काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। मंगलबार तोलामा २४ सयले बढेको सुनको मूल्य आज तोलामा १५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यो नै हालसम्मकै उच्च मूल्य हो । यस्तै, तेजाबी सुनको मूल्य… Continue reading तोलामा १५ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड
Author: Vishwanews.com
कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,कार्की नेतृत्वको सरकार संकटमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकार छोड्ने निर्णय गरेको छ ।बुधबार इटहरीमा बसेको बैठकले जसपाका तर्फबाट सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउनेसमेत निर्णय गरेको हो । एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकारमा गत पुस २५ गते जसपा सहभागी भएको थियो । जसपाले सरकार छाड्ने निर्णयसँगै हिक्मत कार्की नेतृत्वको सरकार संकटमा… Continue reading कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,कार्की नेतृत्वको सरकार संकटमा
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन्। प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदैछन्। दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले आफू विदेशमा रहुन्जेलका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएका हुन्। प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू गर्नेछन्। दाहाल नेतृत्वको अहिलेको सरकारमा नेपाली… Continue reading कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक
काठमाडौं । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।
गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक समारोहबिच मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गरे । उद्घाटनपछि छोटो मन्तव्य व्यक्त गर्दै डा. कोइरालाले एनआरएनले नयाँ भवन खरिद गर्नु एक नयाँ आयाम भएको बताए । उनले आगामी दिनमा एनआरएनले महत्त्वपूर्ण काम गर्न सकोस् भन्ने कामना… Continue reading गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन
साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा
काठमाडौं । भारतमा जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनसिप २०२३ का लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो ३० सदस्यीय टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।… Continue reading साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा
आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ(आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका… Continue reading आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका यस्तो छ…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड… Continue reading प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका यस्तो छ…
महोत्तरीमा लुटेराले दिउँसै लुटे एनएमबी बैंक
काठमाडौं । महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ । मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । चार जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक (एसपी)… Continue reading महोत्तरीमा लुटेराले दिउँसै लुटे एनएमबी बैंक
भारतीय संसदको नक्साबारे आधिकारिकता बुझ्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको आधिकारिकता बुझ्ने बताएका छन्। भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको नाम समेत उल्लेख भएको विषयमा मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा कुरा उठेको थियो। सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले नेपाली भूमि भारतको नक्सामा समावेश भएको भन्दै… Continue reading भारतीय संसदको नक्साबारे आधिकारिकता बुझ्छु : प्रधानमन्त्री
बाँकेमा कार र बस दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको… Continue reading बाँकेमा कार र बस दुर्घटना, दुई जनाको मृत्यु
बजेटबाट सन्तुष्ट देखिएनन् लगानीकर्ता, उच्च अंकले घट्यो नेप्से
काठमाडौं । बजेट घोषणा भएको भोलिपल्ट शेयर बजारका लागानीकर्तालाई ठूलो झड्का लागेको छ। मंगलवारको बजार खुल्लासाथ ओरालो लागेको बजार उच्च अंकले घटेको हो । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७५ कम्पनीको २ अर्ब ३४ करोड १७ लाख ७७… Continue reading बजेटबाट सन्तुष्ट देखिएनन् लगानीकर्ता, उच्च अंकले घट्यो नेप्से
‘ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको सबैको फाइल खुल्छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताएका छन् । मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको… Continue reading ‘ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको सबैको फाइल खुल्छ’
युट्युब, फेसबुक, नेटफ्लिक्समा गरिएको विज्ञापनमा पनि कर लाग्ने
काठमाडौं । अब सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब तथा नेटफ्लिक्समा गरिएका विज्ञापनमा पनि कर लाग्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, युट्युब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मुल्यको दुई प्रतिशत कर भुक्तानी गर्नुपर्नेछ । आर्थिक विधेयक ०८० मा भनिएको छ,‘विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आय वर्ष… Continue reading युट्युब, फेसबुक, नेटफ्लिक्समा गरिएको विज्ञापनमा पनि कर लाग्ने
हवाई यात्रामा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने झन्झट हट्यो
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । साथै, अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट पनि हटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य… Continue reading हवाई यात्रामा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने झन्झट हट्यो
विदेश अध्ययनमा जाने विद्यार्थीसँग लिइने सेवा शूल्क बढ्यो
काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । आज संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शूल्क बढाएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कवापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शूल्क तीन प्रतिशत पु¥याइएको छ । यसअघि… Continue reading विदेश अध्ययनमा जाने विद्यार्थीसँग लिइने सेवा शूल्क बढ्यो
इण्डियन प्रिमियर लिगको उपाधी चेन्नईलाई
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य… Continue reading इण्डियन प्रिमियर लिगको उपाधी चेन्नईलाई
‘महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चूनौति’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरे पनि महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चुनौती भएको बताएका छन्। पाँचौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनले सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य गर्दै समतामूलक राष्ट्र निर्माणमा एक जुट हुन आग्रह गरेका हुन्। ‘विभिन्न नीतिगत, कानूनी तथा कार्यक्रमका प्रयासका… Continue reading ‘महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चूनौति’
अखण्ड भारतको नाममा भारतले संसद भवनमा राखेको नक्साप्रति नेपालको आपत्ति
काठमाडौं । भारतले अखण्ड भारतको नाममा आफ्नो नयाँ संसद भवनमा राखेको नक्साप्रति नेपालमा तिव्र विरोध सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । त्यसैले सो नक्साको अभिप्रायबारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने उनले… Continue reading अखण्ड भारतको नाममा भारतले संसद भवनमा राखेको नक्साप्रति नेपालको आपत्ति
दुई पूर्वमिस नेपालले अमेरिकाबाट लिँदैछन् उच्च शिक्षा
काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । उनले ग्राजुएसन गरेको क्षणलाई तस्वीरमार्फत सेयर गर्दै खुसी बाँडेकी छन् । ‘मैले ग्राजुएसन गरें । अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखेकी छन् । दीक्षितस्वरुपको कालो पोसाक र प्रमाणपत्रको उक्त तस्वीरमा… Continue reading दुई पूर्वमिस नेपालले अमेरिकाबाट लिँदैछन् उच्च शिक्षा
कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने
काठमाडौं । कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्च अब दम्पतीमा विस्तार भएको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो प्रावधान ल्याएका हुन् । कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको… Continue reading कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने
सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब बजेट, चालू आवकोभन्दा अर्ब कम
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ अर्ब ४५… Continue reading सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब बजेट, चालू आवकोभन्दा अर्ब कम
सरकारले व्युँतायो सांसद विकास कोष, प्रति सांसद ५ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् ।यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का… Continue reading ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने
काठमाडौं । सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन… Continue reading धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने
सन् २०२३-२०३२ पर्यटन दशक, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौं, नेपाल चिनौं” अभियान
काठमाडौं । सन् २०२३ २०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए । अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको… Continue reading सन् २०२३-२०३२ पर्यटन दशक, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौं, नेपाल चिनौं” अभियान
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
काठमाडौं । सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने… Continue reading सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने
काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने जनाएको छ । यसबाट सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन कायम हुने अर्थमन्त्री डा.… Continue reading सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने
हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् ।नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने… Continue reading हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा
विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने
काठमाडौं । सरकारले विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनाका लागि कानुनी व्यबस्था गरिने बताएका छन् । पूर्वाधार आयोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनासम्बन्धी कानूनी व्यवस्था गरिनेछ। राष्ट्रिय… Continue reading विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने