टक्सार (भोजपुर), १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो… Continue reading प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
Author: Vishwanews.com
वाणिज्य विभागले तीन उद्योगलाई तिरायो एक लाख १० हजार जरिवाना
काठमाडौँ, १४ पुस । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ । विभागले तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र… Continue reading वाणिज्य विभागले तीन उद्योगलाई तिरायो एक लाख १० हजार जरिवाना
प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
काठमाडौँ, १४ पुसः निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु… Continue reading प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
नारायण ढुङ्गाना–राससचितवन, १४ पुस । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध… Continue reading चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेन–रवि सहमति अनुमोदन
काठमाडौँ, १४ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी… Continue reading रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेन–रवि सहमति अनुमोदन
जसपा नेपाल र लोसपा, नेपालबीच पार्टी एकताको समझदारी
काठमाडौँ, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । आज जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको संयुक्त बैठकले एकताको सहमति गरेको हो । देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक… Continue reading जसपा नेपाल र लोसपा, नेपालबीच पार्टी एकताको समझदारी
एमालेले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने
काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउने निर्णय गरेको एमालका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार पार्टीले जिल्ला… Continue reading एमालेले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने
बालेन–रवि सहमतिको प्रभाव : नेप्से परिसूचक ४७ अङ्क बढ्यो
काठमाडौँ, १३ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच… Continue reading बालेन–रवि सहमतिको प्रभाव : नेप्से परिसूचक ४७ अङ्क बढ्यो
क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ
काठमाडौँ, १३ पुस : प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ । चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनले भने, “क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले… Continue reading क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू
रसुवा, १३ पुस : छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ… Continue reading रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू
सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल
पोखरा, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी… Continue reading सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल
आज पनि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ, १३ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य… Continue reading आज पनि बढ्यो सुनचाँदीको मूल्य
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
गाईघाट (उदयपुर), १३ पुस । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्धवृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताए । जोगीदह हाडखोलाका कृष्णदेव चौधरी भन्छन्, “तीन दिनदेखि लगातार शीतलहर चलिरहेको छ, गाउँघरका बूढापाका सबै घर बाहिर निस्कन सकेका… Continue reading चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान
मनाङ, १३ पुस । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्रिय प्रकृति कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने… Continue reading मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
म्याग्दी, १३ पुस । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच… Continue reading तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज
नारायणगढ (चितवन) १३ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ । महोत्सव अवधिभर हात्ती सुन्दरी… Continue reading सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज
रवि र बालेनबीच भएको सात बुँदामा के छ ?
१३ पुस, काठमाडौं । रवि लामिछाने र र बालेन शाहबीच भएको सम्झौताले गत भदौमा भएको जेन जी आन्दोलनलाई अपनत्व लिएको छ । यससँगै आन्दोलनको आयोजकका हैसियतमा त्यसको नैतिक जिम्मेवारी रास्वपा र बालेनको हुने छ । सम्झौताको पहिलो बुँदामा नवयुवा (जेनजी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । उनीहरुले घाइते र शहिद… Continue reading रवि र बालेनबीच भएको सात बुँदामा के छ ?
आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात
काठमाडौँ, १३ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना… Continue reading आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
काठमाडौँ, १३ पुस : प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए । दलले यही पुस… Continue reading प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
जनताले खोजेस्तो सहमति भयो : रवि लामिछाने
१३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको सहमतिलाई रास्वपा सभापति रवि लामिछानले जनताले खोजेको जस्तो सहमतिका रुपमा व्याख्या गरेका छन् । आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले भनेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’ सहमतिसँगै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडी सार्दै रास्वपा आगामी निर्वाचनमा होमिने… Continue reading जनताले खोजेस्तो सहमति भयो : रवि लामिछाने
रास्वपा र बालेन मिल्दा कुलमान छुटे
काठमाडौँ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति हुँदा कुलमान घिसिङ भने छुटेका छन् । यसबारे प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताको चाहना अनुसार नभई जनताको चाहना अनुसार भएको बताएका छन् । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले मात्र हस्ताक्षर गरेका छन्… Continue reading रास्वपा र बालेन मिल्दा कुलमान छुटे
रास्वपा र बालेन शाह मिले, भयो ७ बुँदे सहमति
काठमाडौँ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेखेका छन् । उनीहरुबीच आज बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् । सार्वजनिक… Continue reading रास्वपा र बालेन शाह मिले, भयो ७ बुँदे सहमति
जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते
टोकियो, १३ पुस (रासस–सिन्ह्वा) । जापानको टोकियो उत्तरपश्चिममा पर्ने गुनमा प्रान्तमा शुक्रबार राति भएको भीषण सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान–एत्सु एक्सप्रेसवेमा करिब ७ः३० बजे ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण सडक चिप्लो बनेपछि… Continue reading जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते
थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति समझौता
फ्नोम पेन्ह, १३ पुस (रासस–एएफपी) । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले… Continue reading थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति समझौता
युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट
किएभ, १३ पुस (रासस–एएफपी) । युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिबार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन्। किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भनेका छन्, “राजधानीमा विस्फोट भएको छ यसबारे थप विवरणका लागि एयर डिफेन्स फोर्सले काम गरिरहेका छन् । तोकिएको सुरक्षित स्थानमा रहनुहोला ।” युक्रेनको वायु सेनाले पनि शनिबार… Continue reading युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट
समानुपातिकतर्फका उम्मेदवार बन्दसूची पेश गर्न आयोगको आग्रह
काठमाडौँ, १३ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष १३ र १४ गते अपरान्ह ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्दसूची पेश गर्न अनुरोध गरेको हो । उम्मेदवारको बन्दसूची… Continue reading समानुपातिकतर्फका उम्मेदवार बन्दसूची पेश गर्न आयोगको आग्रह
एमाले पनि निर्वाचनमा जोडिँदै, आइतबार सचिवालय बैठक
काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए । “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट… Continue reading एमाले पनि निर्वाचनमा जोडिँदै, आइतबार सचिवालय बैठक
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने
काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।… Continue reading कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने
चालीस वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’
चितवन, १२ पुस । सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले जितेकी छन् । चार वटा हात्तीलाई पछि पार्दै पुनमकलीले ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी हुन् । होटल लेण्डमार्क पोखरासँग आबद्ध पुनमकलीले कुल ३०० पूर्णाङ्कमध्ये २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल… Continue reading चालीस वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
वीरगञ्ज (पर्सा), १२ पुस । वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण… Continue reading शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा