काठमाडौँ, २० चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न तथा नगराउन सबैमा अनुरोध गरिएको छ । त्यस्तो गरिएको… Continue reading सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध
Author: Vishwanews.com
संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा विवाद
प्रकाश सिलवाल–राससकाठमाडौँ, १९ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको नेता चयन र प्रतिनिधिसभाको पहिलो बैठकमा दलका नेता रामबहादुर थापाको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको छ । प्रतिनिधिसभाको निर्वाचनपूर्व पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमाललेभित्र निर्वाचनमा पार्टीले अपेक्षाकृत मत प्राप्त गर्न नसक्नुमा नेतृत्वको कार्यशैली र समग्र स्थितिबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेकै थियो… Continue reading संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा विवाद
गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा
काठमाडौँ, १९ चैतः गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन् । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएका हुन् । अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने गरी काम… Continue reading गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ
काठमाडौँ, १९ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा… Continue reading एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् । नेपालको संविधानको… Continue reading गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
काठमाडौँ, १९ चैतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए । “राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक… Continue reading आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
काठमाडौँ, १९ चैतः नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उनले छानविनको माग गर्दै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत… Continue reading जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउन आवश्यक छ : कांग्रेस नेता आङ्देम्बे
काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाएको बताएका छन् ।प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताए । विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा… Continue reading सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउन आवश्यक छ : कांग्रेस नेता आङ्देम्बे
लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष केसीले २०१५ सालको पहिलो संसदीय निर्वाचनको परिणामपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल… Continue reading लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
काठमाडौँ, १९ चैतः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गरे । “हामी प्रश्न गरेर यो ठाउँमा… Continue reading जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
प्रतिनिधिसभा पहिलो बैठकमा एमालेद्वारा ध्यानाकर्षण
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा (एमाले)का सांसदले सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा सुरु भएको बैठकमा सो पार्टीका सांसदले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको… Continue reading प्रतिनिधिसभा पहिलो बैठकमा एमालेद्वारा ध्यानाकर्षण
इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति
दोहा, १९ चैत (रासस–एएफपी) । कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ । इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्याङ्करलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “सेनाले दुई वटा क्रुज क्षेप्यास्त्रलाई रोकेको छ भने… Continue reading इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति
इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान
तेहरान, १९ चैत (रासस–एएफपी) । इरानले युद्धविरामका लागि आग्रह गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले बुधबार खण्डन गरेको छ।इरानले युद्धविरामका लागि गरेको अनुरोधबारे ट्रम्पको अभिव्यक्ति ‘असत्य’ र ‘आधारहीन’ रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले बताएका छन् । यसअघि, राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए… Continue reading इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान
मध्यपूर्व तनावबिच रसद समाधान दिन रूस तयार : पुटिन
सेन्ट पिटर्सबर्ग, १९ चैत (रासस–सिन्ह्वा) । रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमहरूको बीचमा विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई पुनः आकार दिन मद्दत गर्न समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताएका छन् । यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापनमामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् ।… Continue reading मध्यपूर्व तनावबिच रसद समाधान दिन रूस तयार : पुटिन
रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु
किएभ, १९ चैत (रासस–एएफपी) । रूसले युक्रेनमा रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र आक्रमणका क्रममा कम्तिमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त भएको बताइएको छ। आक्रमणपछि युक्रेनको नोभा पोश्ता हुलाक कम्पनीले पश्चिमी शहर लुत्स्कको एक गोदाममा आगो लागेको र छतबाट बाक्लो धुवाँ निस्किरहेको तस्बिर… Continue reading रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु
आजदेखि संसद् अधिवेशन
काठमाडौँ १९ चैतः गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका… Continue reading आजदेखि संसद् अधिवेशन
सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा रासससँग कुराकानीमा उनीहरुले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरे… Continue reading सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी
नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा
एकराज पाठक–रासस काठमाडौँ, १९ चैतः लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो । संसद्ले नै मुलुकको कार्यकारिणी सरकार निर्माण गर्दछ र त्यही सरकारले देश र जनताका लागि काम गर्छ । यसकारण मुलुकको संसद् र सरकार दुवैले जनताको… Continue reading नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
काठमाडौँ, १९ चैतः वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन् । सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ… Continue reading प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १९ चैतः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ… Continue reading पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
भक्तपुर, १९ चैतः यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा… Continue reading शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आज विश्व अटिजम सचेतना दिवस
काठमाडौं, १९ चैतः आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ । अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा… Continue reading आज विश्व अटिजम सचेतना दिवस
बालाजु बाइसधारा मेला सुरु
काठमाडौँ, १९ चैतः बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले… Continue reading बालाजु बाइसधारा मेला सुरु
राष्ट्रिय सुरक्षाको विषय पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
काठमाडौँ, १८ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको सिसं ११ उच्चस्तरीय राष्ट्रिय सुरक्षातालिमको समापनका अवसरमा प्रधानसेनापति सिग्देलले सो धारणा राख्नुभएको हो ।… Continue reading राष्ट्रिय सुरक्षाको विषय पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
रुसको सैन्य विमान दुर्घटना, २९ को मृत्यु
मस्को, १८ चैत (रासस–एपी) । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ । रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात… Continue reading रुसको सैन्य विमान दुर्घटना, २९ को मृत्यु
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा
रमेश गिरी/रासस भक्तपुर, १८ चैत । यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।… Continue reading एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै
वासिङ्टन, १८ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक चिन्ताले देशमा राजनीतिक दबाबलाई गहिरो बनाएका समय राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नेछन् । ह्वाइट हाउसले सम्बोधनको बारेमा कुनै विवरण दिएको छैन, तर… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
काठमाडौँ, १८ चैत । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ… Continue reading काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
काठमाडौँ, १८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए । आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी… Continue reading एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एमाले संसदीय दलको नेतामा थापा चयन
काठमाडौँ, १८ चैत स् नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन भएका हुन् । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन भएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिए । उपाध्यक्ष थापालाई… Continue reading एमाले संसदीय दलको नेतामा थापा चयन