काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेको छ। भोट माग्न डिल्लीबजार पुगेका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलसहितका नेताहरूसँग टीकापुरलाई छुट्टै जिल्ला बनाउने पर्ने,सुदूरपश्चिम प्रदेशलाई खप्तड-थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेका हुन् । लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री… Continue reading रेशम चौधरीको अडान,श्रीमतीलाई उपप्रधानमन्त्री र टीकापुरलाई छुट्टै जिल्ला
Author: Vishwanews.com
यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो। यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए । नेपालका लागि… Continue reading यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन
मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन
एजेन्सी । विश्वकप २०२२ को उपाधि जित्दा रहेका टिमका सहकर्मीहरुलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन आइफोन उपहार दिएका छन् । सहकर्मी र स्टाफहरुलाई गरी ३० जनालाई आइफोन उपहार दिएको ‘दी सन’ले उल्लेख गरेको छ । आइफोनमा जनु खेलाडीलाई दिएको उनको नाम र नम्बर सहित अर्जेन्टिनाको लोगो पनि राखिएको छ । मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२… Continue reading मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन
भोट माग्दै रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ
काठमाडौं । नेकपा (एमाले) तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। बसुन्धरास्थित रास्वपा पार्टीको कार्यालय पुगेका नेम्वाङले रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूसँग छलफल गरेका छन्। रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन। यसअघि नेम्वाङ नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा गएर मत मागेका थिए।
जनमतले माग्यो उपप्रधानसहित दुई मन्त्रालय
काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका जनमत पार्टीका अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउनु पर्ने दाबी गरेका छन् । उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा.सिके राउत जाने सम्भावना रहेको बताए। उनले भने ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं। उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको… Continue reading जनमतले माग्यो उपप्रधानसहित दुई मन्त्रालय
नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, देव खनालको अर्धशतक
काठमाडौं । नेपाली यू १९ क्रिकेट टोलीले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ। यूएईस्थित इडेन गाडेन ओभलमा सम्पन्न खेलमा घरेलु टोलीलाई नेपालले १९२ रनको चुतौती प्रस्तुत गरेको हो। कप्तान देव खनालले ८४ रनमा ५१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय दीपक बोहोरा ‘ए’ १ बलमै… Continue reading नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, देव खनालको अर्धशतक
कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका
काठमाडौं । एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड–१९ भाइरस सम्भवतः चिनियाँ सरकार नियन्त्रित प्रयोगशालामा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्। “एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति सम्भवतः प्रयोगशाला दुर्घटनाका कारण भएको अब मूल्याङ्कन गर्न सकिन्छ, उनले फक्स न्यूजसँग भनेका छन् । महामारी निम्त्याएको भाइरस कसरी देखा पर्यो भन्नेबारे एफबीआईले हालसम्म गोप्य राखेको जानकारी… Continue reading कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका
भोट माग्दै राष्ट्रपतिका दुई उम्मेदवार
काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान आजबाट सुरु हुँदै छ। आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग अभिमुखीकरणसहित भेटघाट आज गर्दैछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गरेका छन् । नेपाली… Continue reading भोट माग्दै राष्ट्रपतिका दुई उम्मेदवार
कोशी प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ… Continue reading कोशी प्रदेशमा आज सार्वजनिक बिदा
यूएईमा आज सन्दीप मैदानमा उत्रने
काठमाडौं । सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् । उनी आजको खेलमा मैदानमा उत्रने भएका छन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनको स्थानमा सन्दीपलाई राखिएको बताइएको छ । अब नेपालले आज स्पीन बलिङमा जोड दिनेछ । अघिल्लो… Continue reading यूएईमा आज सन्दीप मैदानमा उत्रने
आईसीसी क्रिकेट विश्वकप लिग टु– आज यूएई र नेपाल भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा जारी शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईको सामना गर्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ। नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई हराएको हो ।… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु– आज यूएई र नेपाल भिड्दै
इटालियन प्रशिक्षकले सम्हाल्ने भए नेपाली राष्ट्रिय फूटबल टीम
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एन्फाले मुख्य प्रशिक्षकका… Continue reading इटालियन प्रशिक्षकले सम्हाल्ने भए नेपाली राष्ट्रिय फूटबल टीम
दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक
काठमाडौं । सन् २०२३ को दुई महिनाको अवधिमा अमेरिकाबाट मात्र साढे १४ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ६ हजार ५६१ र फेब्रुअरीमा ७ हजार ८८७ जना पर्यटक अमेरिकाबाट आएका हुन् । अमेरिका भारतपछि धेरै पर्यटक आउने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको छ । दुई महिनाको अवधिमा कुल पर्यटक आगमन… Continue reading दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक
भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ… Continue reading भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे
लिग टु खेल्न यूएई उडे सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने आइसीसी क्रिकेट विश्वकप ‘लिग टू’मा सहभागिताका लागि बुधबार दिउँसो ३ बजे यूएई प्रस्थान गरेका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । उच्च अदालत पाटनले विदेश जान… Continue reading लिग टु खेल्न यूएई उडे सन्दीप लामिछाने
प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत
काठमाडौं । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । विपक्षमामा भने चार जनाले हात उठाएका थिए । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ… Continue reading प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत
प्रदेश १ नामाकरण विवाद: विराटनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा
काठमाडौं । जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी गरिएको हो। सूचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्… Continue reading प्रदेश १ नामाकरण विवाद: विराटनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा
रास्वपाको चुनाव चिह्न परिवर्तन, घण्टी बाहिरको गोलाकार हटाइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा सामान्य परिवर्तन गरिएको छ । रास्वपाको चुनावचिह्न यसअघि गोलाकारभित्रको घण्टी थियो । अहिले गोलाकार हटाइ घण्टी मात्र राखिएको छ । रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै चुनाव चिह्न परिवर्तन गरिएको जानकारी दिएका हुन् । घण्टी चुनाव चिह्न भएको रास्वपाले बाहिरको गोलाकार हटाइदिन निर्वाचन… Continue reading रास्वपाको चुनाव चिह्न परिवर्तन, घण्टी बाहिरको गोलाकार हटाइयो
रेसुंगा विमानस्थलमा हुने नेपाल एयरलाइन्सको उडान शुक्रवारलाई सर्यो
काठमाडौं । रेसुंगा विमानस्थलमामा बुधवार हुने भनिएको नेपाल एयरलाइन्सको उडान शुक्रवारको लागि सरेको छ । निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण आजको उडान रोकिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । शुक्रबार उडान हुने… Continue reading रेसुंगा विमानस्थलमा हुने नेपाल एयरलाइन्सको उडान शुक्रवारलाई सर्यो
प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मको लागि स्थगित
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले विशेष कारणले स्थगित भएको बताएको छ। राष्ट्रपति निर्वाचन र आठ दलीय गठबन्धन लगायतका विविध कारणले प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ। अर्को बैठक फागुन २५ गतेको राष्ट्रपति र चैत… Continue reading प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मको लागि स्थगित
प्रदेश १ को नाम ‘कोसी’ राख्न संसद सचिवालयमा प्रस्ताव दर्ता
काठमाडौं । प्रदेश नं १ को नाम ‘कोसी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक बसेर प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् । प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन)… Continue reading प्रदेश १ को नाम ‘कोसी’ राख्न संसद सचिवालयमा प्रस्ताव दर्ता
प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी
काठमाडौं । प्रदेश १ को नाम संसदमा प्रस्तुत हुने भएको छ । अनुसार प्रदेशसभामा आजै नामको विषय प्रवेश गराउने तयारी छ । दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने भएको हो । आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा सहमति भए आजै नामको विषय टेबल हुने नेताहरुले बताएका… Continue reading प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी
मनोहरामा अतिक्रमिक घर-टहरा हटाउन ७ दिनको अल्टिमेटम
काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजना टेकुले आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन समय दिएको छ। आयोजनाले आज गोरखापत्रमा सूचना जारी गर्दै ७ दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो। ‘अन्यथा आयोजनाबाटै हटाउँदा लागेको खर्च कानूनबमोजिन असुरउपर गरिने जानकारी गराइन्छ,’ आयोजनाले भनेको छ। आयोजना क्षेत्रभित्र… Continue reading मनोहरामा अतिक्रमिक घर-टहरा हटाउन ७ दिनको अल्टिमेटम
सुरु भयो प्रि-मनसुन, हिउँदयाम पानी नपरी बित्यो
काठमाडौं । यस वर्षको हिउँदयाम पानी नपरी सकिएको छ । हिउँदमा १४ वर्ष यताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । यसपालि हिउँदयाम सकिने बेलामा केही दिन अघि मात्रै काठमाण्डौ, पोखरासहित केही ठाउँमा सामान्य वर्षा भएको छ । यसअघि माघ महिनामा पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । यसपालि… Continue reading सुरु भयो प्रि-मनसुन, हिउँदयाम पानी नपरी बित्यो
राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहित लागु
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुनेछ । आचारसंहिता नेपाल सरकार र नेपाल… Continue reading राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहित लागु
ग्रिसमा रेल दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको… Continue reading ग्रिसमा रेल दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु
कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर
काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । फैसलामा पूर्वमन्त्री… Continue reading कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर
राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम
काठमाडौं । राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ दुईजनाको अन्तिम नामावली प्रकाशन भएको छ । पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुन्… Continue reading राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम
बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन
काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो । बजेटको प्रभावकारी कार्यान्वयनमा… Continue reading बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन
सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए। उनले सन् २०३५ सम्ममा नेपालमा ८… Continue reading सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ