एक वर्षको प्रयासमा अर्थतन्त्रमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला ९एक्स्पो २०२३० को उद्घाटन समारोहलाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको… Continue reading एक वर्षको प्रयासमा अर्थतन्त्रमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

डेडिकेटेड लाइन विवादमा चार उद्योगको लाइन काटियो

file

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४… Continue reading डेडिकेटेड लाइन विवादमा चार उद्योगको लाइन काटियो

डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् । आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले यसलाई सुनौलो दिनको सङ्ज्ञा दिँदै उक्त दिन चाँडै आउने बताए । उनले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले… Continue reading डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

विद्यालयलाई काठमाडौँ महानगरको पत्र-‘चाडका नाममा विद्यार्थीलाई अन्य पोसाक किन्न लगाए कारबाही’

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ। महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएको परिपत्रमा उल्लेख छ ।

देशकै दोस्रो ठूलो ‘इनरुवा सबस्टेसन’ उद्घाटन, विद्युत् आपूर्ति र व्यापार सहज हुने

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो… Continue reading देशकै दोस्रो ठूलो ‘इनरुवा सबस्टेसन’ उद्घाटन, विद्युत् आपूर्ति र व्यापार सहज हुने

‘चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा भोज-भतेर गर्न सक्ने भए, महल कसरी ठडियो ‘

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् । स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भएको बताए… Continue reading ‘चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा भोज-भतेर गर्न सक्ने भए, महल कसरी ठडियो ‘

राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् । १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने

नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

काठमाडौं । नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशबिच… Continue reading नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

काठमाडौं । कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो । यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) ले पानी जहाज निर्माणसम्बन्धी कामका… Continue reading कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

चेक गणराज्यको राजधानीमा गोली चल्यो, कम्तिमा १५ जना मारिए

काठमाडौं । चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा गोली काण्ड भएको छ । एक व्यक्तिले गोली प्रहार गरी १४ जनाको ज्यान लिएको समाचा एजेन्सीहरुले जनाएका छन् । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी… Continue reading चेक गणराज्यको राजधानीमा गोली चल्यो, कम्तिमा १५ जना मारिए

पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि… Continue reading पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

काठमाडौं । जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेको खुलेको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ… Continue reading प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ठूला उद्योगबाट सुरु गरेर सबै बक्यौता उठाउन निर्देशन दिएका हुन्… Continue reading ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीको निर्देशन

मन्त्री किरातीको स्पष्टीकरण-‘धर्मनिरपेक्ष राष्ट्रमा अर्को धर्मलाई नस्वीकार्ने देशद्रोही नै हुन्’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नपर्ने अवस्था नरहेको बता​एका छन् ।​ बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री किरातीले बुधबार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले आलोचना भइरहेको छ । बिहीबारको समितिको बैठकमा सांसदहरूले पनि मन्त्री किरातीसँग जिज्ञासा राखेपछि उनले… Continue reading मन्त्री किरातीको स्पष्टीकरण-‘धर्मनिरपेक्ष राष्ट्रमा अर्को धर्मलाई नस्वीकार्ने देशद्रोही नै हुन्’

ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत नेपाली

file

काठमाडौं । ८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी सोसल साइन्स बहामार्फत गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीमा जाने ७९.८ प्रतिशत नेपाली ऋण गरेर नै वैदेशिक रोजगारीमा जाने गरेको पाइएको हो । सन् २०१४ देखि २०२२ सम्म… Continue reading ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत नेपाली

संस्कृति मन्त्रीलाई किराँतीलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विवादमा परेका छन्। क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले किराँती विवादमा मुछिएका हुन् । उनको अभिव्यक्तिको विरुद्धमा प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि… Continue reading संस्कृति मन्त्रीलाई किराँतीलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

ओरालो लाग्यो शेयर बजार, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । गत मंगलबारदेखि लगातार उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३२.७७ अंकले बढेर २१०९.१० विन्दुमा पुगेको हो । यसदिन ३०४ कम्पनीको ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर किनबेच भएको छ ।… Continue reading ओरालो लाग्यो शेयर बजार, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ११ हुने निर्वाचनका लागि सात प्रदेशमा १-१ वटा मतदान स्थल र २-२ वटा मतदान केन्द्र तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ,… Continue reading राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

विवादमा मन्त्री किराती , तत्काल बर्खास्त गरी कारबाही गर्न राप्रपाको माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा परेका छन्। क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले किराँती विवादमा मुछिएका हुन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको… Continue reading विवादमा मन्त्री किराती , तत्काल बर्खास्त गरी कारबाही गर्न राप्रपाको माग

रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

काठमाडौं । रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो । रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा पर्ने खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो ।… Continue reading रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

सचिव र विभागीय प्रमुखहरुलाई अख्तियारले गरायो सचेत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सरकारका कर्मचारी र संस्थानहरुलाई विभिन्न सुझाव दिएको छ । विभिन्न संस्थाका सचिव र विभागीय प्रमुखहरुसँग छुट्टाछुट्टै अन्तरक्रियामा भएको छलफलपछि अख्तियारले यस्तो सुझाव दिएको हो । सचिव तथा विभागीय प्रमुखलाई ४६ र नियामक निकाय तथा साथै सार्वजनिक संस्थानलाई ४८ बुँदे सुझाव दिइएको अख्तियारका प्रवक्ता नरहरि… Continue reading सचिव र विभागीय प्रमुखहरुलाई अख्तियारले गरायो सचेत

नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

काठमाडौं । नाबालिकालाई अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरी एक जना पुरूषलाई दुबईबाट पक्राउ गरी काठमाडौं ल्याएको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका वडा नम्बर १का ३३ वर्षीय सगीर अहमद छन्। उनले नाबालिकालाई फेसबुकमार्फत चिनजान गरी ग्रुमिङ… Continue reading नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको छ,’ मन्त्रालयले… Continue reading रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

काठमाडौंका आज यस वर्षकै चिसो

Photo : TKP

काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गतरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री… Continue reading काठमाडौंका आज यस वर्षकै चिसो

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु… Continue reading रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

फागुनबाट आन्दोलन थाल्ने राप्रपाको तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा… Continue reading फागुनबाट आन्दोलन थाल्ने राप्रपाको तयारी

भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटारलगायतका क्षेत्र वरपर निषेधित क्षेत्र कायम राखेको छ । गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो । प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा थप दुई… Continue reading भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी

सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर

काठमाडौं । सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो । मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो । तर,… Continue reading सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर

‘उदयपुर सिमेन्ट कारखानाका सबै मिलेर बचाउनुपर्छ’- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । मन्त्री डा. महतको सचिवालयका अनुसार सो अवसरमा उनले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको… Continue reading ‘उदयपुर सिमेन्ट कारखानाका सबै मिलेर बचाउनुपर्छ’- अर्थमन्त्री

शेयर बजारमा लगातार लगातार उच्च अंकको वृद्धि

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको हो । यसदिन ३०६ कम्पनीको ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार १७६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ बाहेक… Continue reading शेयर बजारमा लगातार लगातार उच्च अंकको वृद्धि