काठमाडौं । सोमबार बिहान टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहार भएको छ । सो क्रममा उनीहरू गम्भीर घाइते भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले उल्लेख गरेको छ । तोशिमा वार्डको किता ओत्चुकामा रहेको रामेन पसलको अगाडि “विदेशी ग्राहकहरू झगडा गरिरहेका छन” भन्ने रिपोर्ट प्राप्त भएपछि घटनास्थलमा पुगेको महानगरीय प्रहरी विभागको… Continue reading जापानको टोकियोमा विदेशीहरुबीच झडप, दुई नेपाली गम्भीर घाइते
Author: Vishwanews.com
नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने
काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । नेपाल र यूएईबीचको पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुने तालिका छ । यस्तै दोस्रो खेल नोभेम्बर १६ मा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर… Continue reading नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने
नेकपा एमालेको घोषणापत्र आज सार्वजनिक हुँदै
काठमाडौं । नेकपा एमालेको घोषणा पत्र आज आज सार्वजनिक हुने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न लागेको हो। होटल याक एन्ड यतिमा कार्यक्रम गरी मंगलबार दिउँसो घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले… Continue reading नेकपा एमालेको घोषणापत्र आज सार्वजनिक हुँदै
नारायणीमा डुंगा दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिएका छन् । डुङ्गा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका… Continue reading नारायणीमा डुंगा दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए
काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। बीबीसीका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै… Continue reading भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए
माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्य कार्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। प्रतिबद्धतापत्रमा माओवादीले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ । यस्तै, राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतीय… Continue reading माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली
नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । तिहार बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
समाजवादीको घोषणापत्र: उत्पादन र रोजगारबाट आर्थिक समृद्धि,आधारभूत स्वास्थ्य शिक्षालाई प्राथमिकता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताएका छन् ।… Continue reading समाजवादीको घोषणापत्र: उत्पादन र रोजगारबाट आर्थिक समृद्धि,आधारभूत स्वास्थ्य शिक्षालाई प्राथमिकता
सन्दीपविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएको छ। सोमबार काठमाडौँ जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं… Continue reading सन्दीपविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग
कात्तिक १७ देखि मंसिर १ सम्ममात्र जुलुस, आमसभा र कोणसभा गर्न पाइने
काठमाडौं । आसन्न निर्वाचनमा उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने आयोगले बताएको हो। आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ… Continue reading कात्तिक १७ देखि मंसिर १ सम्ममात्र जुलुस, आमसभा र कोणसभा गर्न पाइने
राप्रपाको घोषणापत्र: प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र अहिलेको… Continue reading राप्रपाको घोषणापत्र: प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था
‘मुस्कुराइरहेको’ सूर्यको तस्विर सार्वजनिक
काठमाडौं । नासाको एक भूउपग्रहले हाँसिरहेको अनुहारजस्तो देखिने सूर्यको तस्विर सार्वजनिक गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यस तस्विरलाई ‘मुस्कुराइरहेको’ सूर्य भनेको छ । नासाले बुधबार ट्वीटरमार्फत तस्वीर सार्वजनिक गरेको थियो । ट्विटरमा उक्त तस्बिर सार्वजनिक गर्दै लेखेको छः ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले ‘मुस्कुराउँदै’ गरेको सूर्यको तस्बिर खिच्यो । पराबैंगनी(अल्ट्राभ्वाईलेट) प्रकाशमा देखिएका यी कालो… Continue reading ‘मुस्कुराइरहेको’ सूर्यको तस्विर सार्वजनिक
टी- २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित
काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले रोमाञ्चक जित निकालेको छ । अष्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो। आइतबारको खेलमा १५१ रनको लक्ष्य पछ्याएको जिम्बाबे निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएको हो। यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको… Continue reading टी- २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित
५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ वटा जिल्लामा ढुवानी सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु,… Continue reading ५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ वटा जिल्लामा ढुवानी सम्पन्न
निर्वाचन नजिकिएसँगै ग्रुपमाथि फेसबुकको निगरानी निस्क्रिय बनायो ‘एमआरआर’
काठमाडौं । निर्वाचन नजिकिएसँगै फेसबुकको मेटा कम्पनीले ग्रुपमाथि निगरानी बढाएको छ । ग्रुपहरु पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा निगरानी बढाएको हो । जसको कारबाहीमा चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) परेको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निस्क्रिय गराएको हो । एमआरआरका अनुसार गु्रप २०२०… Continue reading निर्वाचन नजिकिएसँगै ग्रुपमाथि फेसबुकको निगरानी निस्क्रिय बनायो ‘एमआरआर’
दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ। गएराति एक कार्यक्रममा भएको घटनामा १५० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। भागदौडका क्रममा ५० जनालाई हृदयाघात भएको अनुमान गरिएको छ। घाइतेको उद्धारका लागि १४० भन्दा बढी प्राथमिक उपचारका गाडी घटनास्थलमा पठाइएको थियो। भागदौड भएको केही समयपछि दक्षिण… Continue reading दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु
छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आइतवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई… Continue reading छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं । नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिकामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो। बस कालीगण्डकी कोरिडोरको सडकबाट १०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाल्पाको रम्भा गाउँपालिका-१ निवासी ४१ वर्षीया तारा विक,… Continue reading मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु
अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण
काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन्। अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो। सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो। सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना… Continue reading अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण
महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो
दार्चुला । महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो । हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट… Continue reading महाकाली पारी भारतले सडक खन्दा गराएको विस्फोटको ढुङ्गाले लागेर दार्चुलामा बालकको ज्यान गयो
इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुई वटा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प… Continue reading इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु
तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम
काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । यसले धान बाली भित्र्याउने तयारीमा रहेका कृषकलाइ जोखिम निम्त्याउने छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १,… Continue reading तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम
गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं–४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ । यसअघि जुन विषयमा स्पष्टीकरण सोधिएको थियो, त्यही विषयमा यसपटक पनि आयोगले स्पष्टिकरण सोधेको हो । यसअघि आयोगले सोधेको स्पष्टीकरणको जवाफमा थापाले सार्वजनिक कार्यक्रममा जवाफ दिएका थिए । यसअघि थापाले सामाजिक सन्जाल फेसबुकमा डेंगी परीक्षण निःशुल्क गर्ने र… Continue reading गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानमा बन्द गराउन भन्दै दिएको निर्देशनबाट आलोचित निर्वाचन आयोगले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस अघिको निर्देशनले अभिव्यक्ति स्वतन्त्रतालाई हनन नगरेको भन्दै आफ्नो बचाउ गरेको हो । आयोगले उक्त निर्देशनबाट अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको… Continue reading निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन
सरकारी कोषको अवस्था निकै कमजोर, चालू खर्च धान्न मुस्किल
काठमाडौं । राज्यको अहिलेको आम्दानीले चालू खर्चमात्र धान्न सक्ने अवस्था रहेको अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले हालको अवस्था हेर्दा राज्यको सरकारी कोषको अवस्था निकै कमजोर देखिएकोले चालू खर्च धान्न मुस्किल देखाएको छ । पछिल्लो समय देश संघीयतामा गएपछि प्रशासनिक खर्चमा वृद्धि भएको, र दुई/तीन वर्षमै त्यस्तो खर्च दोब्बर भएकाले राज्यको… Continue reading सरकारी कोषको अवस्था निकै कमजोर, चालू खर्च धान्न मुस्किल
अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न
काठमाडौं । ट्विटर खरिद प्रक्रिया सम्पन्न भएको छ । संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्विटर किनेका हुन् । यससङ्गै उनले “पन्छी मुक्त”भएको लेखेका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ । गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका छन्… Continue reading अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न
५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन
काठमाडौं /बिबिसी । विश्वकै फोहोरी उपमा पाएका इरानी नागरिक आमु हाजीको निधन भएको छ । उनले ५० वर्षसम्म नुहाएका थिएनन । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए। दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन… Continue reading ५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन
इटालीको मिलानमा सुपरमार्केटमा चक्कु प्रहार, क्यासियरको मृत्यु-आर्सनलका खेलाडी घाइते
मिलान । इटालीको मिलान शहर नजिक एक सुपरमार्केटमा अन्धाधुन्द छुरा प्रहार भएको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ । आर्सनलका डिफेन्डर पाब्लो मारी घाइते भएका छन् । सुपर मार्केकटमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको अन्य पाँच जना घाइते भएको पुलिसले जनाएको बीबीसीले उल्लेख गरेको छ । घाइते हुनेमध्ये आर्सनलबाट लोनमा… Continue reading इटालीको मिलानमा सुपरमार्केटमा चक्कु प्रहार, क्यासियरको मृत्यु-आर्सनलका खेलाडी घाइते
महोत्तरीमा दुई समुदायबीच झडप, अनिश्चितकालीन कर्फ्यु आदेश जारी
महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।बिहिवार बिहान झन्डै १० बजेतिर हिन्दु… Continue reading महोत्तरीमा दुई समुदायबीच झडप, अनिश्चितकालीन कर्फ्यु आदेश जारी
अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला… Continue reading अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु