काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु. ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु. ८७ अर्ब ३५ करोड गरी जम्मा रु. १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै… Continue reading स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब
Author: Vishwanews.com
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
काठमाडौं । अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता अभिवृद्धि, संस्थागत सुदृढीकरण, स्वदेशी र विदेशी लगानीमा वृद्धि, हरित अर्थतन्त्रको विकास, सूचना प्रविधि तथा नवप्रवर्तन, चौथो पुस्ताको औद्योगिकीकरण तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा केन्द्रित बजेट सरकारले ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का… Continue reading संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने
काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताए ।
जग्गाको मुआब्जा निर्धारण बैंकको मूल्याङ्कनको आधारमा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जग्गा प्राप्ति गर्न बैंकले कायम गरेको मूल्याङ्कन समेतलाई आधार मान्नु पर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन । आयोजनाको जग्गा प्राप्ति प्रक्रियालाई सरल र छरितो बनाउन जग्गा प्राप्ति ऐनमा संशोधन गरिने उनको भनाइ छ ।‘जग्गाको मुआब्जा निर्धारण गर्न… Continue reading जग्गाको मुआब्जा निर्धारण बैंकको मूल्याङ्कनको आधारमा
चालू आवको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपैयाँ
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुमानको तुलनामा २ खर्ब ९१ अर्ब खर्च हुने संशोधित आंकलन गरेका हुन्। सरकारले चालु… Continue reading चालू आवको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपैयाँ
क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता
काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्। ‘सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका… Continue reading क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता
रास्वपा सांसद कंसाकारले लिइन् शपथ
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्काशन गरेर कंसाकारलाई सांसद बनाएको हो ।
गणतन्त्र दिवस समारोहमा बालेन अनुपस्थित
काठमाडौं । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल अनुपस्थित भएका छन् । अ अघिल्ला वर्षहरुमा महानगरले नै मञ्च व्यवस्थापनको काम गर्दै आएपनि यो पटक दुवै जना अनुपस्थित थिए । बालेन केही समययता संघीय सरकारसँग असन्तुष्ट थिए । समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक… Continue reading गणतन्त्र दिवस समारोहमा बालेन अनुपस्थित
‘गणतन्त्रमा राजाको शासन जस्तो हुकुम चल्दैन, हामीले अदालतलाई हेप्यौं’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सरकारले दिएको आममाफीबारे खरो आलोचना गरेका छन्। नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले रेशमलाई यसरी माफी दिइनु राजाको शासन नभएको बताए। ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन… Continue reading ‘गणतन्त्रमा राजाको शासन जस्तो हुकुम चल्दैन, हामीले अदालतलाई हेप्यौं’
प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । सो अवसरमा उहाँले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको बताउदै… Continue reading प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ
धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेपालले अमेरिकालाई लेख्यो कुटनीतिक नोट
काठमाडौं । संयुक्त राज्य अमेरिकाको धार्मिक स्वतन्त्रतासम्बन्धी एउटा प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयवस्तुप्रति असहमति जनाउँदै सरकारले अमेरिकालाई कूटनीतिक नोट लेखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिए । प्रचण्डले संसद्लाई गराएको जानकारीअनुसार नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकी प्रतिवेदनप्रति असहमति जनाएको हो। सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक… Continue reading धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेपालले अमेरिकालाई लेख्यो कुटनीतिक नोट
‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित हुनु सामान्य नभएको बताएका छन्।गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संयौं वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य नरहेको बताउँदै आजको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले गणतान्त्रिक व्यवस्था संस्थागत… Continue reading ‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’
संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ… Continue reading संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?
आज गणतन्त्र दिवस, देशभर मनाइंदै
काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना… Continue reading आज गणतन्त्र दिवस, देशभर मनाइंदै
रेशम चौधरी जेलबाट छूटे
काठमाडौं टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय… Continue reading रेशम चौधरी जेलबाट छूटे
काभा महिला भलिबलको उपाधी भारतलाई
काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । आज आइतवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको हो । भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो । योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ… Continue reading काभा महिला भलिबलको उपाधी भारतलाई
८ महिनामा ७४१ जना विदेशीले नेपालमा लिए श्रम स्वीकृति
काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९–८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८–७९ को एक वर्षको अवधिमा कुल… Continue reading ८ महिनामा ७४१ जना विदेशीले नेपालमा लिए श्रम स्वीकृति
नेपालभर साढे १७ हजार किलोमिटर सडक कालोपत्रे
काठमाडौं । नेपालभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएसँगै कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ । २०७८–७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर रहेको थियो । देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ९५६… Continue reading नेपालभर साढे १७ हजार किलोमिटर सडक कालोपत्रे
राष्ट्रपति पौडेलले गरे रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेको रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम… Continue reading राष्ट्रपति पौडेलले गरे रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी
एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान
काठमाडौं । नेकपा (एमाले)ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्प गुच्छासहित सम्मान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनको… Continue reading एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान
नेप्सेमा दोहोरो अंकको करेक्शन, २ अर्ब ६३ करोडको कारोबार
काठमाडौं । लगातार सातौं दिनसम्म बढेको शेयर बजार फेरि ओरालो लागेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७० कम्पनीको २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९रुपैयाँ बराबरको ७० लाख ५० हजार ३९ कित्ता शेयर किनबेच… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्शन, २ अर्ब ६३ करोडको कारोबार
कोसी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ
विराटनगर । प्रदेश नं १ को नाम कोसी प्रदेश राखेको विरुद्धमा प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आजबाट सुरु हुने प्रदेशसभाको बैठकलाई अवरोध गर्ने उद्देश्यले भएको सो आन्दोलनलाई निस्तेज पार्न प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरेको हो । कोसी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार प्रदेशसभा सचिवालय आसपास, देवकोटा चोक… Continue reading कोसी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ
पानीमा खसेको फोन निकाल्न जलाशय सुकाउने कर्मचारी निलम्बित
नयाँ दिल्ली : भारतमा पानीमा खसेको एउटा फोन निकाल्न जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्। सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो। त्यो फोन फेला पर्दा पानी पसेको कारण काम नगर्ने अवस्थामा पुगिसकेको… Continue reading पानीमा खसेको फोन निकाल्न जलाशय सुकाउने कर्मचारी निलम्बित
काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्रो भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आइतबार भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३-१ को सेटले पराजित गरेको हो। डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।… Continue reading काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई आम माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ। मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन्। शुक्रवार राष्ट्रपति पौडेलले चौधरीलाई सजायमाफी दिने गृहको प्रस्तावलाई ‘कानुन अनुसार गर्नु’ भन्दै गृह मन्त्रालयमै फिर्ता गरेका… Continue reading रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
फोन तलाउमा खसेपछि जब जलाशय नै खाली गराइयो…
काठमाडौं । भारतमा एउटा खसेको फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्। सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो। जब त्यो फोन फेला पर्यो पानी पसेका कारण त्यो काम नगर्ने… Continue reading फोन तलाउमा खसेपछि जब जलाशय नै खाली गराइयो…
सडक अलपत्र पार्ने ठेकेदारलाई ललितपुर महानगरको स्पष्टीकरण
काठमाडौं । ललितपुर महानगरपालिकाले सडक कालोपत्र गर्ने ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै महानगरले सडक निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनी बिरूवा कन्स्ट्रक्सन काठमाडौं र सिएम पवित्र महर्जन जेभी ललितपुरलाई सात दिने स्पष्टीकरण सोधेको हो। सडक स्तरोन्नतीको कार्यप्रगती सन्तोषजनक नरहेको विषयमा पटकपटक पत्राचार गरिएको र निर्माण कम्पनी… Continue reading सडक अलपत्र पार्ने ठेकेदारलाई ललितपुर महानगरको स्पष्टीकरण
भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताए। छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या र १९५० को सन्धीबारे के… Continue reading भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री
आज आर्थिक सर्वेषण सार्वजनिक हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश हुँदै छ । दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् । त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने छ ।… Continue reading आज आर्थिक सर्वेषण सार्वजनिक हुने
काभा भलिवल : उपाधीका लागि भारत र कजाखस्तान भिड्दै, नेपाल र उज्वेकिस्तान तेस्रो स्थानलाई भिड्दै
काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ । प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै दुवै टोली फाइनल पुगेका छन् र… Continue reading काभा भलिवल : उपाधीका लागि भारत र कजाखस्तान भिड्दै, नेपाल र उज्वेकिस्तान तेस्रो स्थानलाई भिड्दै