इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

File : (260311) -- BANGKOK, March 11, 2026 (Xinhua) -- A fire breaks out on a Thai cargo ship after it was struck in the Strait of Hormuz on March 11, 2026. A Thai cargo ship came under attack on Wednesday while sailing in the Strait of Hormuz, said the Royal Thai Navy. So far, 20 crew members have been rescued and taken to Oman for settlement. (Royal Thai Navy/Handout via Xinhua)

ब्रसेल्स, २७ चैत (रासस–एएफपी) । इयुले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनको स्वतन्त्रता ‘कुनै पनि भुक्तानी बिना’ सुनिश्चित गरिनु पर्ने बताएको छ । इरानले जहाजहरू प्रवेश गर्न अनुमति दिन भुक्तानीका लागि सुझाव दिएपछि इयुको उक्त भनाइ सार्वजनिक भएको हो । इरान र संयुक्त राज्य अमेरिकाले एक महिनाभन्दा लामो तनावपछि दुई हप्ताको युद्धविरामको घोषणा गरेपछि वार्ता सुरु… Continue reading इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

बिस्काः नौ दिन आठ रात जात्रा

लक्ष्मी गारु\राससभादगाउँ (भक्तपुर), २७ चैतः भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पु¥याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथको… Continue reading बिस्काः नौ दिन आठ रात जात्रा

बेनीमा ‘वडा पर्यटन परियोजना’ कार्यान्वयनमा

म्याग्दी, २७ चैत । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताए । “म्याग्दी… Continue reading बेनीमा ‘वडा पर्यटन परियोजना’ कार्यान्वयनमा

वनमा आगो लगाएको कसुरमा नुवाकोट अदालतमा मुद्दा दायर

file

त्रिशूली (नुवाकोट), २७ चैतः सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए । उनका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित… Continue reading वनमा आगो लगाएको कसुरमा नुवाकोट अदालतमा मुद्दा दायर

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

file

राँझा (बाँके), २७ चैतः नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको होे । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी आवागमनमा थप सहजता हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी… Continue reading हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

राससभोजपुर, २६ चैतः वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ । यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आनन्द दिइरहेको… Continue reading ‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

काठमाडौँ, २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका छन् । त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ… Continue reading राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी, २७ चैत । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुटबाहेकका काम निर्धारित समयमै सकिने बताए । कुल ३८.७१ किलोटोमिटर दूरीको… Continue reading पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

काठमाडौँ, २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर… Continue reading पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार… Continue reading पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार

काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त… Continue reading प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार

सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

RSS

काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको… Continue reading सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

सभामुखले लिए बुढीगण्डकी आयोजनाबारे चासो

काठमाडौँ, २६ चैतः सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए । सभामुख अर्यालले भने, “यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित… Continue reading सभामुखले लिए बुढीगण्डकी आयोजनाबारे चासो

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं, २६ चैतः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ । नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले आज विज्ञप्ति जारी गर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न चुनौती उत्पन्न गरेको उल्लेख… Continue reading दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा

RSS

काठमाडौँ, २६ चैतः पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ । तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको… Continue reading पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा

एमआरपी र लेबल अनिवार्य गर्न निर्देशन

काठमाडौँ, २६ चैत । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै सबै सरोकारवालालाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सूचनाअनुसार विदेशबाट आयात हुने वस्तुमा आयातकर्ताको विवरणसहित एमआरपी उल्लेख… Continue reading एमआरपी र लेबल अनिवार्य गर्न निर्देशन

नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ, २६ चैतः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर… Continue reading नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक

यस आधारमा रिहा भए अध्यक्ष ओली र नेता लेखक

काठमाडौं, २६ चैतः प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको राससलाई बताए । गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको… Continue reading यस आधारमा रिहा भए अध्यक्ष ओली र नेता लेखक

हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

rss

काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन् । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आज रिहा भएका थिए । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए । अध्यक्ष… Continue reading हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षिय रुबीले उच्दैछिन इतिहास

तस्बिरः गोपाल दाहाल\रासस

काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ । उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहेका छन् । प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ। लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि… Continue reading उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षिय रुबीले उच्दैछिन इतिहास

१३ दिनमै पदमुक्त भए श्रममन्त्री साह, के थियो कारण ?

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गर्नुभएको हो । लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बिमा बोर्डको सदस्य रहेकी मन्त्री साहकी श्रीमतिलाई साह मन्त्री भएपछि पदीय मर्यादाको दुरुपयोग गरी पुनः नियमित… Continue reading १३ दिनमै पदमुक्त भए श्रममन्त्री साह, के थियो कारण ?

बसको ठक्करबाट युवतीको मृत्यु

चितवन, २६ चैतः माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छिन् । भरतपुरबाट माडी–ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०२०४ नम्बरको बसले पैदलयात्री परियारलाई घर नजिकै ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ठक्करबाट परियारको घटनास्थलमै… Continue reading बसको ठक्करबाट युवतीको मृत्यु

सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

गोलबजार (सिरहा), २६ चैत । यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको… Continue reading सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते

कञ्चनपुर, २६ चैत । यहाँको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । आज साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिए… Continue reading कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते

वाङ यीको उत्तर कोरिया भ्रमणः चीन–प्योङयाङ सम्बन्ध सुदृढ गर्ने कदम

बेइजिङ, २६ चैत (रासस–एएफपी) । चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यीले यस बिहीबार उत्तर कोरियाको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले जनाएको छ । उनको भ्रमण छिमेकी देशहरूबीच रणनीतिक सम्बन्ध सुदृढ गर्ने र द्विपक्षीय सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आयोजना गरिएको हो । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र राजनीतिक, कूटनीतिक तथा आर्थिक सहयोगको… Continue reading वाङ यीको उत्तर कोरिया भ्रमणः चीन–प्योङयाङ सम्बन्ध सुदृढ गर्ने कदम

संयुक्त राष्ट्रले शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

संयुक्त राष्ट्र, २६ चैत (रासस–सिन्ह्वा) । लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण इजरायली आक्रमण र हिजबुल्लाहको विस्फोट भएको संयुक्त राष्ट्रले जनाएको छ । संयुक्त राष्ट्र अस्थायी बल लेबनानले (युनिफिल) आफ्नो अनुसन्धानको निष्कर्ष इन्डोनेसिया, इजरायल र लेबनान सरकारसँग साझा गरेको छ । संयुक्त राष्ट महासचिवका मुख्य प्रवक्ता स्टेफान डुजारिकका अनुसार, घटनाको प्रारम्भिक… Continue reading संयुक्त राष्ट्रले शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

अन्तरिक्ष यात्राका लागि रुसको नयाँ प्रविधि परीक्षणमा

File (AP Photo/Eric Gay)

मस्को, २६ चैत (रासस–सिन्ह्वा) । रुसले अन्तरिक्ष यात्राका लागि विकसित गरिएको नयाँ विद्युतीय इन्जिनको नमुना परीक्षण सुरु गरेको छ । राष्ट्रिय अनुसन्धान केन्द्रले जनाएको अनुसार, यो इन्जिन विशेष रूपमा अन्तरिक्षको वातावरण जस्तै अवस्था सिर्जना गरिएको प्रयोगशालामा परीक्षण भइरहेको छ । उक्त केन्द्रका अध्यक्ष मिखाइल कोभाल्चुकले मंगलबार विज्ञान प्रतिष्ठानको बैठकमा यसबारे जानकारी दिएका छन् । उनका… Continue reading अन्तरिक्ष यात्राका लागि रुसको नयाँ प्रविधि परीक्षणमा

जापानमा टायर र पाट्र्स मूल्य वृद्धि, उत्पादन प्रभावित

File : High-rise buildings are seen in the Shinjuku business area of Tokyo on December 8, 2025. (Photo by Kazuhiro NOGI / AFP)

टोकियो, २६ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्वमा सुरु भएको द्वन्द्वले एक महिना नबित्दै जापानको गाडी उद्योगमा प्रभाव बढाएको छ । साथै, ढुवानीमा अवरोधले यस क्षेत्रमा उत्पादन गर्ने गाडी कारखानाहरूलाई बन्द गर्न बाध्य बनाएको छ । व्यापार अनुसन्धान कम्पनीका तथ्याङ्क अनुसार, मार्च महिनामा पेट्रोलियम उत्पादनको आयात करिब ३० प्रतिशतले घटेको थियो । रासायनिक उद्योगको लागि महत्त्वपूर्ण कच्चा… Continue reading जापानमा टायर र पाट्र्स मूल्य वृद्धि, उत्पादन प्रभावित

मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न

In this image provided by NASA, the Artemis II crew captured this view of the Earth next to the Moon before Earthset during a lunar flyby, Monday, April 6, 2026. NASA via AP)

लस एन्जेलस, २६ चैत (रासस–सिन्ह्वा) । अमेरिकी राष्ट्रिय अन्तरिक्ष संस्थाको हालको चन्द्रमाको उडानमा सहभागी चालक दलले मङ्गलबार १० दिने यात्रा समाप्त गर्दै फिर्तीको चरण सुरु गरेको छ । यसैबीच, अन्तरिक्ष संस्थाले सोमबार चन्द्रमाको नजिकको उडानमा खिचिएका पहिलो तस्वीरहरू सार्वजनिक गरेको छ र क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा अप्रिल १० मा अन्तरिक्ष यानको अवतरण हुने… Continue reading मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न

अष्ट्रेलियामा मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउने नयाँ नीति सार्वजनिक

File : (Lukas Coch/AAP Image via AP)

मेलबर्न, २६ चैत (रासस–एएफपी) । अष्ट्रेलियाले युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न पहिलो पटक चिकित्सकीय अभ्याससम्बन्धी मार्गदर्शन जारी गरेको छ । देशभर आत्महानिको उद्देश्यले अस्पताल भर्ना हुने घटनाहरू बढ्दै गएपछि यस्तो कदम चालिएको हो । अष्ट्रेलियाको एक प्रमुख अनुसन्धान संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार, नयाँ मार्गदर्शनले स्वास्थ्यकर्मीहरूलाई १९ वर्षसम्मका युवाहरूमा देखिने मानसिक स्वास्थ्य समस्याहरू… Continue reading अष्ट्रेलियामा मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउने नयाँ नीति सार्वजनिक