिङको विषयमा विवाद नगर्न प्राधिकरणका कर्मचारीलाई मन्त्री किरातीको निर्देशन
सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै अवरोध
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् । सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास… Continue reading सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै अवरोध
गाजामा फैलन थाल्यो संक्रामक रोग
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो । राष्ट्रसङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा… Continue reading गाजामा फैलन थाल्यो संक्रामक रोग
आज तमु ल्होसार, देशभर सरकारले दियो बिदा
काठमाडौं । आज तमु ल्होसार, गुरुङ समुदायमा नयाँ वर्षका रुपमा मनाइंदैछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ,… Continue reading आज तमु ल्होसार, देशभर सरकारले दियो बिदा
इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाले गर्यो मुद्दा दायर
काठमाडौं । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा इसराइलविरूद्ध मुद्दा दायर गरेको छ। इसराइलले अक्टोबर ७ यता गाजामा गरिरहेको आक्रमण र त्यसबाट हजारौं प्यालेस्टिनियन नागरिकहरू मारिएको विषयमा दक्षिण अफ्रिकाले ऊविरूद्ध अन्तर्राष्ट्रिय अदालतमा नरसंहार मुद्दा दायर गरेको हो। सिएनएनका अनुसार दक्षिण अफ्रिकाले इसराइलमाथि मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीहरूको उल्लंघन गर्दै गजामा नरसंहार गरेको आरोप लगाएको छ। ‘इसराइलले गजामा गरेका सबै… Continue reading इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाले गर्यो मुद्दा दायर
रुसमा युक्रेनी हमला, कम्तिमा २० जना मारिए
काठमाडौं । रुसमा हवाई हमला भएको छ । घटनामा कम्तिमा २० जना मारिएको र १०० जना घाइते भएको समाचार एजेन्सीहरुले बताएका छन्. । यो आक्रमण युक्रेनले गरेको आरोप रुसको छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।… Continue reading रुसमा युक्रेनी हमला, कम्तिमा २० जना मारिए
ललितपुर घटनामा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मन्त्रीको गाडी जल्नुमा र गोली चलाउनुमा सुरक्षा निकायबाट कमजोरी भएको बताएका हुन् । ‘हाम्रो मन्त्रीजीको पीएसओ (निजी सुरक्षा अधिकारी) ले परिस्थितिको… Continue reading ललितपुर घटनामा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति
ललितपुरमा प्रहरीबाट मारिएका दुई युवकको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०-१० लाख… Continue reading ललितपुरमा प्रहरीबाट मारिएका दुई युवकको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ
काठमाडौं । बालकुमारीमा शुक्रवार भएको आन्दोलन र दुई युवाको मुत्युका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाबारे ब्रिफिङ लिएका हुन् । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक… Continue reading बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ
अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाडौंको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव आयोजना भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ३१ डिसेम्बरका दिन बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको… Continue reading अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै
रुसले युक्रेनमा एकसाथ धेरै तिरबाट थाल्यो आक्रमण, हताहती बढ्दै
काठमाडौं । युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसयो यो आक्रमणमा सबै… Continue reading रुसले युक्रेनमा एकसाथ धेरै तिरबाट थाल्यो आक्रमण, हताहती बढ्दै
आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । आज मुलुकको पहाडी भूभागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । अन्य भूभागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,… Continue reading आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना