सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

काठमाडौँ, २६ चैतः सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर दुई साताका लागि युद्धविराम गर्ने सहमति हुनु पश्चिम एसियाको तनाव घटाउने सकारात्मक कदम भएको बताएको छ । यसले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सृजना गरेको जनाइएको छ… Continue reading सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण :अध्यक्ष ढकाल

चैत्र २६ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पत्रकारहरुको सम्मानमा बुधबार काठमाडौंमा आयोजित सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले महासंघले अघि सारेका नीतिगत एजेन्डा र निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले… Continue reading देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण :अध्यक्ष ढकाल

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ, २६ चैतः तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ । नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे… Continue reading प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, २६ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेशविपरीत हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको… Continue reading विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

RSS

काठमाडौँ, २६ चैतः हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो… Continue reading आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु (नवलपरासी), २६ चैतः वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई सवारी साधान सडक ‘फसे’काले आवतजावत अवरुद्ध भएको जिल्ला… Continue reading हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

जुम्लामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला, २५ चैतः जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Continue reading जुम्लामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

अमेरिका र इरान कसरी सहमत भए युद्धविराममा ?

File : People wave Iranian flags and chant slogans in a memorial for school children who were killed during a strike on a school in southern town of Minab on Feb. 28, in downtown Tehran, Iran, Tuesday, April 7, 2026. (AP Photo/Vahid Salemi)

तेहरान, २६ चैत (रासस–एपी) । अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ । निर्धारित समयसीमा सकिन केही घण्टाअघि ट्रम्प प्रशासन युद्धबाट… Continue reading अमेरिका र इरान कसरी सहमत भए युद्धविराममा ?

खाडी द्वन्द्व शान्तिका लागि अमेरिका–इरान वार्ता पाकिस्तानमा

File : 260407) -- TEHRAN, April 7, 2026 (Xinhua) -- People take part in a memorial event held to mourn the students of an elementary school who were killed in a missile strike in southern Iran, in Tehran, Iran, April 7, 2026. A missile strike on an elementary school in Minab, southern Iran on Feb. 28, 2026 killed at least 175 people, most of them schoolgirls. Increasing evidence has shown this tragedy was of the U.S. making. (Xinhua/Shadati)

इस्लामाबाद, २६ चैत (रासस–एएफपी) । पाकिस्तानले अमेरिका र इरानबीच भएको युद्धविरामपछि थप वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डललाई शुक्रबार इस्लामाबादमा स्वागत गर्ने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुवै देशका नेतृत्वप्रति आभार व्यक्त गर्नुभयो र सबै विवाद समाधानका लागि अन्तिम सहमति गर्न वार्ता आवश्यक रहेको बताए । हालका हप्ताहरूमा पाकिस्तान इरान… Continue reading खाडी द्वन्द्व शान्तिका लागि अमेरिका–इरान वार्ता पाकिस्तानमा

सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

RSS

काठमाडौँ, २६ चैत । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको… Continue reading सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक, के भयो छलफल ?

काठमाडौँ, २५ चैतः संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार एवं कार्यदलको संयोजक प्रमुख असिम साहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकामा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकमा उठेका विषयहरू र राजनीतिक… Continue reading संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक, के भयो छलफल ?

ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ, २५ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा नछाड्ने बताएका छन् । ७३औँ सिँचाइ दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिनजस्ता सिँचाइ आयोजनालाई अब अलपत्र नछाड्ने बताए । मन्त्री श्रेष्ठले सुनकोशी–मरिन आयोजनाको पुनःखरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको… Continue reading ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँ : ऊर्जामन्त्री श्रेष्ठ

ललितपुरको पाटनमा खुला स्थानमा चक्कु प्रहार, दुई युवाको हत्या

photo Source : Onlinekhabar.com

२५ चैत, काठमाडौं । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजु भाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बी एण्ड बी अस्पताल लगिएको… Continue reading ललितपुरको पाटनमा खुला स्थानमा चक्कु प्रहार, दुई युवाको हत्या

दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

RSS

काठमाडौँ, २५ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रबारका दिन १५ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । राष्ट्रपतिले दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान पनि… Continue reading दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

सार्वजनिक र मालवाहक सवारी साधनको भाडा बड्यो

काठमाडौँ, २५ चैतः सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक यातायातको भाडा बढाउन सहमति दिएको थियो । इन्धनको मूल्य बढेसँगै पटकपटक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न माग गर्दै आएको थियो । यातायात व्यवस्था… Continue reading सार्वजनिक र मालवाहक सवारी साधनको भाडा बड्यो

मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी

काठमाडौँ, २५ चैत । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुती दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुती दिनुभएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । सचिव राईले अन्तरराष्ट्रिय परिवेश, नेपालको अन्तरराष्ट्रिय… Continue reading मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी

विदेशमा रहँदै देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी, अब के हुन्छ प्रक्रिया ?

२५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती नेपालमा भने… Continue reading विदेशमा रहँदै देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी, अब के हुन्छ प्रक्रिया ?

पक्राउ पूर्जी जारी भएपछि देउवा बोले : मेरो जीवन खुला किताव हो

File

२५ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै सम्पत्तिसम्बन्धी विषय भ्रामक भएको दाबी गरेका छन् । उनले आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेश गरेको उल्लेख गरेका छन् । उनले आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै… Continue reading पक्राउ पूर्जी जारी भएपछि देउवा बोले : मेरो जीवन खुला किताव हो

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनीहरुले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेट गर्न पुग्नुभएका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित… Continue reading मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्रीले गरे राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक छलफल

काठमाडौँ, २५ चैतः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले आज सामूहिक शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरूले प्रधानमन्त्री शाहसँग भेट र संवाद गरेका छन् । सो अवसरमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन,… Continue reading प्रधानमन्त्रीले गरे राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक छलफल

दादुराविरुद्ध बङ्गलादेशको आपतकालीन अभियान

A mother administers a nebulizer treatment for her child suffering from measles at the Infectious Diseases Hospital in Dhaka, Bangladesh, Monday, April 6, 2026, amid a countrywide outbreak. (AP Photo/Mahmud Hossain Opu)

ढाका, २५ चैत (रासस–एपी) । एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी फैलिएको दादुरा प्रकोप नियन्त्रण गर्न बङ्गलादेशले देशव्यापी आपतकालीन खोप अभियान सुरु गरेको छ । तीव्र रूपमा बढ्दो सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उच्च जोखिम क्षेत्रबाट अभियान अघि बढाइरहेको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र गाभी खोप गठबन्धनसँगको… Continue reading दादुराविरुद्ध बङ्गलादेशको आपतकालीन अभियान

मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै

नयाँ दिल्ली, २५ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ । सरकारी स्वामित्वको इन्डियन पोटाश लिमिटेडले यससम्बन्धी टेन्डर जारी गरिसकेको छ, जसका लागि आवेदन दिने अन्तिम मिति अप्रिल १५ तोकिएको छ । भारतले युरियाको माग पूरा गर्न ठूलो… Continue reading मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै

ऊर्जा रूपान्तरणमा चीन अगाडिः नयाँ प्रविधिको प्रयोग बढ्दो

(260407) -- BEIJING, April 7, 2026 (Xinhua) -- An aerial drone photo taken on April 5, 2026 shows tourists viewing cherry blossoms at a scenic spot during the Qingming Festival holiday in Nantong City of east China's Jiangsu Province. (Photo by Xu Congjun/Xinhua)

जिनान, २५ चैत (रासस–सिन्ह्वा) । पूर्वी चीनको शानडोङ प्रान्तको ताइआन शहरमा एक विशाल ऊर्जा परियोजना स्थापना गरिएको छ, जसले खानी क्षेत्रलाई नयाँ रूप दिएको छ । यो ऊर्जा केन्द्र आठ घण्टासम्म ऊर्जा भण्डारण गर्न र चार घण्टासम्म विद्युत उत्पादन गर्न सक्षम छ । यसको वार्षिक उत्पादन क्षमता ४६ करोड किलोवाट–घण्टा रहेको छ, जसले दुई लाखभन्दा… Continue reading ऊर्जा रूपान्तरणमा चीन अगाडिः नयाँ प्रविधिको प्रयोग बढ्दो

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

BBC

कोलम्बो, २५ चैत (रासस–सिन्ह्वा) । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान स्वीकृत गरेको छ । माछापालन मन्त्रालयका अनुसार, उक्त अनुदान योजना अप्रिल २० देखि कार्यान्वयनमा आउनेछ । यस योजनाअन्तर्गत साना माछा मार्ने डुङ्गाहरूले प्रति लिटर इन्धनमा ५० श्रीलङ्काली रुपैयाँ (करिब ०.१७ अमेरिकी… Continue reading इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

पर्यटकको रोजाइमा तीनकुने पोखरी

फिक्कल (इलाम), २५ चैतः इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट… Continue reading पर्यटकको रोजाइमा तीनकुने पोखरी

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

वीरगञ्ज (पर्सा), २५ चैतःनारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ। चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ । कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा नहरको आकार खुम्चिँदै गएको… Continue reading गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

file

काठमाडौँ, २५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण… Continue reading एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

भियतनाममा कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपति चयन

Vietnam's top leader To Lam swears in as the country's president in Hanoi, Vietnam Tuesday, April 7, 2026. (Duong Van Giang/VNA via AP)

हनोई, २५ चैत (रासस–एपी) । भियतनामले कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ । यसले उनलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ । यो निर्णय भियतनामको परम्परागत साझा नेतृत्वको मोडलबाट फरक छ, जसमा सामान्यतया शक्ति विभाजन हुने गरेको थियो र यसले चीनका… Continue reading भियतनाममा कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपति चयन

ऐतिहासिक चन्द्र उडानबाट फिर्ता हुँदै आर्टेमिस टोली

(260407) -- WASHINGTON, April 7, 2026 (Xinhua) -- Photo taken on April 6, 2026, shows the Moon seen from the Orion spacecraft. (NASA/Handout via Xinhua)

ह्युस्टन, २५ चैत (रासस–एएफपी) । इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकांक्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेका छन् । चन्द्रमाको कम चिनिएका क्रेटरहरूदेखि… Continue reading ऐतिहासिक चन्द्र उडानबाट फिर्ता हुँदै आर्टेमिस टोली

युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति

File : (260407) -- TEHRAN, April 7, 2026 (Xinhua) -- People take part in a memorial event held to mourn the students of an elementary school who were killed in a missile strike in southern Iran, in Tehran, Iran, April 7, 2026. A missile strike on an elementary school in Minab, southern Iran on Feb. 28, 2026 killed at least 175 people, most of them schoolgirls. Increasing evidence has shown this tragedy was of the U.S. making. (Xinhua/Shadati)

तेहरान, २५ चैत (रासस–एएफपी) । इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार, पवित्र शहर कुम नजिकको एक पुल तथा केन्द्रीय शहर काशानमा रहेको रेलमार्गसहितको अर्को पुलमा आक्रमण गरिएको छ । काशानमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका… Continue reading युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति