काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे… Continue reading मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा
Author: Vishwanews.com
सत्ता गठबन्धनमा भागबन्डाको सहमति, कसले कति मन्त्रालय पाउने ?
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको नेताहरुले जनाएका छन् । बिहीबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति समेत जुटेको छ । अब सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिने भएका छन् । राष्ट्रिय जनमोर्चाबाहेकका सबै… Continue reading सत्ता गठबन्धनमा भागबन्डाको सहमति, कसले कति मन्त्रालय पाउने ?
नेपालमा बढ्न थाल्यो कोरोना, तयारी फितलो
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो क्रममा रहेको छ । त पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ। हाल देशभर १०३ जना कोरोनाका सक्रिय संक्रमित रहेको… Continue reading नेपालमा बढ्न थाल्यो कोरोना, तयारी फितलो
चिनियाँको ठगी धन्दा, चार नेपाली युवती पनि संलग्न
काठमाडौं । अनलाइन ठगीमा संलग्न चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको १९ जनामध्ये नौ जना चिनियाँ र १० जना नेपाली हुन् । तीमध्ये चार जना नेपाली युवती रहेको बताइएको छ । उनिहरुलाई ठगीमा प्रयोग भएको उपकरणसहित बूढानीलकण्ठ नगरपालिकाको महादेवखोला र काठमाडौं महानगरको चण्डोलबाट पक्राउ गरेको… Continue reading चिनियाँको ठगी धन्दा, चार नेपाली युवती पनि संलग्न
बालेनलाई प्रचण्डले भने-‘मेरो नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्षसम्म जाने बताएका छन्। काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने थियो भन्ने जवाफ फर्काउँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे । ‘बालेनजीले अघि आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको… Continue reading बालेनलाई प्रचण्डले भने-‘मेरो नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ’
सेतो मच्छिन्द्रनाथको रथयात्रा, यी रुटमा सवारी साधन निषेध
काठमाडौं । काठमाडौंमा पाँच दिनसम्म चल्ने सेतो मत्स्येन्द्रनाथको रथायात्रा (रथजात्रा) आजबाट सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । बुधबार दिउँसो चार बजे मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म र साँझ पाँचदेखि साढे ६ सम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथ तानेर जात्रा सुरु गरिनेछ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत… Continue reading सेतो मच्छिन्द्रनाथको रथयात्रा, यी रुटमा सवारी साधन निषेध
गुरुराज घिमिरेले गरे कांग्रेस परित्यागको संकेत
काठमाडौं । कांग्रेसमा संस्थापनइतर समूहबाट राजनीति गरिरहेका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेस परित्यागको संकेत गरेका छन् । कांग्रेसभित्रका वैचारिक नेताका रुपमा चिनिने घिमिरेले फेसबुकमा लेखेका छन्-‘नयाँ वर्षमा नयाँ राजनीतिक निर्णय !,’राजनीति नयाँ शिराबाट ! परम्परागत राजनीतिको अन्त्य !’ उनले गर्ने नयाँ निर्णयबारे भने प्रष्ट पारेका छैनन् । ०५९ सालदेखि ०६१ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष… Continue reading गुरुराज घिमिरेले गरे कांग्रेस परित्यागको संकेत
माओवादीका शिवचन्द्र जनमत पार्टीमा प्रवेश, बारा-२ बाट चुनाव लड्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमत पार्टी प्रवेश गरेका कुसवाहलाई अध्यक्ष सिके राउतले स्वागत गरे । जनमत पार्टीले बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउन कुशवाहालाई पार्टीमा भित्र्याएको हो । कुसवाहा गत मंसिर ४ गते भएको… Continue reading माओवादीका शिवचन्द्र जनमत पार्टीमा प्रवेश, बारा-२ बाट चुनाव लड्ने
बालेनको गुनासो-‘सरकार टिकिरहे स्थानीय तहलाई सजिलो हुन्थ्यो’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको गुनासो गरेका छन् । काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए । शाहले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय… Continue reading बालेनको गुनासो-‘सरकार टिकिरहे स्थानीय तहलाई सजिलो हुन्थ्यो’
भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका
काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह ‘फरार’ भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेपाल छोडेर अन्यत्र जान नदिन भारतले नेपाली पक्षलाई पत्राचार गरेको बीबीसीले लेखेको छ । नेपालको अध्यागमन विभागका एक अधिकारीका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै… Continue reading भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका
श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु
काठमाडौं । सरकारले बुधवारबाट निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत… Continue reading श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु
सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड
काठमाडौं । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले जानकारी दिए । “टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट निर्मातालाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न… Continue reading सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड
आज चैते दशैं, देशभर मनाईंदै
काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं… Continue reading आज चैते दशैं, देशभर मनाईंदै
सत्ता गठबन्धनको बैठक आज पनि
काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ । हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय… Continue reading सत्ता गठबन्धनको बैठक आज पनि
मध्यरातमा ताप्लेजुङमा भूकम्प
काठमाडौं । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर मध्यरात िभूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएरनपुर्याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु… Continue reading मध्यरातमा ताप्लेजुङमा भूकम्प
ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु
काठमाडौं । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४… Continue reading ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु
महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्। जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बताए।दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। उपकुलपति रेग्मीले दत्तको राजीनामा… Continue reading महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा
भुटानले नेपाललाई बराबरीमा रोक्यो, नेपाल र लाओस फाइनलमा भिड्ने
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानले नेपाललाई बराबरीमा रोकेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १–० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको… Continue reading भुटानले नेपाललाई बराबरीमा रोक्यो, नेपाल र लाओस फाइनलमा भिड्ने
साझेदार दलको बैठकमा गएन रास्वपा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रालयको बाँडफाँट टुंग्याउने सत्ता साझेदार दलहरुको बैठकमा भने अनुपस्थित भएको छ। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट… Continue reading साझेदार दलको बैठकमा गएन रास्वपा
मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । मिटरब्याजलाई सरकारले अपराधको परिभाषाभित्र राख्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता… Continue reading मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर छुटे
काठमाडौं । चैत ७ गते बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ युवा धरौटी बुझाएर छुटेका छन् । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए। प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका… Continue reading प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर छुटे
जसपा अशोक राईको नेतृत्वमा सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टीले दुई मन्त्रालय पाउने भएको छ । अर्को मन्त्री भने मधेसबाट पठाउने तयारी थालेको छ । यसरी मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् ।
मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन
काठमाडौं । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् । गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजक तोकिएको छ । टोलीमा गृह मन्त्रालयकै उपसचिव… Continue reading मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन
ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी
काठमाडौं । मिटर ब्याज पीडितले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने भन्दै विरोध गरेका हुन् । टंगालबाट फर्किएर धर्नाबस्न माइतीघर मण्डलामा पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए । न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज… Continue reading ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी
जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध
काठमाडौं । सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ । ‘सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,’ जर्मनीको… Continue reading जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध
म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी
काठमाडौं । म्यान्मारको सैन्य सरकारका प्रमुखले देशभित्र सशस्त्र प्रतिरोध गरिरहेका समूहहरूको गतिविधिलाई “आतङ्कू को सङ्ज्ञा दिँदै उनीहरूमाथि निर्णायक कारबाही गर्ने घोषणा गरेका छन्। सेनाप्रमुख मिन ओङ ह्लाइङले म्यान्मारमा मानवाधिकारको अवस्थाबारे प्रश्न उठाउने देशहरूलाई पनि आतङ्कको मतियार भएको आरोप लगाएका छन्। एउटा दुर्लभ भाषणामा उनले ती देशहरूले बरु सेनालाई म्यान्मारको मौलिक प्रजातन्त्रलाई एउटा स्वरूप दिन सघाउनुपर्ने… Continue reading म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी
नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण
काठमाडौं । शून्यमा झरेको कोरोना सङ्क्रमण नेपालमा पुनः बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न… Continue reading नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण
सत्ता गठबन्धनको बैठक आज
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारीसमेत गरेका… Continue reading सत्ता गठबन्धनको बैठक आज
प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो । नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले… Continue reading प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै
अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित कम्तिमा ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ… Continue reading अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु