काठमाडौं । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य घरेलु टोलीले १२ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कुशल मल्लले ६५ रन कुशल भुर्तेलले ४३ रन बनाए । पहिलो खेलमा नेपालले सिंगापुरलाई… Continue reading मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा
Author: Vishwanews.com
नेपालका ६० प्रतिशत घर एक तले
काठमाडौं । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ… Continue reading नेपालका ६० प्रतिशत घर एक तले
भारतले तोक्यो प्याजको निर्यात मूल्य प्रतिटन ८०० डलर, नेपालमा भाउ बढ्ने
नयाँ दिल्ली । भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलरको निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले बताएका छन् । घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि यो कदम चालिएको अधिकारीहरूले बताएका छन् । संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार यो सूचना आइतबारदेखि लागू हुनेछ र डिसेम्बर… Continue reading भारतले तोक्यो प्याजको निर्यात मूल्य प्रतिटन ८०० डलर, नेपालमा भाउ बढ्ने
नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !
काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दा पौने ७ लाख रुपैयाँ बढी खर्च हुने भएको छ । विश्वकप छनोट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले हरेक रन, चौका, छक्का, विकेट र डट बलमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो अनुसार आजको म्याचमा नेपाली… Continue reading नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !
ट्राफिकले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिने
काठमाडौं । अब सवारी चालकहरुले चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बोकेर हिड्नुपर्ने झन्झट हटेको छ । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने भएको हो । सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे छ । ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन… Continue reading ट्राफिकले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिने
शेयर बजारमा झिनो अंकको सुधार, कारोबार ६९ करोडमा सीमित
काठमाडौं । शेयर बजारझिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा पुगेको हो । यसदिन २८७ कम्पनीको ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँ बराबरको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ… Continue reading शेयर बजारमा झिनो अंकको सुधार, कारोबार ६९ करोडमा सीमित
बाराको कैलयामा गोली प्रहार गरि प्रधानाध्यापको हत्या
काठमाडौं । बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकारको मृत्यु भएको छ । सोमबार दिउँसो कलैयास्थित एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका उनलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले चार राउण्ड गोली हानेका थिए । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको उपचारको… Continue reading बाराको कैलयामा गोली प्रहार गरि प्रधानाध्यापको हत्या
विश्वकप छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए… Continue reading विश्वकप छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित
लेवनानमा एक नेपाली शान्ति सैनिक घाइते
काठमाडौं । लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । शनिबार बिहान लेबनानको होउला गाउँमा दुई मोटर सेलले त्यहाँ कार्यरत शान्ति सैनिकलाई घाइते बनाएको थियो । घाइते ती सैनिकलाई युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) को हेडक्वाटर नाकुरामा उपचार भइरहेको छ । युनिफिलद्वारा जारी वक्तव्यअनुसार घाइते सैनिकको अवस्था भने सामान्य छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले… Continue reading लेवनानमा एक नेपाली शान्ति सैनिक घाइते
मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ
काठमाडौं । मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरीले… Continue reading मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ
विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै
काठमाडौं । टी-२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गरिरहेको छ । नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् ।… Continue reading विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै
इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु
काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९… Continue reading इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु
संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् । मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा… Continue reading संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने
सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन्। गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।गुटेरेसको सम्बोधन हुनु भन्दा १५… Continue reading सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने
शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन मद्दत गर्ने बताएका छन् । चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे कुराकानी भएको थियो । ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त… Continue reading शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री
गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान
काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यूएन महासचिव गुटेरेसले गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै… Continue reading गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान
१० दिनपछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । १० दिनपछि खुलेको सेयर बजार आज एकैदिन २८ अंकले घटेको हो । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २७३ कम्पनीको ७४ करोड रूपैयाँ बराबरकाे २७ लाख १२ हजार १२३ कित्ता सेयर… Continue reading १० दिनपछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट
बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो
काठमाडौं । आर्थिक मन्दीकै बीच विदेशी वस्तु आयात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (साउन–असोज)को तथ्यांक अनुसार गत वर्षको तुलनामाआयात १.६९ प्रतिशतले बढेको छ। विभागका अनुसार चालु आवको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्ष सोही… Continue reading बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो
लेबनानमा आईडीएफ र हिजबुल्लाहबीच भिडन्त, एक नेपाली शान्ति सैनिक घाइते
काठमाडौं । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर सामान्य घाइते भएका हुन् । घाइते सैनिकको नाम खुलाइएको छैन । लेबनानमा हाल ८७४ नेपाली शान्ति… Continue reading लेबनानमा आईडीएफ र हिजबुल्लाहबीच भिडन्त, एक नेपाली शान्ति सैनिक घाइते
भारतीले सुरु गरिन् अनसन
काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् । श्रीमान् हत्या गरेको आरोपमा थुनामा रहेका योगराज ढकाल (रिगल)लाई आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् । श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका… Continue reading भारतीले सुरु गरिन् अनसन
मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु
काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् । ओटिस् आँधीले गुरेरोमा ठुलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह… Continue reading मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु
नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव
काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसले आजै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भ्रमणको पहिलो दिन आज आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन्। परराष्ट्र मन्त्रालयका… Continue reading नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव
बारामा बस दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर… Continue reading बारामा बस दुर्घटना, एक जनाको मृत्यु
त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल
काठमाडौं । यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्यो मोन्टी देशाईको प्रशिक्षणमा नेपाल पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । देशाईको प्रशिक्षणमा नेपाल यसअघि घरेलु मैदानमा खेलिएका १६ खेलमा अपराजित थियो ।… Continue reading त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल
कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु
काठमाडौं । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु… Continue reading कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु
परराष्ट्र मन्त्री साउद अमेरिका भ्रमणमा जाने
काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदको अमेरिका भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउद १२ कात्तिकमा अमेरिका जानेछन् । परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनि गुटेरेस नेपाल भ्रमणमा आउने र गुटेरेससँग भेटवार्ता गरेपछि सोही दिन उनी अमेरिका प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी… Continue reading परराष्ट्र मन्त्री साउद अमेरिका भ्रमणमा जाने
मुगुमा एकै परिवारका चार जनाको हत्या
काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा… Continue reading मुगुमा एकै परिवारका चार जनाको हत्या
राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको तालिका यस्तो छ
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस १२ नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप… Continue reading राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको तालिका यस्तो छ
त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएइ भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।
मनास्लु भ्रमणमा जाने पर्यटक बढे
काठमाडौं । मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय सुधार आएको छ । असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप)का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् । साउन महिनामा ८० र भदौ… Continue reading मनास्लु भ्रमणमा जाने पर्यटक बढे