एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

file

काठमाडौँ, २५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण… Continue reading एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

भियतनाममा कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपति चयन

Vietnam's top leader To Lam swears in as the country's president in Hanoi, Vietnam Tuesday, April 7, 2026. (Duong Van Giang/VNA via AP)

हनोई, २५ चैत (रासस–एपी) । भियतनामले कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ । यसले उनलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ । यो निर्णय भियतनामको परम्परागत साझा नेतृत्वको मोडलबाट फरक छ, जसमा सामान्यतया शक्ति विभाजन हुने गरेको थियो र यसले चीनका… Continue reading भियतनाममा कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपति चयन

ऐतिहासिक चन्द्र उडानबाट फिर्ता हुँदै आर्टेमिस टोली

(260407) -- WASHINGTON, April 7, 2026 (Xinhua) -- Photo taken on April 6, 2026, shows the Moon seen from the Orion spacecraft. (NASA/Handout via Xinhua)

ह्युस्टन, २५ चैत (रासस–एएफपी) । इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकांक्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेका छन् । चन्द्रमाको कम चिनिएका क्रेटरहरूदेखि… Continue reading ऐतिहासिक चन्द्र उडानबाट फिर्ता हुँदै आर्टेमिस टोली

युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति

File : (260407) -- TEHRAN, April 7, 2026 (Xinhua) -- People take part in a memorial event held to mourn the students of an elementary school who were killed in a missile strike in southern Iran, in Tehran, Iran, April 7, 2026. A missile strike on an elementary school in Minab, southern Iran on Feb. 28, 2026 killed at least 175 people, most of them schoolgirls. Increasing evidence has shown this tragedy was of the U.S. making. (Xinhua/Shadati)

तेहरान, २५ चैत (रासस–एएफपी) । इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार, पवित्र शहर कुम नजिकको एक पुल तथा केन्द्रीय शहर काशानमा रहेको रेलमार्गसहितको अर्को पुलमा आक्रमण गरिएको छ । काशानमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका… Continue reading युद्धविराम अघि अमेरिका–इजरायल आक्रमणमा इरानका पुल, राजमार्ग र रेल संरचनामा व्यापक क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

RSS

काठमाडौँ, २५ चैतः सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’… Continue reading सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा… Continue reading प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

आज सिँचाइ दिवस : कृषि योग्य जमिनमा सिँचाइ सुबिधा पुर्‍याउन अझै चुनौती

राससकाठमाडौँ, २५ चैत । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको… Continue reading आज सिँचाइ दिवस : कृषि योग्य जमिनमा सिँचाइ सुबिधा पुर्‍याउन अझै चुनौती

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

rss

काठमाडौँ, २५ चैत । हाल देशमा पश्चिमी न्यून चापी जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।… Continue reading पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

तीन फर्मलाई जरिवाना

काठमाडौँ, २५ चैतः नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ ।यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ । गोंगबुमा रहेको… Continue reading तीन फर्मलाई जरिवाना

अमेरिका–इरान युद्धविराम, पाकिस्तानले गर्यो मध्यष्तता

File : Smoke rises from Israeli airstrikes in Dahiyeh, a southern suburb of Beirut, Lebanon, Sunday, April 5, 2026. (AP Photo/Emilio Morenatti)

२५ चैत, काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा… Continue reading अमेरिका–इरान युद्धविराम, पाकिस्तानले गर्यो मध्यष्तता

गृहमन्त्री गुरुङले गरे बिपी राजमार्ग अवलोकन, विपत्तिमा हेली उद्धारको निर्देशन

काभ्रेपलाञ्चोक, २४ चैतः गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गरे । क्षतिग्रस्त उक्त राजमार्गको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अब हुने सम्भावित विपत्तिबारे चासो दिँदै यसअघि कस्ता खालका विपत् भए, कस्तो व्यवस्थापन गरियो, त्यस अनुसारको… Continue reading गृहमन्त्री गुरुङले गरे बिपी राजमार्ग अवलोकन, विपत्तिमा हेली उद्धारको निर्देशन

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

File तस्बिर : सुन्दरकुमार थकाली/रासस

मुस्ताङ, २४ चैतः हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक… Continue reading भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

In this image provided by NASA, the Artemis II crew captured this view of the Earth next to the Moon before Earthset during a lunar flyby, Monday, April 6, 2026. NASA via AP)

लस एन्जलस, २५ चैत (रासस–एपी) । अमेरिकी अन्तरिक्ष निकाय नासाको ‘आर्टेमिस–२’ मिशनले मानव अन्तरिक्ष यात्राको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । यस मिशनका अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने रेकर्ड बनाउँदै सन् १९७० मा अपोलो–१३ द्वारा स्थापित दूरीलाई उछिनेका छन् ।नासाका अनुसार, यो ऐतिहासिक उपलब्धि सोमबार दिउँसो करिब १ः५६ बजे (पूर्वी समय) हासिल गरिएको… Continue reading आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

(260407) -- BEIJING, April 7, 2026 (Xinhua) -- Photo taken on April 6, 2026 shows the aftermath of Israeli airstrikes on the Jnah area in Beirut, Lebanon. Four people were killed and about 39 others were wounded in an Israeli airstrike on the Jnah area in Beirut's southern suburbs on Sunday, near Beirut's Rafic Hariri Hospital, according to the Lebanese health ministry. (Photo by Bilal Jawich/Xinhua)

तेहरान, २४ चैत (रासस–एएफपी) । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ । इरानको मेहर समाचार एजेन्सीका अनुसार ‘अमेरिकी–जायोनिस्ट शत्रुले खार्ग टापुमा धेरै आक्रमण गरेको छ र त्यहाँ विस्फोटका आवाज सुनिएका छन् ।’ एक समाचार स्रोतका पत्रकारले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखे, “अमेरिकाले… Continue reading अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

ट्रकको ठक्करबाट ललितपुरमा दुई जनाको मृत्यु

काठमाडौँ, २४ चैतः ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय… Continue reading ट्रकको ठक्करबाट ललितपुरमा दुई जनाको मृत्यु

ट्रम्प–इरान तनाव बढ्दै, ट्रम्पले दिए समाप्त पार्ने अहिलेसम्मकै कडा धम्की

(260407) -- BEIJING, April 7, 2026 (Xinhua) -- Photo taken on April 6, 2026 shows the aftermath of Israeli airstrikes on the Jnah area in Beirut, Lebanon. Four people were killed and about 39 others were wounded in an Israeli airstrike on the Jnah area in Beirut's southern suburbs on Sunday, near Beirut's Rafic Hariri Hospital, according to the Lebanese health ministry. (Photo by Bilal Jawich/Xinhua)

वासिङटन, २४ चैत (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खुला गर्न दिएको म्याद सोमबारबाट मङ्गलवारमा सारिएको छ । ट्रम्पको अघिल्लो डेडलाइन मार्च २३ का लागि तय गरिएको थियो, तर त्यसपछि उनले पटक–पटक चेतावनी जारी गर्दै र कहिलेकाहीँ वार्ता सफल भएको दाबी गर्दै म्याद सार्दै आएका छन् । इरानले पछिल्लो… Continue reading ट्रम्प–इरान तनाव बढ्दै, ट्रम्पले दिए समाप्त पार्ने अहिलेसम्मकै कडा धम्की

प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

RSS

काठमाडौँ, २४ चैतः प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङलगायत मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र घोषण गर्दा जनताको मौलिक हक हनन भएको भन्दै त्यसलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरे ।… Continue reading प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, तीन युवाको मृत्यु

जलेश्वर (महोत्तरी), २४ चैतः जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा… Continue reading महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, तीन युवाको मृत्यु

सरकारले घटायो पेट्रोलियम पदार्थमा लाग्ने कर

२४ चैत, काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको सामान्य प्रशासनमन्त्री रावलले जानकारी दिइन् । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भनिन्, “पेट्रोलियम पदार्थको मूल्य समायोजन… Continue reading सरकारले घटायो पेट्रोलियम पदार्थमा लाग्ने कर

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । पण्डितले राष्ट्र बैङ्कको सुपरीवेक्षण विभाग, बैङ्क तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गरेका छन् । राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त छ । त्यसमध्ये… Continue reading नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

काठमाडौँ, २४ चैतः सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिइन् । भट्ट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर बन्न पाएका थिएनन् ।… Continue reading राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

ऊर्जा महँगीको चपेटामा श्रीलङ्का, ग्यास मूल्यमा ठूलो वृद्धि

कोलम्बो, २४ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असर झेल्दै श्रीलङ्काले घरेलु तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी)को मूल्य सोमबार झन्डै एक चौथाइले बढाएको छ । यसले आर्थिक रूपमा पुनःउत्थानको प्रयासमा रहेको देशमा थप दबाब सिर्जना गरेको छ । सरकारले विश्व बजारमा बढ्दो मूल्यलाई कारण देखाउँदै ग्यासको मूल्य वृद्धि गरेको हो । श्रीलङ्का पूर्ण रूपमा ग्यास… Continue reading ऊर्जा महँगीको चपेटामा श्रीलङ्का, ग्यास मूल्यमा ठूलो वृद्धि

ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति

File : (AP Photo/Ahn Young-joon)

सियोल, २४ चैत (रासस–एएफपी) । दक्षिण कोरियाले यस वर्षको सुरुमा उत्तर कोरियातर्फ पठाइएका ड्रोनसम्बन्धी विवादमा पहिलोपटक स्पष्ट स्वीकारोक्ति गर्दै प्योङयाङप्रति खेद व्यक्त गरेको छ । राष्ट्रपति ली जे म्युङले सोमबार उक्त घटनालाई ‘गैरजिम्मेवारपूर्ण’ र ‘लापरवाह’ कदमका रूपमा वर्णन गर्दै यसले अनावश्यक सैन्य तनाव बढाएको बताए । सुरुमा सियोलले जनवरीमा भएको ड्रोन घटनामा आफ्नो कुनै आधिकारिक… Continue reading ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति

फिजीमा क्रुज दुर्घटना, सबै यात्रु सुरक्षित

file

मेलबर्न, २४ चैत (रासस–एपी) । फिजी नजिकै चट्टानमा अड्किएको एक क्रुज जहाजबाट सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि सम्भावित ठूलो मानवीय दुर्घटना टरेको छ । जहाज सञ्चालक कम्पनीले सोमबार दिएको जानकारीअनुसार उक्त घटनामा कुनै पनि यात्रु घाइते भएका छैनन् । ब्लू लगुन क्रुजद्वारा सञ्चालित एमभी फिजी प्रिन्सेस शनिबार मोनुरिकी टापु नजिकै चट्टानमा अड्किएको थियो ।… Continue reading फिजीमा क्रुज दुर्घटना, सबै यात्रु सुरक्षित

नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु

file

लागोस, २४ चैत (रासस–एएफपी) । नाइजेरियाको सैनिक बलले कादुना राज्यको उत्तरपश्चिमी क्षेत्रमा ईस्टर पर्वको अवसरमा अपहरण गरिएका ३१ जनालाई उद्धार गरेको घोषणा गरेको छ । तर, यस घटनामा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । क्यालेब बावा माआजी अनुसार, स्थानीय क्याथोलिक र इभान्जेलिकल चर्चहरूमा आक्रमण भएको थियो । अपहरणको घटना अबुजाबाट करिब १०० किलोमिटर उत्तरमा… Continue reading नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु

युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा

File : Smoke rises from Israeli airstrikes in Dahiyeh, a southern suburb of Beirut, Lebanon, Sunday, April 5, 2026. (AP Photo/Emilio Morenatti)

पेरिस, २४ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिहरूबीचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकैसाथ बढिरहेका छन् । इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु… Continue reading युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा

चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

(260406) -- WASHINGTON, April 6, 2026 (Xinhua) -- Photo taken on April 6, 2026 shows the Moon seen from the Orion spacecraft. The crew of the Artemis II mission on Monday broke the record for the farthest distance from Earth ever traveled by humans, surpassing the milestone achieved by Apollo 13 in April 1970, according to NASA. (NASA/Handout via Xinhua)

हस्टन, २४ चैत (रासस–एएफपी) । नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा प्रवेश गर्दै एक महत्त्वपूर्ण चरणमा पुगेको छ, जसले भविष्यका चन्द्र अवतरण मिसनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । आधा शताब्दीभन्दा बढीपछि मानवयुक्त चन्द्र परिक्रमा उडान पुनः सुरु भएको यो क्षणले वैज्ञानिक तथा ऐतिहासिक दुवै दृष्टिले विशेष अर्थ… Continue reading चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

Milad telecommunication tower, right, and other buildings are seen during a cloudy sunset in Tehran, Iran, Sunday, April 5, 2026. (AP Photo/Vahid Salemi)

तेहरान, २४ चैत (रासस–सिन्ह्वा) । इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ र धेरै अन्य घाइते भएका छन् । फर्स समाचार एजेन्सी र नूर न्यूजका अनुसार, आक्रमण स्थानीय समय अनुसार बिहानै एक आवासीय भवनमा परेको थियो । यस घटनाले क्षेत्रीय बासिन्दा र परिवारहरूमा भय र त्रास मच्चाएको छ । आक्रमणको… Continue reading तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

भिएना, २४ चैत (रासस–सिन्ह्वा) । तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक) र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् । यो निर्णय ओपेक द्वारा जारी गरिएको आधिकारिक वक्तव्यमा उल्लेख छ । निर्णय भर्चुअल बैठकपछि सार्वजनिक गरिएको थियो, जसमा साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स,… Continue reading मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, २४ चैतः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।