काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । जी९५३६ उडान नम्बरको जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानमा मृत शिशु फेला परेपछि खोजतलास गर्दा एक जना महिलाको भएको पत्ता लागेको र ती महिलालाई पक्राउ गरी उपचारका लागि… Continue reading काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशुको शव
Author: Vishwanews.com
द्रुतमार्गमा सकियो ५२ अर्ब ८६ करोड, भौतिक प्रगति भने २८.५६ प्रतिशत
काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गको निर्माण सुस्त गतिमा रहेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाका अनुसार ६ वर्षको अवधिमा यो आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको छ । यो आयोजना २१ वैशाख २०७४ मा नेपाल सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको थियो । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली सेनाका प्राविधिक महासेनानी एवं… Continue reading द्रुतमार्गमा सकियो ५२ अर्ब ८६ करोड, भौतिक प्रगति भने २८.५६ प्रतिशत
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ
काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्। यस्तै बैठकमा सरकारका एक वर्षको… Continue reading सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ
भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित
काठमाडौं । भारतमा सांसद निलम्बनको शृखंला निरन्तर जारी छ । मंगलबार पनि लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएको छ । संसद् बैठकमा अवरोध गरेको भन्दै आज नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम… Continue reading भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित
चीनमा भूकम्पबाट डेढ लाख भवनमा क्षति
काठमाडौं । उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । त्यहाँ माइनस १७ डिग्री तापक्रम रहने अनुमान छ… Continue reading चीनमा भूकम्पबाट डेढ लाख भवनमा क्षति
ट्रम्पको आगामी निर्वाचन लड्ने बाटो बन्द भएको हो ?
काठमाडौं । अमेरिकाको कोलोराडो सर्वोच्च अदाललतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ । आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ । ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ । तर… Continue reading ट्रम्पको आगामी निर्वाचन लड्ने बाटो बन्द भएको हो ?
इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए
काठमाडौं । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ तारिखमा युद्ध सुरु भएयता १९,६६७ जना मारिएका जनाएको छ। मारिनेको पछिल्लो सङ्ख्या सामाजिक सञ्जालमा खुलाउँदै मन्त्रालयले थप ५२,५८६ व्यक्ति घाइते भएका जनाएको छ। उक्त क्षेत्रमा लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाव परिरहेका बेला मृत्यु हुने र घाइते हुने मानिसको ताजा सङ्ख्या सार्वजनिक भएको हो। अक्टोबरमा हमासका बन्दुकधारीले… Continue reading इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए
हनि ट्यापमा पारेर पैसा असुली धन्धामा तीन महिला दोषि ठहर
काठमाडौं । दाङ जिल्ला अदालतले आपराधिक लाभको मुद्दामा तीन जना महिला दोषी ठहर गर्दै जेल सजाए तोकेको छ। जिल्ला अदालतले आइतबार सीतादेवी थापासहितका तीन जना महिलाले कसुर गरेको ठहर गरेको हो । जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्वारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएकी सीतादेवी थापासहित… Continue reading हनि ट्यापमा पारेर पैसा असुली धन्धामा तीन महिला दोषि ठहर
श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै
काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ ।… Continue reading श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै
नेपाल एयरलाइन्सले एक वर्षमा कमायो २२ अर्ब
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९–८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो । कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ… Continue reading नेपाल एयरलाइन्सले एक वर्षमा कमायो २२ अर्ब
नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव
काठमाडौं । लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीहरुलाई इजरायलले रोजगारीका लागि लैजान प्रस्ताव गरेको छ । आफ्नो पढाइ अन्तर्गत नै इजरायलको कृषि क्षेत्रमा छोटो समय काम गरेर फर्किएका विद्यार्थीलाई कृषि क्षेत्रमा कामदारका रुपमा लैजान इजरायलले नेपालसमक्ष प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताएका छन् । कृषि अध्ययन अन्तर्गत इजरायलमा… Continue reading नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव
एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली
काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ७१ हजार भन्दा धेरै नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको हो । जुन चालु आव २०८०र८१ को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । यो मंसिरमा अघिल्लो वर्षको यसै… Continue reading एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली
वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले मंगलबार आदेश दिएको छ। न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले उनलाई… Continue reading वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
मिचेल स्टार्क आइपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी
एजेन्सी । आगामी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अष्ट्रेलिया टोलीका प्रभावशाली खेलाडी तीव्र गतिका बलर मिचेल स्टार्क कीर्तिमानी मूल्यमा कोलकाता पुगेका छन् । कोलकाताले स्टार्कलाई २४ करोड ७५ लाख भारु(झन्डै ४० करोड नेपाली रुपैयाँ) मा किनेको हो । यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि एक… Continue reading मिचेल स्टार्क आइपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी
‘एनसेलको शेयर खरिद-बिक्री हुँदैछ भन्ने कुरा मलाई थाहा थिएन’ प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई एनसेलको शेयर खरिद-बिक्री हुँदैछ भन्ने कुरा थाहा नभएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले आफू दुबईमा हुँदा एनसेलको शेयर खरिद-बिक्री भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गरे । शेयर खरिदबिक्रीमा प्रधानमन्त्रीकै संलग्नता र अन्य विषयमा सांसदहरूले प्रश्न गरेपछि उनले यस घटनामा… Continue reading ‘एनसेलको शेयर खरिद-बिक्री हुँदैछ भन्ने कुरा मलाई थाहा थिएन’ प्रचण्ड
एनसेलको सेयर खरिदबिक्री प्रकरणः सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा
काठमाडौं । एनसेल खरिदबिक्रीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो । सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश समेत दिएको छ । स्वतन्त्र सांसद सिंहले एनसेल बिक्री शंकास्पद भएको भन्दै सर्वोच्चमा मंसिर २२ गते मुद्दा दर्ता गरेका… Continue reading एनसेलको सेयर खरिदबिक्री प्रकरणः सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा
२१ सय नाघ्यो शेयर बजार, ५ अर्ब ९८ करोडको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको ५ अर्ब ९८ करोड ४६ लाख १३८ कित्ता शेयर किनबेच भएको छ । यसदिन १० कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ। बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य… Continue reading २१ सय नाघ्यो शेयर बजार, ५ अर्ब ९८ करोडको कारोबार
प्याट कमिन्स आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी
काठमाडौं । आगामी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अष्ट्रेलिया टोलीका प्रभावशाली खेलाडी प्याट कमिन्सले इतिहास रचेका छन् । उनी आइपीएल इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडी बने । हैदरावादले उनलाई इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु(झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ । अक्सनबाट खेलाडी भित्र्याइएको अहिलेसम्मकै… Continue reading प्याट कमिन्स आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी
भैसेपाटीको निर्माणधीण मन्त्री क्वार्टर भित्र रहेको एक टहरामा आगलागी
काठमाडौं । भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्रै आगलागी भएको छ । निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आज एक्कासी आगलागी भएको हो । प्रहरीका अनुसार आज बिहान ११ बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०÷१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । म शाहले करेन्ट सर्ट भएर आगलागी भएको जानकारी दिनुभयो ।… Continue reading भैसेपाटीको निर्माणधीण मन्त्री क्वार्टर भित्र रहेको एक टहरामा आगलागी
मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द
काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले जनाएको छ । राष्ट्रसंघले मिसन बन्द गरेसँगै त्यहाँ कार्यरत १५६ जना स्टाफ अधिकृत र १२ जना सैनिक पर्यवेक्षक गरी १६८ जना… Continue reading मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द
भारतमा एकै पटक ७८ जना सांसद निलम्बित
काठमाडौं । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।… Continue reading भारतमा एकै पटक ७८ जना सांसद निलम्बित
१० प्रकारका औषधी उत्पादनमा रोक
काठमाडौं । औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएका छन् । उनका अनुसार उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीका छन् । औषधी व्यवस्था विभागले रोक लगाएका औषधीमा लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन… Continue reading १० प्रकारका औषधी उत्पादनमा रोक
यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई… Continue reading यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु
काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र… Continue reading चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु
गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय दवाव
काठमाडौं । गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहँदा अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले इजरायलमा वार्ता गरिरहेका छन्। इजरायलको सैन्य कारबाहीमा दृढतापूर्वक साथ दिइरहँदा वासिङ्टन बढ्दो रूपमा एक्लिरहेको छ। आइतवार ब्रिटेन, जर्मनी र फ्रान्सले निकै धेरै सर्वसाधारण मारिएको भन्दै दीर्घकालीन युद्धविरामको लागि कामहरू गर्न आग्रह गरेका छन्। यो यूकेको हकमा देखिएको परिवर्तन हो। यद्यपि उनीहरूले तत्काल युद्धविराम… Continue reading गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय दवाव
लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि
काठमाडौं । लिबियाको तटमा डुबेर ६० जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले जनाएको छ। घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले “एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए” भनेको छ। उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको… Continue reading लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि
डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना
काठमाडौं । सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् । उनी शुक्रबारदेखि अनशन बसेका थिए । गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन… Continue reading डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना
दीक्षान्त समारोहमा त्रिविले बनायो कीर्तिमान, ‘अन द स्पट’ प्रमाणपत्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन… Continue reading दीक्षान्त समारोहमा त्रिविले बनायो कीर्तिमान, ‘अन द स्पट’ प्रमाणपत्र
रुकुम पश्चिमका ४ हजार भूकम्प पीडितले पाए पहिलो किस्ताको रकम
रुकुम पश्चिम । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ४ हजार २८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका थिए । लाभग्राहीको खातामा रु २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी… Continue reading रुकुम पश्चिमका ४ हजार भूकम्प पीडितले पाए पहिलो किस्ताको रकम
विश्वभर आणविक ऊर्जाको प्रयोग बढ्दै, युरेनियमको मूल्य १७ वर्षयताकै उच्च
न्युयोर्क । आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७ पछि पहिलो पटक प्रति पाउण्ड अर्थात् करिब ४५३ ग्रामको ८६ डलर पुगेको छ । आणविक ऊर्जामा नयाँ चासोको… Continue reading विश्वभर आणविक ऊर्जाको प्रयोग बढ्दै, युरेनियमको मूल्य १७ वर्षयताकै उच्च