इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

File : (260411) -- ISLAMABAD, April 11, 2026 (Xinhua) -- Pakistani Prime Minister Shehbaz Sharif (R) meets with Iranian Parliament Speaker Mohammad Bagher Ghalibaf in Islamabad, Pakistan, on April 11, 2026. (Xinhua)

तेहरान, २८ चैत (रासस–एएफपी) । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन लागेको वार्तामा इजरायलको हितलाई अमेरिकाले प्राथमिकता दिए कुनै सम्झौता नहुने चेतावनी दिएका छन् । “यदि हामीले ‘इजरायल प्रथम’ को पक्षमा प्रतिनिधिहरूले आवाज उठाएमा इस्लामावादमा कुनै सम्झौता हुनेछैन। हामी अनिवार्य रूपमा हाम्रो प्रतिरक्षालाई पहिलेको भन्दा अझ जोडतोडका साथ जारी राख्नेछौँ र विश्वले ठूलो… Continue reading इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली (नुवाकोट), २८ चैत । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुए । सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय… Continue reading नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, २९ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका छन् । मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले… Continue reading वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

RSS

प्रकाश सिलवाल–राससकाठमाडौँ, २८ चैतः प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त गरेको छ । अधिवेशनले प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुवीकुमारी ठाकुर तथा राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारीलाई निर्वाचित गरेको छ । दुवै सदनको अधिवेशनको अन्तिम बैठकमा संयुक्त र एकल समितिहरूमा सदस्यहरूको मनोनयन गरेको छ । समितिहरूको मनोनयन भएकाले अब… Continue reading प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

इस्टर अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

File : President Donald Trump and Ukraine's President Volodymyr Zelenskyy shake hands at the start of a joint news conference following a meeting at Trump's Mar-a-Lago club, Sunday, Dec. 28, 2025, in Palm Beach, Fla. (AP Photo/Alex Brandon)

किएभ, २८ चैत (रासस–एएफपी) । चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबीच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसकेको सन्दर्भमा यो कदमलाई मानवीय राहतको सानो तर महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ । क्रेमलिनले जारी गरेको निर्देशनअनुसार… Continue reading इस्टर अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौँ, २८ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुरुप कार्यविधि जारी गरेको हो । कार्यविधिअनुसार अस्पतालले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रुपमा उपलब्ध गराउनुपर्ने… Continue reading अस्पताल सेवा सुधार कार्यविधि जारी

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

In this photo released by the Pakistan Foreign Ministry, Iran's Parliament Speaker Mohammad Bagher Qalibaf, center right, and Iran's Foreign Minister Abbas Araghchi, center left, are greeted by Pakistan Foreign Minister Ishaq Dar, right, and Army Chief Field Marshal Gen. Asim Munir, left, upon their arrival at Nur Khan airbase in Rawalpindi, Pakistan, Saturday, April 11, 2026. (Pakistan Ministry of Foreign Affairs via AP)

इस्लामाबाद, २८ चैत (रासस–एपी) । मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएको छ । एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन् । यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल यस वार्तामा… Continue reading पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

file

काठमाडौँ, २८ चैतः अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट… Continue reading वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

एक हजार सात सय बढी कारबाहीमा

काठमाडौँ, २८ चैतः बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक… Continue reading एक हजार सात सय बढी कारबाहीमा

लागुऔषधसहित पाँच जना पक्राउ

file

काठमाडौँ, २८ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट लागुऔषध खैरो हेरोइन, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना… Continue reading लागुऔषधसहित पाँच जना पक्राउ

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

In this photo provided by NASA, a helicopter lifts up one of the astronauts from Artemis II after splashdown in the Pacific Ocean off the coast of California, Friday, April 10, 2026. (Joel Kowsky/NASA via AP)

ह्युस्टन, २८ चैत (रासस–एपी) । आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ । अत्यन्त जोखिमपूर्ण पुनःप्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय सुरु गर्ने मार्ग पनि तयार पारे । करिब… Continue reading चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

file

काठमाडौँ, २८ चैतः सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन आवश्यकताअनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको… Continue reading चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

मनोरञ्जन क्षेत्रको व्यवस्थापनका लागि अनुगमन निर्देशिका कार्यान्वयन गर्न माग

काठमाडौँ, २८ चैतः मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकको हकहित र मर्यादित श्रमसम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ । विश्वास नेपालद्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा सरोकार भएकाले मापदण्ड कार्यान्वयनका लागि विगत पाँच वर्षदेखि आवाज उठे पनि सुनुवाइ हुन नसकेको जनाउँदै कार्यान्वयनका लािग गम्भीर बन्न तीनै तहका सरकारलाई आग्रह गरेका… Continue reading मनोरञ्जन क्षेत्रको व्यवस्थापनका लागि अनुगमन निर्देशिका कार्यान्वयन गर्न माग

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौँ, २८ चैतः सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ । कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक… Continue reading ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

काठमाडौँ, २८ चैतः ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ । टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समितिका सहसंयोजक गणेशमान श्रेष्ठले जात्रालाई… Continue reading टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

बजार अनुमगन जारी : ५६ फर्ममा अनुमगन

काठमाडौँ, २८ चैतः बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारवाही गरिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले… Continue reading बजार अनुमगन जारी : ५६ फर्ममा अनुमगन

पूर्वाधार पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्योदय हेर्न आकर्षकस्थल

म्याग्दी, २८ चैतः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले सोवाङधुरी ओझेलमा परेको चिमखोलाका बासिन्दा तारा गर्बुजा पुनले बताए । “चिमखोलादेखि सोवाङ धुरी जोड्ने दुई वर्षअघि पहिचान… Continue reading पूर्वाधार पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्योदय हेर्न आकर्षकस्थल

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २८ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान… Continue reading पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

rss

काठमाडौँ, २७ चैत । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराए । गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित छन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट… Continue reading नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने

RSS

काठमाडौँ, २७ चैत । सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरणसम्बन्धी स्वचालित प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयद्वारा तयार गरिएको ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गरे । यस प्रणालीमार्फत सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी, निजामती,… Continue reading अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने

प्रतिनिधिसभाद्वारा विभिन्न समितिमा सदस्य मनोनयन

तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, २७ चैतः प्रतिनिभिसभाका विभिन्न समितिमा सदस्यहरू मनोनयन भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले गरेको मनोनयनसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकार गरेको छ । संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम निकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भीष्मराज आङदेम्बे, मधु चौलागाईँ, रञ्जु दर्शना, राजीव खत्री, लेखजङ्ग कार्की र वर्षामान पुन… Continue reading प्रतिनिधिसभाद्वारा विभिन्न समितिमा सदस्य मनोनयन

संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

rss

काठमाडौँ, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले भने, “वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्त्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । यही अवस्थाबाट वर्तमान… Continue reading संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

उपसभामुख ठाकुरलाई प्रतिपक्षी दलले समेत गरे समर्थन

तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, २७ चैतः प्रतिपक्ष दलले प्रतिनिधिसभाको उपसभामुख श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् । सभाको आजको बैठकमा उपसभामुख पदका उम्मदेवारको प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका बासना थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रमेश मल्लले वर्तमान राजनीतिक प्रणालीको पक्षधर तथा मधेसी समुदायको उम्मेदवार भएकाले आफूहरूको समर्थन ठाकुरलाई हुने बताए । एमाले भने तटस्थ बसेको… Continue reading उपसभामुख ठाकुरलाई प्रतिपक्षी दलले समेत गरे समर्थन

प्रतिनिधिसभा बैठकः उपसभामुखमा ठाकुर निर्वाचित

तस्बिरः गोपाल दाहाल\रासस

काठमाडौँ, २७ चैतः प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित निर्वाचित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे । मतदानमा ठाकुरको पक्षमा दुई सय २९ र प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाका पक्षमा पाँच मत खसेको थियो… Continue reading प्रतिनिधिसभा बैठकः उपसभामुखमा ठाकुर निर्वाचित

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

file

अबुजा (नाइजेरिया), २७चैत (रासस–क्युएनए) । उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको जनाइएको छ ।नाइजर राज्यको शिरोरो क्षेत्रको इरिना सहरमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । यसै गरी बन्दुकधारीहरूले केब्बी राज्यका धेरै सहरहरूमा गरेको आक्रमणमा अन्य ४० भन्दा बढीको मृत्यु अधिकारीहरुले उल्लेख गरेका छन्… Continue reading नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

लेबनानमा इजरायलको अन्धाधुन्ध आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

A Lebanese man checks the damage at the site of an Israeli airstrike that targeted a building the day before in Beirut's Corniche al-Mazraa neighbourhood on April 9, 2026. Rescuers searched for survivors under the rubble of destroyed buildings in Beirut as Lebanon observed a day of mourning after Israeli strikes across the country killed more than 200. (Photo by Ibrahim AMRO / AFP)

संयुक्त राष्ट्रसङ्घ , २७चैत (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले बुधबार लेबनानमा गरेको आक्रमणको निन्दा गरेका छन् । महासचिव गुटेरेसले विज्ञप्ति जारी गर्दै आक्रमणमा अधिकाशं निर्दोश सर्वसाधारण ज्यान गुमाउन बाध्य भएको भन्दै आक्रमणको कडा निन्दा गर्नु भएको छ ।लेबनानमा जारी सैन्य गतिविधिले अमेरिका – इरान युद्धविराम र यस क्षेत्रमा स्थायी शान्तिको प्रयासको लागि… Continue reading लेबनानमा इजरायलको अन्धाधुन्ध आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

सम्झौताअघि सेना कायमः ट्रम्प

File TOPSHOT - Iranians react during a rally to commemorate the death of the country's slain supreme leader Ayatollah Ali Khamenei in Tehran on April 9, 2026. Thousands of Iranians paid tribute on April 9 to the late supreme leader Ali Khamenei, who ruled the country for nearly four decades until his killing in US-Israeli strikes at the start of the Middle East war. (Photo by AFP) /

वासिङ्टन, २७ चैत (रासस–एएफपी) । अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक र पूर्ण कार्यान्वयन हुने सम्झौता’ नभएसम्म इरान नजिकै तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने स्पष्ट पारेका छन् । यसले वार्तासँगै सैन्य दबाब कायम राख्ने अमेरिकी रणनीति झल्काएको छ । मङ्गलबार भएको दुई साताको युद्धविरामले द्वन्द्वमा केही विरामको सङ्केत दिए… Continue reading सम्झौताअघि सेना कायमः ट्रम्प

मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता

(260409) -- ZRARIYEH, April 9, 2026 (Xinhua) -- Photo taken on April 9, 2026 shows buildings destroyed by Israeli airstrikes in Zrariyeh, southern Lebanon. The death toll from Israel's Wednesday attacks across Lebanon has risen to 303, the Lebanese Health Ministry said Thursday. (Photo by Ali Hashisho/Xinhua)

पेरिस, २७ चैत (रासस–एएफपी) । अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन । लेबनानमा तीव्र आक्रमण, इजरायल–हिजबुल्लाहबीच प्रतिकारात्मक कारबाही, तथा कूटनीतिक पहलहरू एकसाथ अघि बढिरहेका छन्, जसले क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको स्पष्ट सङ्केत दिएको छ । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले बिहीबार इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ । उसले यस कदमलाई… Continue reading मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता

इरान–अमेरिका वार्ताअघि इस्लामाबाद बन्द

File (Photo by Tauseef MUSTAFA / AFP)

इस्लामाबाद, २७ चैत (रासस–एएफपी) । अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घोषणा गरेको छ । यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ । बिहीबारदेखि लागू हुने गरी गरिएको यस निर्णयबारे इस्लामाबाद जिल्ला प्रशासनले बुधबार राति सूचना जारी गर्दै औपचारिक कारण खुलाएको छैन । तथापि, राजधानीका अधिकारीहरूले विगतमा… Continue reading इरान–अमेरिका वार्ताअघि इस्लामाबाद बन्द

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

(260409) -- ZRARIYEH, April 9, 2026 (Xinhua) -- Photo taken on April 9, 2026 shows buildings destroyed by Israeli airstrikes in Zrariyeh, southern Lebanon. The death toll from Israel's Wednesday attacks across Lebanon has risen to 303, the Lebanese Health Ministry said Thursday. (Photo by Ali Hashisho/Xinhua)

संयुक्त राष्ट्रसङ्घ, २७ चैत (रासस–एएफपी) । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबीच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले तीव्र चिन्ता व्यक्त गरेको छ । द्वन्द्व थप चर्किने सङ्केत देखिएपछि कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएको मूल्याङ्कन गरिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्तामार्फत जारी वक्तव्यमा लेबनानमा जारी सैन्य… Continue reading लेबनान आक्रमणले युद्धविराम सङ्कटमा