काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिकास्थित यूएस च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । बिहीबार अमेरिकामा आयोजित कार्यक्रममा यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र यूएस च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको… Continue reading एमच्यामले पायो यूएस च्याम्बर अफ कमर्सको सदस्यता
Author: Vishwanews.com
नेपाल र कोरियाबीच कृषिमा सहकार्य गर्ने सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल र दक्षिण कोरिया बीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार कृषि विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री डा. वेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षा मन्त्री चुङ्ग हवानकेउन बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी अनुसार नेपालीको कृषि तथा पशुपन्छी क्षेत्रको… Continue reading नेपाल र कोरियाबीच कृषिमा सहकार्य गर्ने सम्बन्धी सम्झौता
वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको अवहेलना गरेको बताएको छ । मन्त्रालयका कारण दर्जनौ आयोजना बन्धक बनेको समेत लगानीकर्ताको आरोप छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवम् सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को संसोधनमा परेको रिटको फैसलामा, भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा कार्यविधिरनियमावलीरनिर्देशिका बनाउँदा… Continue reading वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान
रिगलले गरे प्रहरीमा आत्मसमर्पण, ११ वर्ष बढी जेल बस्नुपर्ने
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल(रिगल) पक्राउ परेका छन् । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो। बिहीबार आएको आदेशमा अब उनले भुक्तान… Continue reading रिगलले गरे प्रहरीमा आत्मसमर्पण, ११ वर्ष बढी जेल बस्नुपर्ने
विश्वकपमा छनोट हुन नेपालको प्रतिद्वन्द्वी यूएई, खेल मुलपानीमा
काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा नेपालले शुक्रवार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । एसिया छनोट फाइनल खेल्नुअघि… Continue reading विश्वकपमा छनोट हुन नेपालको प्रतिद्वन्द्वी यूएई, खेल मुलपानीमा
रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी बदर गर्ने निर्णय सुनाएको छ। सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने निर्णय बदर गरेको हो। पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो । नेपालगञ्ज… Continue reading रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
कतारमा भारतीय जलसेनाका ८ अधिकारीलाई किन सुनाइएको छ मृत्युदण्डको सजाय ?
काठमाडौं । भारतीय जलसेनाका आठ भूतपूर्व अधिकारीलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको छ । भारतको विदेश मन्त्रालयले उक्त फैसलाबाट भारत सरकार स्तब्ध बनेको र सबै कानुनी विकल्पको खोजी गरिने प्रतिक्रिया दिएको छ । विदेशमन्त्री एस जयशङ्करले ती आठ भारतीयका परिवारसँग सोमवार भेटघाट गरेका थिए। सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै उनले भनेका छन्, ‘कतारमा हिरासतमा रहेका आठ… Continue reading कतारमा भारतीय जलसेनाका ८ अधिकारीलाई किन सुनाइएको छ मृत्युदण्डको सजाय ?
गाजामा इजरायलको अमानवीय आक्रमणप्रति राष्ट्रसंघको निन्दा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणको निन्दा गरेको छ। हमासका लडाकु समूहका कमाण्डरलाई लक्षित गरी इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ११ जनाभन्दा धेरै सैनिकको ज्यान गएको छ । त्यस्तै सर्वसाधारणले ज्यान गुमाएका छन्। घटनाको संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको हो । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यमार्फत्… Continue reading गाजामा इजरायलको अमानवीय आक्रमणप्रति राष्ट्रसंघको निन्दा
परराष्ट्र मन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार भेटवार्ता भएको छ। भेटमा दुईपक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो। साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गरेका थिए। अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी… Continue reading परराष्ट्र मन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता
विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै
काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ । भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो । जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । विग योङले ३३ र डेरल मिचेलले २४ रन… Continue reading विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै
विश्वकप छनोट: आज ओमन र नेपाल भिड्दै
काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने… Continue reading विश्वकप छनोट: आज ओमन र नेपाल भिड्दै
जब ८४ वर्षिय वृद्ध बन्जी जम्पका लागि तम्सिए..
काठमाडौं । ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले नेपालमा बन्जी गरेका छन् । उनले ‘द क्लिफ’मा उनले बन्जीसँगै स्विङ, स्काइ साइक्लिङ, स्काइ ग्लाइडिङ लगायत अन्य साहसिक खेल समेत खेलेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ८४ वर्षीय मिसेलले बन्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका रेकर्ड कायम गरेका छन् । यसअघि ६६… Continue reading जब ८४ वर्षिय वृद्ध बन्जी जम्पका लागि तम्सिए..
बिहीबारबाट कार्यालय समय एक घण्टा छोटिने
काठमाडौं । बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा… Continue reading बिहीबारबाट कार्यालय समय एक घण्टा छोटिने
नेपालले थप हिमाल आरोहणमा खुला गर्नुपर्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिए । उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न… Continue reading नेपालले थप हिमाल आरोहणमा खुला गर्नुपर्छ : राष्ट्रपति
एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक
काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनकरुपमा बढेको छ। अक्टोबर महिनामा हवाई मार्गमार्फत १ लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन्। एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । यो रेकर्ड यस वर्ष तोडिएको हो ।… Continue reading एक महिनामा भित्रिए इतिहासकै बढी पर्यटक
माझी बस्तीको लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश, श्वेता खड्कासँग लिखित जवाफ माग
काठमाडौं । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ। मंगलबार न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो। लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न… Continue reading माझी बस्तीको लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश, श्वेता खड्कासँग लिखित जवाफ माग
गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलाएर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कचनकवल गाउँपालिका–८ का ३७ वर्षीय हर्क लिम्बु र भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम छन्। उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किदा असईको लेक लागेर मृत्यु
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प पुगेर फर्कने क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ । असही ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए । गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर… Continue reading गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किदा असईको लेक लागेर मृत्यु
नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता
काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय र नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्थाबीच सम्झौता भएको छ । बेलायतको ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट, नेदरल्याण्डको एफएमओ, बेल्जियमको बायो, फिनल्याण्डको फिनफण्ड,फ्रान्सको प्रोपार्को, तथा स्वीजरल्याण्डको साइफेमबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । संझौतापत्रमा नेपालको तर्फबाट बेलायतका लागि नेपाली राजदूत… Continue reading नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता
रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि आज हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । मगलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका… Continue reading रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज
संयुक्त राष्ट्र संघका महासचिव आज न्यूयोर्क फर्कने
काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्। कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए। आइतबार राति काठमाडौं आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे,… Continue reading संयुक्त राष्ट्र संघका महासचिव आज न्यूयोर्क फर्कने
परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता
काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ । मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई… Continue reading परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता
जीपी कोइराला फाउण्डेशनका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित
घाना । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानाले प्रदान गर्ने मानवीय पुरस्कार ग्लोबल घानाबाट सम्मानित भएका छन् । फाउण्डेशनले कोरोना कहरका बेला निःस्वार्थ समर्पण र प्रेरणाको कारण धेरै क्षेत्र र समुदायको समर्थनमा मानवीयता देखाएको भन्दै घिमिरेलाई सम्मान गरेको हो । मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले ‘मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले तपाईलाई तपाईको… Continue reading जीपी कोइराला फाउण्डेशनका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित
डिजेल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौं । बुधबारदेखि लागू हुनेगर नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र… Continue reading डिजेल र मट्टीतेलको मूल्य घट्यो
संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया जनाएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले जलवायु र गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको समेत उल्लेख गरे । ‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री… Continue reading संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री
संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकासोन्मुख देशको प्रतिनिधित्व हुनेगरी राष्ट्रसंघीय सुरक्षा परिषद्मा सुधार हुनुपर्ने बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्ने बताए । विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्छ । मैले संयुक्त राष्ट्रसंघको पुरानो सुरक्षा परिषद्लाई… Continue reading संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?
हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए
काठमाडौं । अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट… Continue reading हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन २८ अंकले घटेको नेप्से सोमबार ३ अंकले बढेकोमा आज फेरि दोहोरो अंकले घटेको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोडले घटेर ५७ करोडमा सीमित भएको छ । यो पछिल्लो सात महिना यताकै… Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम
काभ्रेमा गाडी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काभ्रेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा तीन जना घाइते भएका थिए। घाइतेको उपचारको लागि सिरमेमोरियल अस्पतालमा पठाइएको थियो। अस्पताल पुर्याउँदा चालक कुशादेवी बस्ने ४०… Continue reading काभ्रेमा गाडी दुर्घटना, दुई जनाको मृत्यु
मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा
काठमाडौं । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य घरेलु टोलीले १२ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कुशल मल्लले ६५ रन कुशल भुर्तेलले ४३ रन बनाए । पहिलो खेलमा नेपालले सिंगापुरलाई… Continue reading मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा