काठमाडौं । नेपाल भ्रमणमा आएका एक इटालियन नागरिकको लेक लागेर सोलुखुम्बुमा ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका ६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको… Continue reading लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु
Author: Vishwanews.com
ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाका लागि छुटेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा रहेका ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको ज्यान गएको प्रहरी नायब… Continue reading ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु
भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य
काठमाडौं । भूकम्पपीडितहरूलाई लक्षित गरेर नेपालमा काम गरिरहेका संयुक्त राष्ट्रसंघ (यूएन) का विभिन्न एजेन्सीहरूले ुसंयुक्त आपत्कालीन प्रतिकार्यु को सुरुआत गरेका छन् । राष्ट्रसंघको उत्तरदायित्वका रूपमा उक्त कामको थालनी गरेको नेपालस्थित राष्ट्रसंघको राष्ट्रिय सूचना केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशको जाजरकोटा र रुकुम पश्चिममा गरेको भूकम्पबाट एक सय ५३ जनाको मृत्यु भएको छ ।… Continue reading भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य
यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रवार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानू उपयुक्त नभएकोले… Continue reading यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाने
तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो
काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट… Continue reading तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो
एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त
काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २… Continue reading एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त
नेपाल र भियतनाम बीच दुई चार्टर्ड उडान हुने
काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आउजाउका लागि थप दुई चार्टर्ड उडान हुने भएको छ । यसअघि आयोजक रुप्से होलिडेजले गत २१, २५ र २९ अक्टोबरमा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज चार्टर गरी काठमाडौं–हनोइ–काठमाडौं रुटमा उडान गरेको थियो । ती उडानमा भियतनामबाट २२५ जना र नेपालबाट भियतनाममा ३२८ जना पर्यटक भ्रमणमा गएको कम्पनीले जनाएको छ… Continue reading नेपाल र भियतनाम बीच दुई चार्टर्ड उडान हुने
गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । कार्यदलले काम शुरु गरेको एक… Continue reading गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन
भन्सार नतिरी भित्रिएका मोवाइल सेट आजबाट बन्द गराइदै
काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले सोमबार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । प्राधिकरणका अनुसार सोमबार ८ सयदेखि १ हजार मोबाइल सेट ब्लक गरिने छ । यो प्रणालीको कार्यान्वयनपछि अवैध तरिकाले (भन्सार नतिरी) नेपाल भित्रिएका मोबाइल सेट चल्ने छैनन् । प्राधिकरणले गत १५ पुस २०७९ मै यो… Continue reading भन्सार नतिरी भित्रिएका मोवाइल सेट आजबाट बन्द गराइदै
भाइटीकाको साइत १०:५१ मिनेटमा
काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने… Continue reading भाइटीकाको साइत १०:५१ मिनेटमा
मेयर बालेनले ल्याए ‘साथी महानगर’ योजना: सुत्केरीलाई १० हजार, किरिया खर्च २० हजार
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ नारासहित महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि सो योजना कार्यान्वयनमा ल्याएको बताएका हुन्। उक्त कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिने, विपन्नलाई किरिया खर्च अभाव हुन नदिने, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपांगता… Continue reading मेयर बालेनले ल्याए ‘साथी महानगर’ योजना: सुत्केरीलाई १० हजार, किरिया खर्च २० हजार
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रण स्थगित गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर जाजरकोट भूकम्पका कारण देशमा धेरै जनधनको क्षति भएको भन्दै यस्तो दुःखका समयमा आफूले विदेश भ्रमण नगर्ने जानकारी दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी… Continue reading राष्ट्रपतिको युरोप भ्रमण स्थगित
नेप्सेमा दोहोरो अंकको ‘कमब्याक’
काठमाडौं । सेयर बजारमा सुधार आएको छ । गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्से ५१ अंकको गिरावटपछि सोमबार दोहोरो अंकले कमब्याक गरेको हो । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ । यसदिन २८३ कम्पनीको ९३ करोड रुपैयाँ बढीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ ।कारोबारमा आएका १३… Continue reading नेप्सेमा दोहोरो अंकको ‘कमब्याक’
वायु प्रदुषणका कारण नयाँ दिल्लीमा विद्यालय एक साता बन्द
काठमाडौं । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ । गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएको दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै… Continue reading वायु प्रदुषणका कारण नयाँ दिल्लीमा विद्यालय एक साता बन्द
विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले लगातार आठौं खेलमा जित निकालेर शीर्ष स्थानमा बलियो पकड बनाएको छ। भारतले आइतबार दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्यो। कोलकतामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो। भारतका लागि विराट कोहलीले नटआउट १०१ रन जोडे भने श्रेयस अय्यरले ७७ रनको योगदान गरे।… Continue reading विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह
इजरायलले गाजामा गर्यो ९ हजार ७७० प्यालेष्टाइन नागरिकको हत्या, ४ हजार बालबालिका
काठमाडौं । इसराइलको आक्रमणबाट गाजा क्षेत्रमा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको ज्यान गएको छ । बिबिसीका अनुसार इसराइल-हमास युद्ध २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ । अक्टोबर ७ ९असोज २०० मा प्यालेस्टाइनको इस्लामिस्ट… Continue reading इजरायलले गाजामा गर्यो ९ हजार ७७० प्यालेष्टाइन नागरिकको हत्या, ४ हजार बालबालिका
परराष्ट्र मन्त्री एनपी साउद नेपाल फर्किए
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको एक साता लामो औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन् । गत १२ कात्तिकमा अमेरिका भ्रमणमा गएका साउद आइतबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तरार्ष्ट्रीय विमानस्थलमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री साउदले भ्रमण फलदायी भएको बताए । उनले भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई नेपाल भ्रमणको औपचारिक… Continue reading परराष्ट्र मन्त्री एनपी साउद नेपाल फर्किए
भारतले नेपाल पठायो १० करोड भारु बराबरको राहत
काठमाडौं । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० करोड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आईतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका छन् । एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन… Continue reading भारतले नेपाल पठायो १० करोड भारु बराबरको राहत
‘नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित’
काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पका कारण नेपाल यात्राबारे दोधारमा रहेका पर्यटकलाई लक्षित गरी सरोकारवालाले नेपालका पर्यटकीय क्षेत्र खुला र सुरक्षित रहेको सन्देश प्रवाह गरेका छन् । नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका संघ संस्थाले भूकम्प गएको क्षेत्र केन्द्रीय राजधानी काठमाडौंबाट ५ सय किलोमिटर पर रहेको मुख्य पर्यटकीय क्षेत्रमा भूकम्पले… Continue reading ‘नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित’
भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले… Continue reading भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
भूकम्पबाट प्रभावितको पुनःस्थापना गर्न एकीकृत कार्ययोजना बनाइने, १ वर्षभित्र आवास निर्माण
काठमाडौं । नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क… Continue reading भूकम्पबाट प्रभावितको पुनःस्थापना गर्न एकीकृत कार्ययोजना बनाइने, १ वर्षभित्र आवास निर्माण
नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक
काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला चार कारोबार दिनमा नेप्से ५१ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ विन्दुमा आइपुगेको छ । यसदिन २८९ कम्पनीको ९७ करोड रुपैयाँ बढीको ३५ लाख… Continue reading नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक
नेपालका भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इल्यास उत्कृष्ट खेलाडी
काठमाडौं । टी–२० विश्वकप एसिया छनोटमा ओमानमा अलराउण्डर अकिब इतियास प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् । नेपालका कुशल भुर्तेल बेस्ट ब्याटर बने । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए । ओमानका बिलाल खान बेस्ट बलर बने । उनले पाँच खेलमा ११ विकेट लिएका थिए । १०६ रन जोडे । बेस्ट नेपाली… Continue reading नेपालका भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इल्यास उत्कृष्ट खेलाडी
ओमानले जित्यो विश्वकप छनोटको उपाधि, सुपर ओभरमा नेपाल पराजित
काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
नेपाल भूकम्पप्रति रुसी राष्ट्रपति दुखी
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ,… Continue reading नेपाल भूकम्पप्रति रुसी राष्ट्रपति दुखी
चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाएका छन् । चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सन्देशमा सीले कर्णाली प्रदेशमा… Continue reading चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश
भूकम्प मापन केन्द्रको टोली जाजरकोट पुग्यो
काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकोट पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो । टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए ।… Continue reading भूकम्प मापन केन्द्रको टोली जाजरकोट पुग्यो
डोटीमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय… Continue reading डोटीमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
विश्वकप छनोट फाइनल : उपाधीका लागि नेपाल र ओमान भिड्दै
काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा… Continue reading विश्वकप छनोट फाइनल : उपाधीका लागि नेपाल र ओमान भिड्दै
नेपाललाई सहयोग गर्न हामी तयार छौं : अमेरिका
काठमाडौं । नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ,’ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।