काठमाडौं । साताको कारोबारको अन्तिमदिन शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
Author: Vishwanews.com
स्वतन्त्र पार्टीको‘वाचापत्र’: ‘नेपालबाट गरिबी उन्मूलन गर्ने, ‘वडा एक व्यवसाय अनेक’ योजना’
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा वि.सं. २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने जनाएको छ । त्यस्तै आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान… Continue reading स्वतन्त्र पार्टीको‘वाचापत्र’: ‘नेपालबाट गरिबी उन्मूलन गर्ने, ‘वडा एक व्यवसाय अनेक’ योजना’
राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’: स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ । पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् । कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’: स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
डडेलधुरामा ७ स्थानको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा
डडेलधुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि कैलालीको धनगढी पुगेका छन् । उनी बिहीबार गृह जिल्ला डडेल्धुरा पुग्नेछन् । डडेल्धुराबाट उनले चुनावी आमसभाको सुरुवात गर्नेछन् । देउवाले आज गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी आइतवारसम्म गृह जिल्लामै… Continue reading डडेलधुरामा ७ स्थानको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा
आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने
काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आजबाट प्रचार गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न सक्छन् । चुनाव प्रचारका लागि… Continue reading आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने
उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत
काठमाडौं । उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ क्षेप्यास्त्र प्रहार गरेका छन्। ती क्षेप्यास्त्रहरू दुवै देशका तटस्थित पानीमा खसेका छन्। कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। त्यसले उक्त क्षेत्रमा तनाव निकै बढेको सङ्केत गर्ने बीबीसीले लेखेको छ । प्योङयाङले बुधवार छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार… Continue reading उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत
नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज
काठमाडौं । अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार मन्त्रिपरिषद्को बैठकबाट यस्तो स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको हो । अब दुवै मुलुकको सहमतिमा समय तोकेर सम्झौता हुने भएको छ । सम्झौतापछि… Continue reading नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज
निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा भोलिदेखि गर्न पाइने
काठमाडौं । राजनीतिक दलहरुले बिहीवारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीवारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । यस्ता कार्यक्रम गर्दा… Continue reading निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा भोलिदेखि गर्न पाइने
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच भएका… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
ओलीको धम्की-‘एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माले बाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेलको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी समेत… Continue reading ओलीको धम्की-‘एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइन्स तयार
काठमाडौं । हिमालय एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ। एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतम बुद्ध विमानस्थलबाट कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको आश्वासन नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको हिमालयले जनाएको छ। हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ। नेपाल र मलेसियाको… Continue reading गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइन्स तयार
विराट कोहली टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी
काठमाडौं । भारतीय पूर्व कप्तान विराट कोहलीले टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । महेला जयवर्धनेले बनाएको रेकर्ड तोड्दै कोहलीले टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने क्रममा बुधबार नोभेम्बर २ मा बंगलादेशविरूद्ध थप १६ रन बनाउँदै टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने । टी–२०… Continue reading विराट कोहली टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी
अमेरिकासँग नेपालको आग्रह : ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न सहजीकरण गरिदिनुहोस
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पर्यावरणसम्बन्धी समस्या भोग्दै आएको नेपालले ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाएको भन्दै यसमा सहजीकरण गरिदिन अमेरिकासँग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार बिहान नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी… Continue reading अमेरिकासँग नेपालको आग्रह : ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न सहजीकरण गरिदिनुहोस
निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी उपहार
काठमाडौं । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई दुई सयवटा सवारीसाधन प्रदान गरेको छ। मङ्गलबार राजधानीमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त सवारीसाधन प्रदान गरेका हुन् । यी सवारीसाधन निर्वाचनको समयमा प्रयोग गरिनेछ। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ। समारोहमा अर्थमन्त्री… Continue reading निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी उपहार
सुरक्षाकर्मीबाहेक निर्वाचनमा साढे २ लाख कर्मचारी खटिँदै
काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षाकर्मी बाहेक साढे २ लाख कर्मचारी खटिने भएका छन् । निर्वाचन आयोगका अनुसार २ लाख ४६ हजार जनशक्ति परिचालन गर्ने तयारी छ । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भइरहेको आयोगको भनाई छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन… Continue reading सुरक्षाकर्मीबाहेक निर्वाचनमा साढे २ लाख कर्मचारी खटिँदै
तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ
रुपन्देही । रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रूपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई उदृत गर्दै राससले जनाए अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो। सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए।… Continue reading तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ
सन्दीपको मुद्दामा थुनछेक बहस आज
काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबार थुनछेक बहस हुँदैछ । उनको बयान मंगलबार बयान सकिएको थियो । तर, थुनछेक बहस हुन नपाएपछि बुधबार थुनछेक बहस हुने भएको हो । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा… Continue reading सन्दीपको मुद्दामा थुनछेक बहस आज
ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने गरी शुल्क तोकिएको छ । ट्वीटरका सीईओ एलन मस्कले यस्तो जानकारी दिएका हुन् । यसअघि उनले २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति अनुसार मासिक आठ डलर तोकिएको… Continue reading ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम
काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न आदेश गरेको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको… Continue reading ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम
दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया
काठमाडौं । दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध शक्तिशाली जबाफी कदम चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ। वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने बताइएको छ। उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा… Continue reading दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास थालेपछि भड्कियो उत्तर कोरिया
शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । तिहारपछि शेयर बजारमा सुधारको संकेत देखिएको छ । तिहार बिदापछि बजार खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ । मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको… Continue reading शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
पाँच वर्षमा एमालेले के-के गर्छ ? यस्ता छन् ३० कार्यक्रम
काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कर्पोरेट हाउसको नयाँ प्रोडक्ट लञ्चको शैलीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हात स्क्यान गरेर डिजिटल रूपमा घोषणपत्र सार्वजनिक गरिएको हो । भोकमरीको अन्त्य, असुरक्षित बसोबास स्थानान्तरणसहितका २० ग्यारेन्टी भन्दै योजना प्रस्तुत गरेका ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा कि विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नेसहितका ६ प्रश्न जनतालाई सोधेका… Continue reading पाँच वर्षमा एमालेले के-के गर्छ ? यस्ता छन् ३० कार्यक्रम
स्वीट्जरल्यान्डले बनायो संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड
एजेन्सी । स्वीट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड बनाएको छ । गत शनिबार स्वीस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्वीट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार १.९०६ किलोमिटर लामो १०० कोच (डिब्बा) भएको उक्त रेलमा ४ हजार ५५० जना बसेर यात्रा गर्न मिल्छ ।… Continue reading स्वीट्जरल्यान्डले बनायो संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड
नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो । अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने… Continue reading नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो
इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
काठमाडौं । ट्विटरको कमाण्ड सम्हालेपछि एलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्। अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई-फेई ली र मिमी अलेमेहेउ समावेश छन्।… Continue reading इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा
वासिङटन डिसी । ब्लूमबर्गले विश्वका २५ धनी व्यवसायिक घरानाको सूची सार्वजनिक गरेको छ। तीमध्ये प्रमुख ५ जनाको सूची यसप्रकार रहेको छ: २२४ अरब डलरको मालिक बालमार्ट चलाउने वाल्टन परिवार पहिलो नम्बरमा परेको छ। आम्दानी यति धेरै भएर पनि यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ। अमेरिकाकै मार्स परिवार दोस्रो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति… Continue reading विश्वका २५ धनीको सूची सार्वजनिक, अम्बानी परिवार छैठौं स्थानमा
विद्युतीय पोलमा तानिएका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको हो… Continue reading विद्युतीय पोलमा तानिएका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम
टी–२० विश्वकप: अफगानिस्तान बाहिरियो, श्रीलंकाको आशा जीवितै
काठमाडौं । अफगानिस्तान टी-२० विश्वकपबाट बाहिरिएको छ । मंगलबार भएको समूह-१ को खेलमा श्रीलंकासँग ६ विकेटले पराजित हुँदै अफगानिस्तान जारी टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको हो । १४५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्याएको हो । श्रीलंकाका लागि धनन्जय डे सिल्भाले ४२ बलमा ६ चौका र दुई… Continue reading टी–२० विश्वकप: अफगानिस्तान बाहिरियो, श्रीलंकाको आशा जीवितै
होटेल रुमको भिडियो सार्वजनिक भएपछि भड्किए विराट र अनुष्का
भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली अहिले विश्वकप क्रिकेटका दौरान अष्ट्रेलियामा छन् । सोही क्रममा उनी बसेको होटेलको कोठाको भिडियो सार्वजनिक भएसँगै विराट र उनकी पत्नी तथा बलिउड नायीका अनुष्का शर्मा भड्किएका छन् । यसलाई उनीहरुले गोपनियताको उल्लंघन भएको बताएका छन् । त्यसो त स्टार क्रिकेटरको कोठाको भिडियो सार्वजनिक भएपछि संसारभरबाट यसको आलोचना भएको छ… Continue reading होटेल रुमको भिडियो सार्वजनिक भएपछि भड्किए विराट र अनुष्का
युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार
काठमाडौं । संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। राजधानी किएभका ८० प्रतिशत बासिन्दा खानेपानीको पहुँचबाट अलग भएको र ३,५०,००० अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्। बीबीसीका अनुसार उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा… Continue reading युक्रेनमा पानी र बिजुली आपूर्ति प्रभावित, देशभर हाहाकार