मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

भिएना, २४ चैत (रासस–सिन्ह्वा) । तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक) र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् । यो निर्णय ओपेक द्वारा जारी गरिएको आधिकारिक वक्तव्यमा उल्लेख छ । निर्णय भर्चुअल बैठकपछि सार्वजनिक गरिएको थियो, जसमा साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स,… Continue reading मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, २४ चैतः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा, २४ चैतः पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास… Continue reading पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी, २४ चैतः दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन्… Continue reading एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

काभ्रेमा होटल र रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरिँदै

काभ्रेपलाञ्चोक, २४ चैतः काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको छ । कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेन्टको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगोसमेत वितरण गरेको हो । कार्यालयका डिभिजन प्रमुख मनिष चापागाईंको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले सोमबार… Continue reading काभ्रेमा होटल र रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरिँदै

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

Photo : Gorakhapatra

देवदह (रुपन्देही), २४ चैतः रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् । सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरुले विमानस्थल सञ्चालन गर्न सङ्घीय सरकारसँग आग्रह गरे । समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिए… Continue reading गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

अमेरिका–इरान युद्धबीच ४५ दिने विराम प्रस्ताव

वासिङ्टन, २४ चैत (रासस–एपी) । इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका बीच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारिएको छ, जसले जारी द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको छ । मध्यपूर्वका दुई अधिकारीका अनुसार इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले तयार पारेको उक्त मस्यौदा प्रस्ताव दुवै पक्षलाई पठाइएको… Continue reading अमेरिका–इरान युद्धबीच ४५ दिने विराम प्रस्ताव

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौँ, २३ चैत ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरुले विमानस्थल जाँदा देहाय बमोजिमका थप कागजात अनिवार्य रुपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ । विभागले आज विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिलररसिद ९संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा… Continue reading वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौँ, २३ चैत । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर २ अन्तर्गत विभिन्न मन्त्रालय र मातहतका निकायले आफूले सम्पादन गर्ने १० वटा मुख्य… Continue reading सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

RSS

काठमाडौँ, २३ चैत । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आपूर्ति असन्तुलन तथा चालु आर्थिक वर्षमा अपेक्षित राजस्व सङ्कलन हुन नसक्दा खर्च नियन्त्रण अपरिहार्य बनेको… Continue reading विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न… Continue reading ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ, २३, चैत्र स् यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए । “मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको… Continue reading मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

कार्यालय समय पालना भए-नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौँ, २३ चैतः राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भएरनभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडौँ उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले राससलाई जानकारी दिए । “आयोजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी… Continue reading कार्यालय समय पालना भए-नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौँ, २३ चैतः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबै रोजगारदातालाई आग्रह गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक तथा अन्य सुविधा… Continue reading सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौँ, २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा आज गैरआवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा अन्तरराष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा बढाउन आग्रह… Continue reading मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

काठमाडौँ, २३ चैतः काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ । पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी… Continue reading काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ, २३ चैत । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ । हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले राससलाई जानकारी दिए । “हुलाक… Continue reading हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर, २३ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण… Continue reading सुजनले चौथोपटक जिब्रो छेड्ने

इरानभित्र ‘दोस्रो एयरम्यान’लाई उद्धार गरिएको ट्रम्पको दाबी

(260405) -- BEIRUT, April 5, 2026 (Xinhua) -- This photo taken on April 4, 2026 shows damaged buildings after Israeli airstrikes in Mashgharah, Lebanon. Israeli airstrikes and drone attacks across southern Lebanon killed at least 14 people and wounded more than 25 others, the National News Agency reported, as Israeli warplanes carried out heavy airstrikes on Beirut's southern suburbs on Saturday at dawn and in the morning. (Photo by Maher Kamar/Xinhua)

तेहरान, २३ चैत (रासस\एएफपी) । मध्यपूर्वमा चर्किंदो युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको दोस्रो अमेरिकी एयरम्यानलाई सफलतापूर्वक उद्धार गरिएको दाबी गरेका छन् । उनले उक्त अपरेसनलाई अमेरिकी सैन्य इतिहासकै ‘सबैभन्दा साहसी खोजी तथा उद्धार अभियानमध्ये एक’ भन्दै उल्लेख गरे । ट्रम्पका अनुसार एयरम्यान शत्रु नियन्त्रणमा रहेको कठिन पहाडी क्षेत्रमा फसेका थिए र उनीमाथि… Continue reading इरानभित्र ‘दोस्रो एयरम्यान’लाई उद्धार गरिएको ट्रम्पको दाबी

आक्रमणमा परेका ऊर्जा सुविधाहरूको मर्मत गर्न ‘लामो समय लाग्ने’ ओपेक प्लसको भनाइ

File : TOPSHOT - Smoke rises from the direction of an energy installation in the Gulf emirate of Fujairah on March 14, 2026. Smoke could be seen rising from the direction of a major UAE energy installation on March 14, in what appeared to be the latest strike targeting the Gulf's petroleum facilities hours after the US struck Iran's Kharg Island. (Photo by AFP) /

भियना, २३ चैत (रासस–एएफपी) । हालैका आक्रमणहरूमा क्षति भएका ऊर्जा सुविधाहरूको मर्मत गर्नु ‘विशाल धनराशी खर्च हुने र लामो समय लाग्ने पेट्रोलियम पदार्थ उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक प्लसले आइतवार चेतावनी दिएको छ । यसले गर्दा भविष्यमा विश्वव्यापी तेल आपूर्तिमा असर पार्न सक्छ। “ओपेक प्लसले ऊर्जाको निर्बाध प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षाको विशेष महत्त्व… Continue reading आक्रमणमा परेका ऊर्जा सुविधाहरूको मर्मत गर्न ‘लामो समय लाग्ने’ ओपेक प्लसको भनाइ

इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत

भियना, २२ चैत (रासस–एएफपी) । इन्धन उत्पादक सदस्य राष्ट्रहरूको सङ्गठन ओपेक प्लसले आइतबार पुनः तेल उत्पादन कोटा बढाउन सहमत भएको छ ।इरानमा चलिरहेको युद्ध र इरानले प्रतिशोधका लागि मध्य पूर्वमा गरेका आक्रमणले त्यहाँका इन्धन प्लान्टमा क्षति पुगेको र विश्व बजारको करिब पाँच भागको करिब एक भाग (२० प्रतिशत) इन्धन आपूर्ति हुने स्ट्रेट अफ हर्मुजबाट आवतजावतमा… Continue reading इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

FILE - A man rides a bike as fires and plumes of smoke rise after debris from an intercepted Iranian drone struck an oil facility, according to authorities, in Fujairah, United Arab Emirates, March 14, 2026. (AP Photo/Altaf Qadri, File)

बेइजिङ, २३ चैत (रासस–एएफपी) । चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा जारी द्वन्द्वका कारण देखिएको ‘तनाव न्यूनीकरण’ गर्न आफू मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभलाई फोन गरेर ‘चीन र रुस’ले अन्तर्राष्ट्रिय प्रमुख सिद्धान्तका विषयमा निष्पक्षता कायम गर्नुपर्ने बताएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा… Continue reading मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

इरानमा ‘सबैभन्दा लामो’ इन्टरनेट सेवा अवरोध

Milad telecommunication tower, right, and other buildings are seen during a cloudy sunset in Tehran, Iran, Sunday, April 5, 2026. (AP Photo/Vahid Salemi)

पेरिस, २३ चैत (रासस–एएफपी) । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेलगत्तै लागू गरिएको इरानको इन्टरनेट अवरूद्धता अहिलेसम्म रेकर्ड गरिएको ‘सबैभन्दा लामो’ राष्ट्रव्यापी अवरूद्धता भएको इन्टरनेट अनुगमन तथा विश्लेषण गर्ने संस्था नेटब्लक्सले आइतबार जनाएको छ। नेटब्लक्सले ट्वीटमा भनेको छ, “इरानको इन्टरनेट अवरोध कुनै पनि देशमा अहिलेसम्मकै सबैभन्दा लामो राष्ट्रस्तरीय इन्टरनेट अवरोध हो ।… Continue reading इरानमा ‘सबैभन्दा लामो’ इन्टरनेट सेवा अवरोध

सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

दोधारा चाँदनी (कञ्चनपुर), २३ चैत । कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको निगरानी गरिएको छ । शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा अनुशासन कायम गर्ने उद्देश्यले क्यामेरा जडान गरेर प्रधानाध्यापकको कार्यकक्षबाटै कक्षाकोठाको निगरानी गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिए । पालिकाको सहयोगमा विद्यालयमा सिसी क्यामेराबाट कक्षामा शिक्षक र… Continue reading सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

rss

काठमाडौँ, २३ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम… Continue reading लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि

सनद अधिकारी–राससनारायणगढ (चितवन), २३ चैतः कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा लागु नहुँदा ती अनुसन्धानमै सीमित भएका पनि छन् । कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भएपनि सिँचाइ… Continue reading ‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

रत्न श्रेष्ठ/रासस

काठमाडौँ, २३ चैतः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो… Continue reading आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी, २३ चैतः परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन यहाँको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चैबाजा बजाउने तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए । उनीहरुलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका… Continue reading महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत, २३ चैतः पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजजन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ । यहाँको फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ । राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास… Continue reading पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ, २३ चैतः बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । आज स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज… Continue reading तीन ठूला मार्ट कारबाहीको दायरामा