वाशिङ्टन, २३ चैत (रासस–एपी) । इरानले अमेरिकी दुई युद्धविमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार शुक्रबार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको… Continue reading इरानमा अमेरिकी सेनाका जहाज खसाल्नु २० यताकै दुर्लभ घटना
Author: Vishwanews.com
अब सरकारी कार्यालय समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म
काठमाडौँ, २२ चैतः सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु सञ्चालनको समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुनेछ । आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आजै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको… Continue reading अब सरकारी कार्यालय समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म
नवनियुक्त महान्याधिवक्ता डा कँडेलले लिए शपथ
काठमाडौँ, २३ चैतः सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । यहाँ सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् । त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री… Continue reading नवनियुक्त महान्याधिवक्ता डा कँडेलले लिए शपथ
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
काठमाडौँ, २२ चैतः नेपाल आयाल निगमनले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि… Continue reading ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा
काठमाडौँ, २२ चैतः सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका… Continue reading अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा
युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल
काठमाडौँ, २२ चैतः प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना… Continue reading युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल
सभामुख अर्यालले संसदीय अभ्यास थप सुदृढ बनाउनेछन् : लामिछाने
काठमाडौँ, २२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालबाट सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ बनाउन भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् । सभामुख अर्याललाई आज बधाई दिँदै उनले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह हुनेमा… Continue reading सभामुख अर्यालले संसदीय अभ्यास थप सुदृढ बनाउनेछन् : लामिछाने
अब नेपालमा शनिबार र आइतबार सार्वजनिक बिदा
काठमाडौँ, २२ चैतः सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ । बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण… Continue reading अब नेपालमा शनिबार र आइतबार सार्वजनिक बिदा
राष्ट्रपतिसमक्ष सभामुखले लिए शपथ
काठमाडौँ, २२ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् । त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थित थिए… Continue reading राष्ट्रपतिसमक्ष सभामुखले लिए शपथ
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
राससकाठमाडौँ, २२ चैतः धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक… Continue reading उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
काठमाडौँ, २२ चैतः ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी… Continue reading सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
सभामुखमा अर्याल निर्विरोध निर्वाचित
काठमाडौँ, २२ चैतः नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गञरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले… Continue reading सभामुखमा अर्याल निर्विरोध निर्वाचित
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात
मुस्ताङ, २२ चैत । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ ।हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक… Continue reading माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काबुल, २२ चैत (रासस–एएफपी) । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन्। मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएकोे छ, जसले बाढी, पहिरो र घर र बालीमा असर पारेको छ। “मार्च २६ देखि अहिलेसम्म बाढी र वर्षाका कारण देशभरि… Continue reading अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाब
तेहरान, २२ चैत (रासस–एएफपी) । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा केन्द्रमा भएका हमलाबारे आफूलाई जानकारी दिइएको भन्दै ‘गम्भीर चिन्ता’ प्रकट गरेको छ। परमाणु मामिलाको अन्तर्राष्ट्रिय निगरानी निकायले आक्रमणपछि पनि अहिले रेडियोविकिरणको स्तर बढेको नदेखिएको जनाएको छ। आइएइएले परमाणु ऊर्जा केन्द्र र छेउछाउका भूभागमा ‘कदापि आक्रमण गर्न नहुने’ भन्दै उसले परमाणु दुर्घटना हुन… Continue reading परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाब
४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी
वासिङ्टन, २२ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सम्झौता गर्न ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन् । ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल नेटवर्क’मा लेखेका छन्, “स्मरण गरियोस् । मैले इरानलाई सम्झौता गर्न वा हर्मुज स्ट्रेट खोल्न दस दिनको समय… Continue reading ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी
इराकमा मारिएका इरानी जनरल सुलेमानीका आफन्त अमेरिकाबाट पक्राउ
वासिङ्टन, २१ चैत (रासस–एएफपी) । इराकमा मारिएका इरानी जनरल कासिम सुलेमानीको परिवारका दुई सदस्यलाई संयुक्त राज्य अमेरिकामा पक्राउ गरिएको अमेरिकी विदेश मन्त्रालयले शनिबार जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानका ‘रिभोलुसनरी गाड्र्स कप्र्स’का मेजर जनरल कासिम सुलेमानीकी भतिजी र भतिजीकी छोरी (नातिनी) लाई संघीय सुरक्षा अधिकारीले पक्राउ गरेका छन् ।… Continue reading इराकमा मारिएका इरानी जनरल सुलेमानीका आफन्त अमेरिकाबाट पक्राउ
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार… Continue reading दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने
काठमाडौँ, २२ चैतः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।… Continue reading सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने
प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’
युवराज विष्ट–राससभोजपुर, २२ चैतः जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका(४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन । स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही… Continue reading प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’
अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन
नारायणगढ (चितवन), २२ चैतः मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा दिगो कृषि, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा मौरीको भूमिकाबारे केन्द्रित छलफल गरिने आयोजकले जनाएको छ । मौरीपालनका… Continue reading अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
तानसेन (पाल्पा), २२ चैतः लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ । विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदासिनताले अलपत्र परेको रामपुर–कपुरकोट सडकखण्डअन्तर्गतको यो सडकको अहिले स्तरोन्नतिको काम धमाधम अगाडि बढेको हो । प्रदेश सरकारले पाँच किलोमिटर सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरी काम सुरु… Continue reading पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ, २२ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका… Continue reading आज यी प्रदेशमा वर्षाको सम्भावना
अलपत्र रहेको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन
दमौली (तनहुँ), २२ चैत स् विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएकामा चैत १५ गतेको सडक विभागको विभागीय निर्णयअनुसार डिजाइनको… Continue reading अलपत्र रहेको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन
कांग्रेस पन्ध्रौँ महाधिवेशनमा निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण
पाटन (ललितपुर), २१ चैतः नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आजदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै… Continue reading कांग्रेस पन्ध्रौँ महाधिवेशनमा निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
लमजुङ, २१ चैतः आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार मस्र्याङ्दी गाउँपालिका–७ उस्ताका ४० वर्षीय गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीय पुष्पा घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका… Continue reading लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
नेटो प्रमुख रुटले ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्ने
ब्रसेल्स, २१ चैत (रासस–एएफपी) । नेटोका प्रमुख मार्क रुटले अर्को हप्ता वासिङ्टन भ्रमणमा डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् । ट्रम्पले युरोपेली राष्ट्रहरूले आफ्नो युद्धको प्रतिक्रियाका कारण ७७ वर्ष पुरानो सैन्य गठबन्धन छोड्ने विचार गरिरहेको बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सदस्यहरूले अमेरिकी सेनालाई उनीहरूको भूमिमा बेसहरूमा पहुँच सीमित गरेको र स्ट्रेट अफ हर्मुज खोल्ने प्रयासहरूको… Continue reading नेटो प्रमुख रुटले ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्ने
ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग
वासिङ्टन, २१ चैत (रासस–एएफपी) । ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेट माग गरिएको खर्च प्रस्ताव संसद्मा पठाएको छ । अमेरिकाले इरानसँग युद्ध गरिरहँदा अधिकारीले रक्षा खर्चमा वृद्धि गर्ने प्रस्ताव गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनको कुल वार्षिक खर्चमा भएको वृद्धि दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो हुनेछ । यद्यपि राष्ट्रपतिको बजेट… Continue reading ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग
हर्मुज पार गर्ने अधिकांश वस्तु इरानसँग सम्बन्धित
पेरिस, २० चैत (रासस–एएफपी) । मध्यपूर्वमा युद्ध सुरु भएदेखि हर्मुज जलमार्ग पार गर्ने ६० प्रतिशत जहाजहरू इरानबाट आएका वा त्यहाँ जाँदै गरेका रहेको पाइएको एएफपीको समुद्री तथ्याङ्कको विश्लेषणले देखाएको छ । इरानले फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाको बदलामा विश्वव्यापी इन्धन आपूर्ति बन्द गरेको छ, जसले विश्व ऊर्जा बजारलाई हलचल पारेको छ । मार्च १ देखि… Continue reading हर्मुज पार गर्ने अधिकांश वस्तु इरानसँग सम्बन्धित
ऊर्जा लागत बढेपछि जापानी एयरलाइन्सद्वारा अतिरिक्त शुल्कको तयारी
टोकियो, २१ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा लागत बढ्दै गएपछि जापानका प्रमुख एयरलाइन्सहरूले इन्धन अधिभार बढाउने विषयमा विचार गरिरहेका छन् । यद्यपि सम्बन्धित अधिकारीहरूले हालसम्म कुनै औपचारिक निर्णय नभएको बताएका छन् । फेब्रुअरी अन्त्यतिर इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणपछि क्षेत्रीय तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय उडान क्षेत्रमा इन्धन लागतमा तीव्र वृद्धि भएको छ ।… Continue reading ऊर्जा लागत बढेपछि जापानी एयरलाइन्सद्वारा अतिरिक्त शुल्कको तयारी