निर्वाचन ७७ दिन बाँकी : नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ, ३ पुस । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका… Continue reading निर्वाचन ७७ दिन बाँकी : नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीले दिने भयो साढे १४ अर्ब ऋण

नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन तथा हस्तान्तरण र सेवा प्रवाह कार्यक्रमको उप कार्यक्रम-२ सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षरपछि पत्र आदानप्रदान गर्नुहुँदै अर्थ सचिव डा घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वा । तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौँ, ३ पुसः नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक ९एडिबी० ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको हो… Continue reading वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीले दिने भयो साढे १४ अर्ब ऋण

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

File (AP Photo/Evan Vucci)

वासिङ्टन, ३ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा… Continue reading ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली, ३ पुुस । चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ । यहाँको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् । त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुुसार… Continue reading त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, नेताहरुलाई बयानमा बोलाउने तयारी

rss

काठमाडौँ, २ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटका क्रममा आयोगका पदाधिकारीले एक महिना आयोगको म्याद थप गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीसँग छलफलका लागि समय… Continue reading प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, नेताहरुलाई बयानमा बोलाउने तयारी

नेपालको एपिएफ क्लब साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

RSS

काठमाडौँ, २ पुस । राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको एपिएफ क्लब समूह उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी बराबरी खेलसँगैँ इस्ट बङ्गाल पनि समूह विजेता… Continue reading नेपालको एपिएफ क्लब साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

तत्कालीन सचिव र सहसचिव कार्कीसहित चार विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २ पुस । तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले नेपाल ट्रस्टको जग्गा प्रकरणमा उहाँहरू तीन जना र एक कम्पनीविरुद्ध जिल्ला अदालतमा… Continue reading तत्कालीन सचिव र सहसचिव कार्कीसहित चार विरुद्ध भ्रष्टाचार मुद्दा

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

राष्ट्रिय समाचार समितिकाठमाडौँ, २ पुस । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बिमा दाबीको करिब रू २३ अर्ब ४५ करोड… Continue reading जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

भैरहवाबाट जहाज चढेर कतार उडे खगेन्द्र प्रसाद र रुद्रकली (फोटो फिचर)

चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई आज विमानमार्फत कतार पठाइँदै । तस्बिर : मनोज क्षेत्री/रासस

२ पुस, काठमाडौं । नेपाल सरकारले उपहार स्वरुप प्रदान गरेका जोडी हात्ती (खगेन्द्रप्रसाद र रुद्रकली) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उडेका छन् । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार उडाइएको हो । दुई हात्ती मंगलबार चितवनबाट भैरहवा ल्याइएको हो… Continue reading भैरहवाबाट जहाज चढेर कतार उडे खगेन्द्र प्रसाद र रुद्रकली (फोटो फिचर)

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको बिदाई भेट

काठमाडौं, २ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर आज प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो… Continue reading प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको बिदाई भेट

एमालेमा मतदान सुस्त : दिनभरमा ८ सयले मात्र गरे भोट

काठमाडौँको भृकुटीमण्डपमा बुधबार नेकपा(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन स्थलमा देखिएको चहलपहल ।तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा अहिले ५ः०० बजेसम्म ८०२ जनाले मतदान गरिसक्नुभएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको हो । उनले मतदानमा मतदाताले… Continue reading एमालेमा मतदान सुस्त : दिनभरमा ८ सयले मात्र गरे भोट

एमाले महाधिवेशन : मतदान सुरु

काठमाडौँ, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८०… Continue reading एमाले महाधिवेशन : मतदान सुरु

यस्तो छ आजको मौसम पूर्वानुमान

तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

काठमाडौँ, २ पुस : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छभने राति कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

निर्वाचन ७८ दिन बाँकी : दल र उम्मेदवारले १० मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौँ, २ पुस । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस… Continue reading निर्वाचन ७८ दिन बाँकी : दल र उम्मेदवारले १० मात्रै झण्डा प्रयोग गर्न सक्ने

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

किमाथाङ्का (सङ्खुवासभा), २ पुस । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट… Continue reading माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ, २ पुस । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा… Continue reading एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारको निर्णय

वैदेशिक रोजगारीमा हुने ठगीबाट बचाउन श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

तस्बिरः किरणराज विष्ट\रासस

काठमाडौँ, २ पुसः वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउने सन्र्दभमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याइने… Continue reading वैदेशिक रोजगारीमा हुने ठगीबाट बचाउन श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

……अनि मनभरि आशा बोकेर सिंहदबार छिर्नुभयो जयलाल

मधु शाही–रासस काठमाडौँ, २ पुसः एक हातमा कागजपत्र अर्को हातमा नाति । मलिन अनुहारले नै भनिरहेको थियो, उहाँ कुनै समस्यासँग जुधिरहनुभएको छ । मङ्गलबार सिंहदरबारको गेटमा देखिनुभएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति माग्नुभयो, “मभित्र जानुछ हजुर १ मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर भित्र नगई भएको छैन ।” प्रहरीलाई बिरामी नातिको… Continue reading ……अनि मनभरि आशा बोकेर सिंहदबार छिर्नुभयो जयलाल

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौँ, २ पुस । चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ ।क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजना र रत्ननगर नगरपालिकाको संरक्षकत्वमा महोत्सव हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विश्व सम्पदामा सूचीकृत… Continue reading पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

मकवानपुरमा मजदुर चढेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, १९ घाइते

बागमती, २ पुस : मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता… Continue reading मकवानपुरमा मजदुर चढेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, १९ घाइते

निर्वाचन तयारीका ७० प्रतिशत काम सम्पन्न

काठमाडौँ, १ पुसः निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि… Continue reading निर्वाचन तयारीका ७० प्रतिशत काम सम्पन्न

पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बोलाउने तयारी

काठमाडौँ, १ पुस । राष्ट्रियसभाको बैठक यही पुस दोस्रो साता बस्ने भएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बोलाउने तयारी भइरहेको र पुस दोस्रो साता वा १२ गतेभित्रै बस्ने जानकारी दिए । उनले भने, “मैले ठेकेदारलाई जतिसक्दो चाँडो काम पूरा गर्नु भनेको छु,… Continue reading पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बोलाउने तयारी

सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ, १ पुसः सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले भने, “सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी… Continue reading सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो

स्केच साभार : हिमाल खबर

मोहम्मद सदरुल–राससविराटनगर, १ पुसः सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारी १० वर्ष खाडीमुलुक कुवेतको एक घरमा श्रम गरेर फर्किनुभयो, तर घर फर्केपछि उहाँले चरम सङ्घर्ष गर्नुप¥यो । घरपरिवार र समाजले हेर्ने दृष्टिकोण सहज नहुँदा अन्तर्जातीय विवाह गरेकी सकुन्तलाले मानसिक तनावमा जीवन बिताउनुपरेको थियो । मोरङ केराबारी–१० की जीवनकुमारी राई पटकपटक वैदेशिक रोजगारमा जानुभयो । कमाइ… Continue reading वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो

एमाले महाधिवेशन : मतदान बुधबार बिहान

काठमाडौँको भृकुटीमण्डपमा मङ्गलबार जारी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार द्वय केपी शर्मा ओली र ईश्वर पोखरेल भलाकुसारी गर्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ, १ पुस । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान बुधबार बिहान हुने भएको छ । आज साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ः०० बजेदेखि मतदान हुने छ । “विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि… Continue reading एमाले महाधिवेशन : मतदान बुधबार बिहान

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष लामा पक्राउ, के हो कसुर ?

काठमाडौँ, १ पुसः विष्फोटक पदार्थसम्बन्धी कसुरका प्रतिवादी कुमार, विश्वक्रान्ति र देवराज लामा भन्ने राजकुमार तामाङ लामालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामालाई २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएको घटनामा… Continue reading हर्क साम्पाङको पार्टीका उपाध्यक्ष लामा पक्राउ, के हो कसुर ?

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ, १ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड ४३ लाख बराबर मात्रै पुँजीगत खर्च भएको छ । यसवर्षका लागि… Continue reading पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौँ, १ पुस : काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो । तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगार्इंको… Continue reading काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

काठमाडौँ १ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट… Continue reading राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

चितवन, १ पुस । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण… Continue reading एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै