काठमाडौं । चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन्। रेणु दाहाललाई मेयर निर्वाचनमा आच्छुआच्छु पार्दै राष्ट्रिय राजनीति हल्लाउँदै नेपाली कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन् । ‘देशको रूपान्तरणका लागि ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ। रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका… Continue reading रवि लामिछानेलाई जगन्नाथ पौडेलको समर्थन
Author: Vishwanews.com
मन्दिरको घण्टी बजाएर चुनावी अभियानमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबारदेखि आफ्नो चुनावी अभियान थालेका छन् । धर्मपत्नी निकिता पौडेल लामिछानेसंगै चितवनको एउटा मन्दिरमा पुगेर घण्टी बजाएको तस्बिर शेयर गर्दै नेता लामिछानेले लेखेका छन् – ‘चितवनका जनताको साथ र जीतको संकल्पसँगै सुरु गरियो हाम्रो यात्रा ।’ यसअघि उनि यहि निर्वाचन क्षेत्रबाट देशमै सबैभन्दा बढि मतान्तर… Continue reading मन्दिरको घण्टी बजाएर चुनावी अभियानमा
चितवन-२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गरेका छन्। लामिछानेले सोमबार चितवन–२ मा बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए। सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता विवादमा सांसद पद नै जाने गरी फैसला सुनाएको थियो । उनले… Continue reading चितवन-२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता
रुसी सेनाका ब्लगरको विष्फोटमा परी ज्यान गयो
काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा भएको विस्फोटमा सेनाका प्रमुख ब्लगरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा २५ जना घाइते भएका छन् । विस्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले लेखेको छ । सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो । तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो… Continue reading रुसी सेनाका ब्लगरको विष्फोटमा परी ज्यान गयो
विश्वकपमा पुग्न वेस्ट इण्डिज र श्रीलंकाले पनि नेपाल सम्मिलित क्वालिफायर खेल्नु पर्ने
काठमाडौं । दुई पटकको वानडे विश्वकप क्रिकेट विजेता वेष्ट इन्डिजले यसै वर्ष भारतमा हुने वान डे विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ । यसअघि श्रीलंका समेत क्वालिफायर खेल्नु पर्ने गरी घटुवा भएको थियो । अब आयरल्याण्ड र दक्षिण अफ्रिकामध्ये एक ठूलो टीम क्वालिफायर खेल्न आउनु पर्नेछ । आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र… Continue reading विश्वकपमा पुग्न वेस्ट इण्डिज र श्रीलंकाले पनि नेपाल सम्मिलित क्वालिफायर खेल्नु पर्ने
जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत
काठमाडौं । सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। घरमा कसैलाई फ्लु लागे वा… Continue reading जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत
उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्याउने भर्याङ बन्यो : भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्न लागेको बताएका छन् । अध्यक्ष भट्टराईले ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड भएको बताएका हुन् । उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने… Continue reading उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्याउने भर्याङ बन्यो : भट्टराई
एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी… Continue reading एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु
उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता
काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको छ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी… Continue reading उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता
हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने
काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । तिब्बतसँग जोडिएका… Continue reading हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने
कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले १० वैशाखमा हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने संकेत गरेका छन् ।आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताले १० वैशाखको उपनिर्वाचनमा सहयोग गरेमा कारबाही फिर्ता गर्न सक्ने निर्णय गरेको छ ।… Continue reading कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति
पूर्वनासु घिमिरेविरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा (नासु) रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा घिमिरेले २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँमा अकुत आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो। २०५२ कात्तिक २८ देखि सार्वजनिक… Continue reading पूर्वनासु घिमिरेविरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा
स्वर्णिम वाग्लेलाई हराउने जिम्मा गगन थापाको काँधमा
काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा दिएको छ । सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन् ।कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ ।
नयाँ अर्थमन्त्रीलाई शेयर बजारको रातो झण्डा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतलाई शेयर बजारले रातो झण्डासहित स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजारले आजपनि उही गतिमा रहेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २० अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको १… Continue reading नयाँ अर्थमन्त्रीलाई शेयर बजारको रातो झण्डा
सांसद डाँगीको प्रश्न – ‘आन्तरिक उत्पादन बढाउन के निती छ’ ?
काठमाडौं । आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले टुथपिक र ट्वाइलेट पेपर आयातमा ४१ करोड बाहिरियो, आन्तरिक उत्पादन बढाउन के निती छ भन्दै प्रश्न गरेकी छिन् । सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने माग गरेकी हुन् । ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात… Continue reading सांसद डाँगीको प्रश्न – ‘आन्तरिक उत्पादन बढाउन के निती छ’ ?
बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेस आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो । बारामा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेल र जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई… Continue reading बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय
इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?
काठमाडौं । आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई इटलीमा प्रतिबन्ध लगाइएको छ । इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको बीबीसीमा समाचार छ । ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ। इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ। गत नोभेम्बरमा सुरु भएको… Continue reading इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?
गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु
काठमाडौं । हिमाल आरोहणमा जानेबाहेक पथप्रदर्शकबिना पदयात्रामा एक्लै वा समूहमा जान नपाइने नियम कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्यविधिको शुभारम्भ गरे । यससँगै अब पदयात्रामा जान अनिवार्य पथप्रदर्शक चाहिने भएको छ । यस्ता पर्यटकसँग सम्बन्धित कम्पनीले टिम्स कार्ड पनि दिनुपर्छ । पदयात्रालाई सुरक्षित बनाउन… Continue reading गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु
मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउन सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा अहिले रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी पहिले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि काठमाडौं उपत्यकाका अरु… Continue reading मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी
जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो
काठमाडौं । जापानले राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर बढाएको छ । साविकमा ६० वर्ष रहेको निवृत्त हुने उमेर बढाएर ६१ वर्ष पुर्याइएको छ । अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न सहयोग पुग्ने विश्वास जापानको छ । जापानले आगामी सन् २०३१ सम्ममा अवकाश… Continue reading जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो
पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेट सम्बन्धी समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार जारी छ । राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ । पौडेल गत… Continue reading पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना
कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी बोलाइएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने… Continue reading कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?
सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति जुटेको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको हो । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुकरकागजात बनाउने, ऋणीको जायजेथा आफ्नो… Continue reading सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता
एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने
काठमाडौं । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन् । नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गत… Continue reading एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने
भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली
काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलसँग वार्ता गर्न एमालले वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो। उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्। वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर… Continue reading भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली
सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय लिने भएको छ । १० वैशाखमा उपचुनाव हुँदैछ । पार्टीका सभापति रवि लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए । प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको… Continue reading सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने
रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने… Continue reading रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित
भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो
मध्यप्रदेश । भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । बिहीबार रामनवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो । मन्दिर इनारमाथि निर्माण गरिएको थियो । अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ… Continue reading भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो
रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा
काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले… Continue reading रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस्तै उच्च पहाडी… Continue reading कस्तो रहनेछ आजको मौसम ?